Free songs
Home / विचार / बाल मनोविज्ञान र जिम्मेवार पक्षहरु

बाल मनोविज्ञान र जिम्मेवार पक्षहरु

नविन शर्मा

नेपालीमा प्रचलित एउटा भनाइ छ– हरेक दिनको संकेत बिहानीले गर्छ। हामी लगभग प्रायः यो भनाइस“ग सहमत हु“दै आइरहेका छौं। प्राकृतिक कुराहरु प्रकृतिको आफ्नै नियमसंगत चल्दै आइरहेका हुन्छन् भने केही कुराहरु ब्यक्तिको शील स्वभावमा भर पर्ने गर्दछ। मैले कुरालाई अलिक फरक विषयवस्तुस“ग जोड्न चाहन्छु। नेपालमा अधिकांश परिवारका केटाकेटीहरु निजी विद्यालयमा पढ्ने गर्दछन् । त्यो भलै प्रतिस्पर्धा अथवा प्रतिष्ठाको लागि किन नहोस्। हरेक आमा बाबुको एउटा उद्देश्य हुन्छ राम्रो निजी विद्यालयमा महंगो शुल्क तिरेर आफ्ना  सन्तानलाई पढाउने। आफू विदेशमा बसेर दुःखजिलो गर्दै सन्तानलाई सुखद र सफल भविष्यको लागि नाम चलेको महंगो विद्यालयमा पढ्न लगाउने । तर कतिपय अवस्थामा यो कुरा ठीक उल्टो भइदिन्छ। हामी आफ्नै सन्तानको इच्छा भन्दा फरक तरिकाले पेलिरहने गर्छौं । तथापि हरेक अभिभावकको एउटा चाहना हुन्छ कुनै प्रोफेसनल बनोस् र फलानाको बाबु आमा भनेर चिनिन पाइयोस भन्ने। तर यही कुरा अहिले समय र समाजको लागि घातक बन्दै गइरहेको छ जसले आगामी समाजको मार्गनिर्देशन मात्र गर्दैन, भविष्यवाणी पनि गर्दछ।

मस“ग एउटा घटना छ– एकजना साथी र म स“गै एउटा निजी स्कूलमा शिक्षणको लागि गयौं। त्यस स्कूलमा गएको एक हप्तापछि एउटा गुनासो आयो अभिभावकबाट। कक्षा ५ मा पढ्ने एकजना भाइले सरले कुट्नुभयो भनेर घरमा आफ्नो बाबा मम्मीलाई भनेछ। तुरुन्त उसको अभिभावकले प्रिन्सिपललाई फोन गरेर थर्काएको भाषामा तिमीहरु शिक्षक ल्याउ“छौ कि गुन्डा ल्याउ“छौ स्कूलमा। बच्चा बच्चीलाई ढाड नचल्ने गरी कुट्न पाइन्छ ? तुरुन्त पुलिस पठाएर पक्डाउछु। यस्तो कुरा आएपछि प्रिन्सिपलले मलाई फोन गरेर सोध्नुभयो। म झस्किए“। अनौठो लाग्यो। मैले सबै कुरा उहा“लाई बताएपछि उहा“ले सायद अभिभावकसग कुरा गर्नुभयो होला। त्यो घटना शान्त भयो। कुरा थियो सरले कुटेर ढाड दुखिरा’छ भन्ने। बच्चाले कुरा त्यसरी घरमा पु¥याएछ। नया“ भएपछि जसरी हुन्छ शिक्षक लाई आफू अनुकूल बनाउने प्रयासले त्यसरी बच्चाले यसो गरेको हुनुपर्छ भन्ने लाग्यो। त्यसको केही दिनपछि सत्य कुरा बाहिर आयो। खसीले पल्टाएर त्यसो भएको रहेछ। तर पनि अभिभावकले केही नबुझी त्यसरी शिक्षण लाई आरोप लगाउदा कुन मनोदशामा शिक्षक  गुज्रनुपर्छ भन्ने बुझिदिनु पथ्र्याे। कुनै बेलामा केटाकेटीलाई डर नदेखाउ“दासम्म पढ्दै नपढ्ने, सरलाई नटेर्ने गर्छन्। यद्यपि नेपालीहरुको रगतमा पिटाइको गन्ध भेटिन्छ। अन्तिम अस्त्रको रुपमा पिटाइ गर्नैपर्ने बाध्यात्मक परिस्थिति आउछ। उसो त कतिपय अभिभावकले बच्चाबच्चीलाई पिटेर भएनि सिकाउनुस् भन्ने गर्छन्। तर यसको अर्थ पिट्नैपर्छ भन्ने होइन। कुनै पनि कुराको महत्वबोध गराउन सक्नु पर्छ। मैले त्यो भाइमाथि कुनै पनि खालको कुभाव राखिन। आफ्नो काम गर्थे फर्किन्थें। यसमा सबै भन्दा जिम्मेवार पक्ष भनेको अभिभावक थियो।

बिहानै उठेर चोकको चिया चमेनामा बसेर एकहातले चुरोटको ठुटो र अर्को हातले चियाको गिलास समातेर समाजवादका सिद्धान्तहरुमा वादविवाद गर्ने बाबुहरु र लोडसेडिङ्गको समयमा कुनै घरमा ग्यादरिङ भएर टेलिसिरियलका कुरा काट्ने र चरित्रका कुरा गर्ने आमाहरुलाई एउटा सिधा प्रश्न– तपाइ“हरुले आफ्नै सन्तानको लागि कति समय लगानी गर्नुभयो ?

यो समय र समाजबाट कोही पनि अछुतो भएर बस्न सक्दैन। विशेष गरी समाजमा रहेको अस्वस्थ प्रतिस्पर्धाको उपजको रुपमा यो समस्या जटिल बन्दै गइरहेको कुरामा दुईमत छैन। बालबालिकाको मनोबिज्ञान बुझ्न नसक्नु आम बाबुआमाको सबैभन्दा विकराल समस्या बन्दै गइरहेको छ। यति भनेर हामी सबै कुरा परिवार र बाबुआमाको मात्र दोष देखाएर उम्किन पाउ“दैनौं। हामीले आफ्नो जीवन भरको मेहनत र स्वयं आफ्नै जीवनलाई दाउमा राखेर सन्तानको शिक्षाको लागि दा“तेनंग्रे गरिराखेका हुन्छौं। तर त्यसखालको लगानीको सदुपयोग भइइरहेको छ वा दुरुपयोग भइिरहेको छ भन्ने कुरामा कहिले पनि जानकार हुन सकेनौ अर्थात चासो दिन सकेनौं।

आफ्ना सन्तानलाई विद्यालयको जिम्मामा लगाएर अभिभावक पन्छिन पनि पाइनेछैन। विद्यालयले बालबालिकाको भविष्यको जिम्मा लिएको हुन्छ । तर विद्यालयस“ग समन्वयकारी भूमिका पनि बेला–बेलामा निर्वाह गरिरहनु पर्छ। जसरी पनि सन्तानको उज्वल भविष्य र संभावना  कुरिरहेका बा आमा छोराछोरीले पढ्ने बेला छेउमा कुरेर बस्न सक्दैनन् । त्यसैले आफ्नो बच्चा कोठाभित्र के गरिरहेको छ भन्ने कुरामा अनविज्ञ हुन पुग्छन जसको परिणामस्वरुप आफ्नै सन्तान कहिल्यै उम्कन नसक्ने गरी कुलतको दलदलमा फसिसकेका हुन्छन् र त्यसपश्चात खप्परमा हात राखेर रुनु कराउनुको विकल्प रहदैन।

यी कुराहरुलाई यसरी जोडिरह“दा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोराले अध्ययन गर्ने विद्यालयको प्रधानाध्यापकलाई लेखेको चिट्ठीले बेस्सरी चिमोट्यो र यो विषयवस्तु जोड्न पुगें जहा“ कुनै पनि सन्तानलाई पाठ्यक्रमका कुराहरु मात्र भन्दा केही फरक र सिर्जनात्मक कुराहरु पनि बालबालिकालाई सिकाइयोस् जसले गर्दा प्रतिभा पहिचान गर्न एउटा सेतुको काम गरोस् भन्ने हो। जसले गर्दा भविष्यमा कसैले पनि पछुतो मान्ने काम नहोस् भन्न खोजिएको हो।

पूर्व राष्ट्रपति लिन्कन जस्तै दूरदृष्टि राखेर भविष्यको कल्पना गर्न नसकिनुले यस्ता समस्याहरु निम्तिइरहेका छन्। केही कुराहरु हामी जानेर पनि ब्यवहारमा लागु गर्न सकिरहेका हु“दैनौं जसको फल हामी आफैले भोग्नुपर्दछ। अर्को बाबु आमाको ब्यस्त जीवनशैलीको कारणले गर्दा पनि सन्तानलाई निजी स्कूल तथा सुविधासम्पन्न बोर्डिङ हाउसहरुमा भर्ती गरिदिन्छौं, जसले गर्दा प्राप्त गर्न नमिल्ने  र नसकिने सुविधाहरु पनि प्रयोग गर्न थाल्छन्। अर्को समस्या भनेको अस्वस्थ खानपान अर्थात असन्तुलित भोजनको कारण पनि पूर्णरुपमा बालबालिकाको विकास हुन पाउ“दैन। बालबालिकाको चौतर्फी र सर्वाङ्गीण शारीरिक तन्दुरुस्ती एकदमै आवश्यक पर्ने भएकोले भोजनको कुरालाई पनि एकदमै बुझ्न जरुरी छ।

विशेषगरी हामी आफ्नै सन्तानको हित र मानसिकताको सकारात्मक विकासको लागि कत्तिको सचेत छौं भन्ने कुरा पनि महत्वपूर्ण पाटो हो। हामी कथित बाबुआमाको नाममा दिनभर आ–आफ्नो काममा ब्यस्त हुने तथा बेलुका घरमा तनावमुक्त पार्नका लागि विदेशी ब्राण्डको पछि लाग्छौं जुन कुरा हाम्रो बच्चाले प्रत्यक्षरुपमा नियालिराखेको हुन्छ र ती कुराहरुले बाल मनस्थितिमा कस्तो प्रभाव परिराखेको हुन्छ भन्ने कुराको ख्याल गर्न नसक्नाले पनि हामी चुकिरहेका छौं।
विभिन्न प्राइभेट तथा सामुदायिक विद्यालय सञ्चालकहरु पनि बाल मनोविज्ञानको ख्याल नगरी गुणस्तरीय शिक्षा प्रदान गर्ने होडमा बालबालिकाको अतिरिक्त विकासमा ध्यान पु¥याउन नसकिनुले वास्तविक क्षमता पहिचानमा संकट उत्पन्न भएको पाइन्छ। त्यसैले आगामी दिनहरुमा बालबालिकाको रुची र प्रभावलाई ख्याल गरी विभिन्न क्रियाकलापहरु जस्तै– गायक, नृत्य, कला साहित्य, चित्रकारिता जस्ता विविध पक्षहरुलाई अनुसन्धान गरी यस्ता ट्यालेन्टहरुको पहिचान गर्न सकियो भने मात्र शिक्षाको खासियत अर्थ रहन्छ। अन्यथा भोलिको पुस्ताबाट अरु आशा राख्नु बेकार रहनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top