Free songs
Home / समाचार / संक्षिप्त समाचार / हत्यामा संलग्न पाँचजना पक्राउ

हत्यामा संलग्न पाँचजना पक्राउ

 

बुटवल (युस)– कुख्यात अपराधी मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएपछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन आइतवार रातिदेखि अशान्त बनेको छ । रुन्देहीको देवदहमा नेपाल तरुण दलका नगर सदस् य अनिष पुरीको हत्यास“गै उक्त क्षेत्र अशान्त बनेको बताइएको छ ।

पुरीको हत्यामा संलग्न पा“चजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देवदह–९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर राना रहेका छन् । घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिनुभयो ।

आइतवार राति ८ बजेतिर मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नं.  ५ का अन्दाजी २२ वर्षीय पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा सा“झ
८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेको प्रहरीले जनाएको छ ।

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिनुभयो । एक मात्र छोरा अनिषको हत्यापछि उनका बुवा र आमा बेहोश भई बुटवलस् िथत गौतमबुद्ध सामुदायिक मुटु अस् पतालमा उपचार भइरहेको छ । मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस् पताल बुटवलमा राखिएको छ ।

यसैबीच नेपाली कांग्रेसको भातृ संस् था नेपाल तरुण दल देवदह नगर समितिका सदस्य पुरीको हत्याप्रति नेपाली कांग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ । नेपाली कांग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ति जारी गरी हत्या जस् तो जघन्य अपराधले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउदै हत्यामा संलग्न भएका व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेको हो । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खा“डद्वारा जारी विज्ञप्तिमा राजनीतिक तथा सामाजिकरुपमा सक्रिय युवालाई योजनावद्ध तरीकाले गरिएको सांघातिक हत्याबाट सिंगो पार्टीलाई स् तब्ध बनाएको उल्लेख गरिएको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top