Free songs
Home / समाचार / संक्षिप्त समाचार / विप्लव नेकपामाथि प्रतिबन्धको घोषणा

विप्लव नेकपामाथि प्रतिबन्धको घोषणा

काठमाडौं  (युस)– सरकारले विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक संगठन’ भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

मंगलवार साझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको भन्दै प्रतिबन्धको घोषणा गरिएको एक मन्त्रीले बताएका छन्। यद्यपि मन्त्रिपरिषद् बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन। बैठकले कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको ती मन्त्रीले बताए।

राज्यलेवार्तामा बोलाउदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनुपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराउनुभएको थियो। बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका  पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे ब्रिफिङ गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top