Free songs
Home / फिचर समाचार / कान्छो जनप्रतिनिधि ‘सद्दाम’

कान्छो जनप्रतिनिधि ‘सद्दाम’

दशरथ घिमिरे

देउखुरी । गढवा गाउपालिका वडा नं. ८ कोइलावासमा एउटा एम्बुलेन्ससम्म छैन।‘उपचार नपाएर कसैले अकालमा मृत्युवरण गर्नुपर्ने छैन’ भन्ने चुनावी प्रतिबद्धता थियो २४ वर्षीय सद्दाम सिद्धिकीको। उहाले चुनाव पनि जित्नुभयो। अरु जस्तो उहाले चुनावी प्रतिबद्धता भुल्नुभएको छैन। वडामा एम्बुलेन्स सेवा शुरु नभए पनि आफ्नै व्यक्तिगत सवारी साधनलाई एम्बुलेन्स जस्तै बनाउनुभएको छ। वडाका नागरिक विरामी हुदा अस्पतालसम्म सोही गाडीमा राखेर लैजाने गर्नुहुन्छ। यसरी बिरामीलाई अस्पतालसम्म लैजादा लाग्ने खर्च लिनुहुन्न।

कोइलावास भारतस“ग जोडिएको छ। नेपाली भूमिको सिमाना ह“ुदै पूर्व–पश्चिमको सडकले छोएको छैन। पूर्वमा मुसीनाकाबाट पश्चिममा भौवासम्म सीमा सडक विस्तार गर्ने योजना छ। सीमा सडक विस्तारमा ट्रयाक खोल्ने काम अघि बढाएका छन्।

कोइलावासमा खानेपानीको हाहाकार छ। भारतको सीमा सुरक्षा बल एसएसबीले उपलब्ध गराएको पानी स्थानीयले खाने गरेका छन्। स्थानीय र नेपाली सुरक्षाकर्मीले भारतले दिएको पानी खानुपर्ने बाध्यता छ। कोइलावासको खानेपानीको समस्या हटाउन उनले योजना बनाएर अघि बढे। सीमा विकास कार्यक्रमबाट प्राप्त बजेटबाट एक सय ७५ मिटर गहिरो डिप बोरिङ धसे। अहिले पानी निस्किएको छ। यही पानीलाई धारामार्फत वितरण गर्दैछन्।

कोइलावास कागजमा विकास हुने गाविसको रुपमा चिनिथ्यो। मिलेर कागज बनाउने र बजेट हिनामिना गर्ने थलो बनेको थियो। विकासको नाममा आउने बजेट सधै दुरुपयोग हुन्थ्यो। नराम्रा क्रियाकलापको बिरोधी हुनुहुन्थ्यो उहा।

साधन स्रोतको अभावका बावजुद पनि केही नया काम शुरु गरेका जिल्लाकै कान्छा वडाध्यक्ष सद्दाम सिद्धिकीको राजनीतिक यात्रा निकै रोचक छ। नेपाल–भारत सीमा कोइलावासमा उहाको घर। तर, पढ्नकै लागि नारायणपुरमा बस्नुभयो। कक्षा १२ सम्म पढ्नुभएका सद्दाम सिद्धिकीलाई विदेश जाने मोह थियो। जेसिबीचलाउनुहुन्छ। त्यही जेसिबी चलाउने कामको लागि विदेश जाने योजना थियो। भिसाको प्रक्रिया अघि बढ्यो। भिसाको प्रक्रिया ह“ुदै गर्दा म्यादी प्रहरीमा भर्ना हुन फाराम भरिदै थियो।

सद्धामलाई प्रहरी बनेर सीमाको रक्षा गर्ने रहर सानैदेखिको हो। देशको सीमारक्षक भएर भूमिको रक्षा गर्ने योजना थियो। विदेश जाने योजना बनेपछि यो सपना पूरा नहुने छाटकाट देखियो। ‘प्रहरी नभए पनि अब म्यादीमा भर्ना हुन्छु भन्ने लाग्यो’– सद्दामले भन्नुभयो– ‘म्यादी प्रहरी बन्न फाराम भर्ने तयारी गर्दै गर्दा चुनावी सुरक्षा दिन खटिन जाने म आफै चुनाव प्रचारमा युवाको नेतृत्व गर्ने जिम्मेवारीमा पुगें।’ विदेश जाने, म्यादी प्रहरी बन्ने योजना बीचमै त्यागेर कोइलावास गाउ“ फर्किनुभयो। जहा उहालाई तरुण दलको नेता बनाइयो।

चुनावी माहोल तात्दै गयो। राजनीतिक दल उम्मेदवारको खोजीमा थिए। सिंगो गाविस रहेको कोइलाबास गाउ“पालिका बन्दा वडामा सीमित बन्न पुगेको थियो। जनसंख्याको हिसावले निकै सानो वडा। चार सय ४९ मतदाता।

उम्मेदवारको खोजी शुरु हुनुपूर्व दलहरुले संगठन विस्तार, युवा परिचालन गर्न संगठनहरु पुनर्गठन गर्न थाले। विदेश जाने तयारीमा रहनुभएका सद्दाम सिद्धिकीलाई तरुण दलको नेतृत्व दिइयो। त्यसपछि उहा“को खोजी शुरु भयो। उमेरले सानै। पुराना नेताले विश्वास गरेनन्। नेपाली कांग्रेसस“ग सदस्य पदमा भए पनि टिकट दिन अनुरोध गर्नुभयो। तर वडा सदस्यको लागि समेत पत्याइएन।

‘तरुण दलको नेता बनाइएको थियो। चुनावमा वडा सदस्य भए पनि चाहियो भनें तर दिइएन’– उहा“ले भन्नुभयो– ‘मेरो बारेमा अरुले पनि खोजी गरेका रहेछन्। वडा सदस्यमा चुनाव लड्न खोजेको मलाई वडाध्यक्षकै प्रस्ताव आयो। तत्कालीन एकीकृत नेकपा माओवादीबाट वडाध्यक्षमा चुनाव लडें। चुनाव जितियो। अहिले म जनताको प्रतिनिधि बनेको छु, सधै जनताको सेवक बन्नेछु।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top