Free songs
Home / समाचार / प्रमुख समाचार / ‘अखण्डता बिरोधीमाथि कारवाही’

‘अखण्डता बिरोधीमाथि कारवाही’

शरद रेग्मी

तुलसीपुर। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अखण्डताको विपक्षमा जाने जोकोहीमाथि पनि कारवाही हुने बताउनुभएको छ। तुलसीपुरमा मंगलवार उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाले त्यस्तो काममा जो लागे पनि कारवाही हुने बताउनुभयो।

अदालतले रिहा गरिसकेपछि सरकारसग सम्झौता गरेका सिके राउत फेरि पनि पुरानै बाटोमा फर्कन खोजे उनीमाथि पनि कारवाही हुने उहाले बताउनुभयो।

‘अलिकति परतिर गएर सम्झौता विपरीत अर्कै ढंगले अभिव्यक्त हुदाखेरी त्यहानेर राज्य छ कि छैन भन्ने प्रश्न चाहि उठाइएको छ’– उहाले भन्नुभयो– ‘त्यहा पनि राज्य छ, कानुन छ र त्यो कानुन उल्लंघन गरेमा फेरि पनि त्यो कानुन लागु हुन्छ।’ नेपाल इतिहासदेखि नै अभिभाज्य रहेको हुदा त्यसविपरीत अलिकति पनि तलमाथि गर्नेलाई तत्काल राज्यले नियन्त्रणमा लिनुपर्ने उहाले बताउनुभयो।

‘नेपाल वरिपरिका कतिपय मुलुकहरुको इतिहास थियो थिएन त्यो मलाई थाहा छैन’– महान्याधिवक्ता खरेलले भन्नुभयो– ‘तर, अखण्ड नेपालको इतिहास थियो र छ।’ उहा“ले नेपालको गौरवशाली इतिहास तथा अखण्ड नेपालको इतिहासलाई कसैले पनि तलमाथि गर्ने अलिकति पनि चेष्टा गर्छ भने त्यस्तो व्यक्तिलाई राज्यले शान्ति सुरक्षाको माध्यमबाट त्यस्ता चिजहरुलाई नियन्त्रणमा नलिए राज्य छ भन्ने आधार नरहने बताउनुभयो।

उहा“ले सरकारी वकिलको कार्यालय अपराध पीडितहरुको अड्डा भएको पनि बताउनुभयो। अपराधमा परेका व्यक्तिहरु सरकारी वकिलको कार्यालयमा पीडा पोख्दै आउने र वकिलको रोहवरमा टुङ्गोमा पुग्ने उहा“ले बताउनुभयो। सरकारी वकिलको कार्यालयमा पीडितमैत्री कक्ष राख्नुको कारण पीडितले पीडा पोख्न सकून् भन्नको लागि भएको उहाले बताउनुभयो।

न्यायालयको उद्देश्य अन्यायमा परेका मानिसलाई न्याय दिनु, न्यायपूर्ण समाज निर्माण गर्नु र मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्नु रहेको औंल्याउ“दै उहा“ले तर त्यसका लागि अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी सबैले मिलेर कार्य सम्पादन गर्नुपर्नेमाजोड दिनुभयो। ‘हामी अपराध अनुसन्धानमा चुक्यौं भने वा अभियोजनमा चुक्यौं भने अदालत पनि त्यो चुकेको ठाउ“बाट चुकेरै जान्छ’– खरेलले भन्नुभयो। उहा“ले अनुसन्धान र अभियोजन ठीक भएन भने निर्णय पनि ठीक हुन नसक्ने तर्क गर्नुभयो। न्यायालयहरुमा न्यायको दीप बालिरहनका लागि अनुसन्धानकर्ता, निर्णयकर्ता मिलेर निष्पक्षरुपमा काम गर्नुपर्ने उहा“को भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दाङ राजधानी बन्नका लागि सबै भन्दा उयुक्त स्थान भएको बताउनुभयो। उहा“ले प्रधानमन्त्रीले उत्साहका साथ काम गरिरहेको देखेर प्रतिपक्षी आत्तिएको पनि दाबी गर्नुभयो। उहा“ले न्यायालयले कालोलाई सेतो र सेतोलाई कालो बनाउन नहुने सुझाव पनि दिनुभयो।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले उच्च अदालत तुलसीपुरको भौतिक संरचना साघुरो र व्यवस्थित हुन नसकेको हुदा जग्गा खोजी तथा नया भवन निर्माणमा सघाउन आग्रह गर्नुभयो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश र संघस्तरका कुनै पनि कार्यालय स्थापना गर्न आवश्यक सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले दोघरेमा उच्च अदालतको लागि जग्गा खोजी भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा ५ नं. प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललगायतले बोल्नुभएको थियो। वरिष्ठतम नायव महान्यायाधिवक्ता खगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख परीक्षित गदरियाले उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरको भवन निर्माण गर्न निर्माण कम्पनीस“‘ग भ्याट बाहेक तीन करोड ५८ लाख ७४ हजार पा“च सय ६५ रुपैया“मा सम्झौंता भएको जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top