Free songs
Home / फिचर समाचार / विप्लवसँग तत्काल वार्ता गरः पौडेल

विप्लवसँग तत्काल वार्ता गरः पौडेल

यमलाल भुसाल

बुटवल। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको बताउनु भएको छ। उहाले सरकारले अविलम्ब विप्लवसग वार्ता गरेर समस्याको समाधान गर्न माग गर्नुभयो । उहाले भन्नुभयो– ‘सर्पको खुट्टा सर्पले देख्छ, त्यसकारण अविलम्बविप्लवजीसग वार्ता गर्न सरकार गम्भीर हुनुपर्छ।’

शान्ति सुरक्षा, सुुशासन र विकास निर्माणमा सरकार पूर्णरुपमा असफल भएको दाबी गर्दै उहाले राष्ट्रियताको नारा बोकेर राष्ट्रघाती काम गर्ने प्रधानमन्त्रीलाई कठघरामा उभ्याउनुपर्छ । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सिके राउतसग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार संवेदनहीन भएको बताउनुभयो।

उहाले भन्नुभयो– ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यही सहमतिबाट प्रष्ट भएको छ।’ नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुष्प्रचार गरिरहेको उहा“को भनाइ थियो। सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै उहाले वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई सत्यलाई ढाकछोप गर्न असत्यको प्रचार गरेको टिप्पणी गर्नुभयो ।

अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति ढाकछोप गर्ने प्रपञ्च भएको पौडेलले बताउनुभयो। उहाले छानबिन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै प्रधानमन्त्रीले गरेको बताउनुभयो। सरकारले आधिकारिकरुपमा छानबिन गर्नुपर्नेमा दूधको साक्षी बिरालो जस्तै बनेको उहा“को भनाइ थियो। वरिष्ठ नेता पौडेलले प्रतिप्रश्न गर्दै भन्नुभयो – ‘केपी ओली अदालत हो ? अख्तियार प्रमुख हो ? कहीं नभएको जात्रा भइरहेको छ।’ उहा“ले देशमा भ्रष्टाचार मौलाउदै गएको भन्दै सुनकाण्डदेखि लिएर चिनी काण्डसम्म सरकार असफल भएको दाबी गर्नुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top