Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराहीका एक सय ३९ सहकारीलाई तालिम

घोराहीका एक सय ३९ सहकारीलाई तालिम

युगवोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिकाले एक सय ३९ सहकारी संस् थाहरुलाई सहकारी व्यवस्थापन सूचना प्रणाली तालिम दिएको छ। चार समूहमा बा“डेर तालिम दिइएको घोराही उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख प्रेमबहादुर केसीले जानकारी दिनुभयो।

उहा“का अनुसार जम्मा दुई सय १३ सहकारी संस् थाहरु रहेका छन्। तिनका प्रमुख तथा व्यवस् थापकहरुलाई तालिम दिने गरिएको छ। त्यस क्रममा सहकारीको पछिल्लो संशोधित बिनियम अभ्यासमार्फत तयार गर्न लगाइन्छ। अनलाइनमार्फत सहकारीको रिपोर्टिङ गर्न सिकाइन्छ।

अबका दिनमा कुनै पनि सहकारीले कागजमा लेखेर सहकारीका गतिविधि पेश गर्नु नपर्ने प्रमुख केसीले जानकारी दिनुभयो। उहाका अनुसार सहकारीलाई सफ्टवेर र पासवर्ड दिने गरिएको छ। व्यक्तिको विवरणबाहेक सहकारीका सबै गतिविधि उपमहानगरको शाखाले निगरानी गर्न सक्ने व्यवस्था छ।

यसैगरी सम्पति शुद्धिकरणले जारी गरेको ऐनको बारेमा पनि जानकारी गराइएको प्रमुख केसीले जानकारी बताउनुभयो। उहा“का अनुसार सम्पत्ति शुद्धिकरणले चैतसम्म फाराम भर्न दिएकाले त्यसका बारेमा पनि जानकारी गराइएको थियो। माथिल्ला निकायले अनुगमन गर्दा हेर्ने विषयहरु, संस् थाले तयारी गर्नुपर्नेकागजातहरु तथा सहकारीका मूल्य मान्यताहरुको बारेमा प्रशिक्षण दिइएको थियो।

उक्त तालिममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारलगायतले अनुगमन गर्नुका साथै सल्लाह सुझाव दिनुभएको थियो। शाखा प्रमुख केसी, नासु गोपाल पौडेल, जिल्ला सहकारी संघका गोविन्द प्रसाद शर्मा, राष्ट्रिय सहकारी बंैकका शाखा प्रबन्धक नारायण वेल्वासे, जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जनकुमार पौडेल, सदस्य कृष्णप्रसाद शर्मालगायतले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top