Free songs
Home / विचार / सहमति र विमतिको दुर्गति

सहमति र विमतिको दुर्गति

नारायणप्रसाद पौडेल

सरकार र सीके रावतबीचको ११ बुदे सम्झौता मुलुकको मृत्युपत्र हो िसरकार र सीके रावतबीचको ११ बुदे सम्झौता मुलुकको मृत्युपत्र हो– भीम रावल ः नेकपाका नेता

राउत–ओली मितेरी ः विखण्डनलाई वैधानिकता – युवराज घिमिरे ः वरिष्ठ पत्रकार िआज तराईमा सुरक्षाकर्मीहरुकै घेराभित्र ‘स्वतन्त्र र पृथक मधेश’ का नाराहरु घन्काइए। नेपाल राज्यको जन्म भएयता आफ्नै माटोमा नेपालीले यस्तो दृश्य कहिल्यै देखेका थिएनन्। के सरकार र उसको गठबन्धनलाई राष्ट्रमाथि यो हदसम्मको ठट्टा र घात गर्ने अधिकार छ ?  – भीमार्जुन आचार्य ः संविधानविद् िमहाभारतमा ‘नरो वा कुञ्जरो वा अश्वस्थामा हतोहतः’ भन्ने द्विअर्थी कुरा गरेर द्रोणाचार्यको वध गरेझै केपी सरकार–सीके सहमतिमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेर जनमतसंग्रह अथ्र्याउने ढोका खोलिएको त हैन ? लोकतन्त्र भनेपछि ‘जनअभिमतमा आधारित’ फेरि किन भन्या होला ? दालमें कुछ काला तो है !

– डा.बाबुराम भट्टराई ः पूर्वप्रम िसीके राउतले ‘पोलिटिकल पोजिसन’ खोजेपछि उनलाई राष्ट्रियसभा सदस्य बनाउने निष्कर्षमा प्रधानमन्त्री केपी ओली पुगेका हुन्    – नागरिक न्यूजस्वतन्त्र मधेशको वकालत गरेका सीके राउतलाई नेपाल सरकारले मूलधारको राजनीतिमा ल्याउन सहमति गरेपछि भएको बौद्धिक बहसका बान्की हुन् उल्लेखित विचार, ट्वीटरबाट टिपेर यहा“ पस्कियो। जो जसले जे जस्तो अर्थ लगाएर जति माथि उफ्रे पनि सहमतिका ११ बु“दामा असहमति जनाउन मिल्ने अवस्था छैन। धन्यवाद, बधाई र शुभकामना दिन नसक्नेहरुले पहाड खोदाइ गरेका छन्। सरकारस“ग सहमति गरेपछि जनकपुर पुगेका सीके राउतको स्वागतमा तैनाथ उनका उग्र कार्यकर्ताले जनमत संग्रहको नारा घन्काएपछि सहमतिका विरोधीहरुलाई झन् ठूलो मसला मिलेको छ।

सरकारले गरेका सबै कामको एकोहोरो बिरोध गर्ने बानी परेकाहरुले राउतलाई राजनीतिको मूलधारमै राख्नभन्दा विखण्डनकै बाटोमा धकेल्न खोजेको देखिन्छ। जो देश, समाज र राजनीतिकै लागि दुर्भाग्य हो।जो जसले जेसुकै भने पनि केपी शर्मा ओलीले गरेका राम्रा काममा दर्ज हुनेमा पर्छ सीके राउतसग गरेको ११ बु“दे सहमति। विमति जनाउने ठाउ“ छैन। निहु“को बिउ निकाल्न चर खोज्दै जाने हो भने धेरै नराम्रा कुरा पनि भेटिन्छन्। भर पर्ने हो भने सरकारस“ग ११ बु“दे सहमति गरेका सीके राउत मूलधारको राजनीतिबाट बाहिरिने बाटो बन्द भएको छ। तर सरकारको बिरोध गर्ने नाममा विषबमन गर्ने विद्वानहरुले मूलधारमा आएका सीके राउतलाई विखण्डनकै बाटातिर धकेल्ने भूल नगरुन्। अक्षम्य अपराध हुनेछ त्यो। सरकारले फकाई फुल्याइ गरेर मूलधारमा ल्याएका सीके राउतलाई लखेट्न खोज्नेहरुले राम्रो काम गरेका छैनन्। अरु धेरै कलङ्कित हुने काम नहोस्।केपी शर्मा ओलीको बोली, राजनीति र शैली मन नपर्नेहरु धेरै हुन पाइन्छ। यो सरकार र प्रधानमन्त्री ओलीलाई विरोध गर्न पनि सकिन्छ। तर हेक्का रहोस्, बेलैमा ध्यान जाओस्, ओलीले मूलधारको राजनीतिमा ल्याएका सीके राउतलाई पुरानै बाटामा फर्काउन र मूलधारको राजनीतिबाट तर्काउन पाइन्न। त्यस्तो कुकर्म नगरियोस्।जो जसले जति गाली गरे पनि भारतले गरेको नाकाबन्दीको विरोधमा खह्रो तरिकाले दह्रो अडान लिएको विगतलाई नकार्न सकिन्न। प्रचण्ड पक्षधर महत्वाकांक्षी माओवादीलाई एउटै पार्टीमा मिलाएर चुनावमा जानाले नै कम्युनिष्टको शक्ति यतिविधि बढेको हो।

संसदीय राजनीतिको चेस खेलाइमा यसरी शक्ति बढाउने ओलीको त्यो चतु¥याइ“युक्त चाल चलाइलाई पनि नकार्न मिलेन। उनैले चाहेका हुनाले विद्या भण्डारी राष्ट्रपति हुन पुगिन्। महिला राष्ट्रपति † सानो विषय हैन यो पनि नेपालको लैङ्गिक उत्थानको उदारणका लागि। साम्प्रदायिक सद्भाव बिथोल्ने, सामाजिक सम्बन्धलाई खलल पार्ने, जातिवादी र क्षेत्रीयताका आधारमा राजनीति गर्नेहरुलाई निस्तेज पार्ने काम पनि गरे उनैले। डा. गोविन्द केसीले सत्याग्रहका नाममा जसरी धम्क्याउ“थे, जनमुखी व्यवहार र विचारका नाममा अहंकारको विष ओकल्थे, त्यसलाई पनि ठेगान लगाए ओलीले। डा. केसीको निष्ठा, त्याग, समर्पण र जनमुखी मागप्रति नतमस्तक हु“दाहु“दै पनि राज्य, विधि, विधान र प्रक्रियाभन्दा आफूलाई माथि देख्ने उनको अहंकारको औषधि गर्नैपर्ने अवस्था आफैले तयार पारेका थिए। यस्ता केही काममा ओलीले सफलता प्राप्त गरेकै हुन्।

कम्युनिष्टका नाममा सत्ता र शक्तिमा पुगेका नेताहरुमा सामन्ती संस्कार, चरित्र र संस्कृतिको विकृति देखिनु र भेटिनु पनि अहंकारले दृष्टिहीन  भएर हो। यति छिट्टै मेटिन्न त्यो। लोकतन्त्रवादीहरुले लोभतन्त्रलाई मलजल गरेर लालुप्रसाद यादवको बाटो पछ्याएपछि कम्युनिष्टहरुले पनि चाउचेस्कु पथ अ“गाल्न पुगे। यदि लोकतन्त्रवादीहरुले आफ्ना पालामा लालबहादुर शास्त्रीको बाटो लिएका हुन्थे भने कम्युनिष्टहरुले पनि होचिमिन्ह पथ पछ्याउ“थे।भएको भन्दा पनि नभएको विषय खोतलेर, बालको खाल उतारेर बहस गर्ने राजनीतिले अराजनीतिलाई प्रोत्साहन गरेको छ। समाजमा नकारात्मक सोचको खेती बढेको छ र भ्रम फैलाइएको छ। जनमुखी भन्दा पनि धनमुखी राजनीतिको भाउको दाउ चलेको छ जताततै। त्यसैले त कमल थापाजस्ता नेताले पनि चुनौती दिने समय आयो। ०४५÷०४६ सालमा प्राप्त तत्कालीन बहुदलीय प्रजातन्त्रलाई कांग्रेस र कम्युनिष्टको यस्तै लुछाचु“डीले धरापमा पारेको थियो। अहिलेको यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि त्यस्तै धरापमा पार्न खोजिदैछ र विखण्डनकारी तथा विद्रोही तप्कालाई जानेर वा नजानेर ऊर्जा भरिदैछ। कुनै पनि सरकारको अन्धभक्त हैन यो पङ्तिकार र न त हो बदलाको भावनाले प्रेरित भएर जताततै देख्ने अन्धकार। देखेको, भोगेको र लागेको कुरा लेखेर जीवन धान्ने यो निरीह प्राणीका निकट रहेका सबैलाई थाहा छ आचार, विचार र व्यवहार।सीके राउत संविधानभित्र आउनु स्वागतयोग्य विषय हो। उनलाई राष्ट्रिय सभामा सरकारले लैजान्छ भने पनि लगोस्। सहमतिका ११ बु“दामा लेखिएका शब्दभन्दा नलेखिएका विषयमा बहस गर्नु कुनै पनि हालतमा बुद्धिमानी मानिन्न। अनावश्यक बहसले राउतलाई मूलधारभन्दा बाहिर धकेल्छ। सरकारलाई पेल्ने नाममा सीके राउतलाई मूलधारबाट बाहिर धकेल्ने काम नगरियोस्।

मूलधारभित्रै राख्न बुद्धि खिइयाइयोस्। विद्रोहमा लागेका विप्लवहरुलाई पनि मूलधारमा ल्याउने बाटो देखाइयोस्। अहिलेको आवश्यकता यही हो। रह्यो सत्ताको दादागिरी र दम्भको कुरा, त्यो त रहन्छ नै। गाउ“मा वडाध्यक्ष जितेको एउटा कार्यकर्तामा त कत्रो घमण्ड हुन्छ भने दुईतिहाई बहुमत पाएको पार्टीका नेतामा दम्भ हुनु कुन नौलो विषय भयो र ? सत्ता र शक्ति हातमा हु“दा दम्भ नभएको व्यक्ति पाउन सकिन्न, मुस्किल पर्छ, हुन्नन्, छैनन्। जो गए पनि वा जो भए पनि उस्तै हो। अनुहार फेर्दैमा संस्कार र शैली फेरिदो रहेनछ। सत्ता र शक्ति भनेकै दम्भको अर्को नाम त हो नि †त्यसैले कांग्रेस र कम्युनिष्ट सरकारका अत्याचार र अराजनीतिलाई ठेगान लगाउन पनि तेस्रो धारको आवश्यकताबोध धेरैबाट भएको छ। नया“ शक्ति, विवेकशील साझा, राप्रपा र मधेशवादीले पनि आफूलाई तेस्रो धारका रुपमा प्रस्तुत गरेका छन्। तिनीहरु सवै मिल्ने हो भने बलियो शक्ति त बन्न सक्थ्यो, तर मिल्ने सम्भावनै छैन। मिलाइदिनेले पनि सक्दैन। सत्ता र शक्ति दुरुपयोगको विपक्षमा मूलधारमै रहेका दलबाट सशक्त प्रतिवाद नहु“दा विद्रोहीको बाटो फराकिलो बन्छ। हिजोका माओवादी त्यसरी नै बढेका थिए भने अहिलेको विप्लव समूहलाई मलजल पनि त्यसरी नै पुग्दैछ। सरकारले सीके राउतलाई मूलधारमा लैजा“दा आत्तिएको शक्तिप्रति सतर्क हुनैपर्ने भयो। नत्र, राम्रा कामले पनि जस नपाउने भयो।महाकाली सन्धिताका ओलीले गरेका गल्ती उधिनेर अहिले काम लाग्दैन। उनका वरिपरि रहेको नवकुलीनहरुको जमातले राम्रो काम गर्न पनि दिदैन। नदिदा नदिदै पनि राम्रो काम भएको हो यो। यति त पचाउनै पर्छ र सीके राउतलाई मूलधारको राजनीतिमा टिक्न सघाउनुपर्छ। सहमतिप्रति विमति राख्नेहरुको गति र मतिप्रति पनि विमति राख्न त पाइन्छ नि !

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top