Free songs
Home / समाचार / संक्षिप्त समाचार / ट्रान्सफर्मर हटाउन माग

ट्रान्सफर्मर हटाउन माग

बुद्धि पुन

सल्यान। शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माध्यमिक बिद्यालयले हाताभित्र रहेको ट्रान्सफर्मर हटाउन माग गरे पनि सुनुवाइ भएको छैन। पिपलनेटा र यस आसपासको गाउहरुमा विद्युतीकरण गर्न करीब दुई दशक पहिले बिद्युतको ट्रान्सर्फमर जडान गरिएको थियो। तत्कालीन समयमा विद्यालयमा भरपर्दो घेरबार नहुनु, बिद्यालय परिवारसग खासै छलफल नगरेर ट्रान्सर्फमर जडान गरिएको थियो।

यहा“ जडान गरिएको ट्रान्सफर्मरस“गै फ्यूज, स्वीचहरु जमिनबाट झण्डै दुई मिटरको उचाइमा छ। यसले गर्दा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु असुरक्षित भएको र समय–समयमा बिद्यार्थीहरुलाई करेन्ट समेत लाग्ने गरेको बिद्यालयका शिक्षक किशोर हमालले बताउनुभयो।

‘बिद्यालयको मैदानमा ट्रान्सर्फमर जडान गरिएको छ, फलामको पोलमा झण्डै दुई मिटर जति उचाइमा ट्रान्सफर्मर छ, साना बिद्यार्थीहरुले पनि सजिलैस“ग पुग्न सक्छन्’– उहा“ले भन्नुभयो– ‘यसबाट ३÷४ पटक विद्यार्थीहरुलाई करेन्ट लागिसक्यो, बिद्यार्थीहरु घाइते समेत भए।’

विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले विद्यालय परिसरमा रहेको ट्रान्सर्फमर तत्काल हटाउनुपर्ने बताउनुभयो। विद्यालय परिसरमा, बिद्यार्थीहरुले पुग्न सक्ने ठाउ“मा विद्युतको ट्रान्सफर्मर राख्दा बिभिन्न घटनाहरु हुन सक्ने भएकाले तत्काल ट्रान्सर्फमर हटाउनुपर्ने उहा“ले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘विद्यालय बिद्याको मन्दिर हो, हामीले चारैतिर घेरबार गरेका छौं, तर कहिलेकाही विद्यालय समयपछि ट्रान्सफर्मरमा समस्या आयो भने विद्यालयको गेटमा ताल्चा लगाएको हुन्छ, यसले ठूलो क्षति निम्त्याउन सक्छ, त्यसैले ट्रान्सर्फमर तत्काल हटाउनुपर्छ।’

विद्यालय परिसरमा रहेको ट्रान्सफर्मर हटाउन लिखितरुपमा नै नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रमा आग्रह गर्दा समेत मागको सुनुवाइ नभएको उहा“ले बताउनुभयो। विद्यालयका अनुसार ट्रान्सर्फमर हटाउन २०७२ साल पुस २ गते र पुस २६ गते गरी दुई पटक बिद्युत कार्यालयमा निवेदन दिइएको थियो। तर निवेदन दिएको तीन वर्ष बितिसक्दा समेत मागको सुनुवाइ नभएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमप्रकाश थापाले बताउनुभयो।

उहा“ले ट्रान्सफर्मर हटाउन दिएको निवेदनको कुनै सुनुवाइ नभएकाले अब जिल्ला प्रशासन कार्यालय सल्यानमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको बताउनुभयो। लिखितरुपमा दुईपटक दिएको निवेदनको बेवास्ता भएपछि जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाउने उहाले बताउनुभयो। उहाले ट्रान्सफर्मर विद्यालय हाता बाहिर सार्नुपर्ने बताउनुभयो। यस ट्रान्सर्फमरबाट पिपलनेटा, साइलाकम्द, रातामाटालगायत क्षेत्रका झण्डै दुई सय घरधुरीमा विद्युतीकरण गरिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top