Free songs
Home / सम्पादकीय / समानता, समृद्धि र श्रमका कुरा

समानता, समृद्धि र श्रमका कुरा

 

लैङ्गिक समानताको चर्चा गर्दै यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्च मुलुकभर मनाइयो । समान कामको समान पारिश्रमिक, सुरक्षित कार्यस् थल, समान राजनीतिक अधिकार, अत्यधिक कामको समय कम गराउनुपर्ने, मातृशिशु स् याहार, सुरक्षालगायतका माग राखेर औद्योगिक क्षेत्रका श्रमिक महिलाहरुले शुरु गरेको संघर्ष आठ मार्चका रुपमा संसारभर विस्तारित छ । महिलाले खेप्दै आएका तमाम विभेदको अन्त्य गरी समानतामा आधारित समाज निर्माणको विषय आठ मार्चमा उठ्ने प्रमुख विषय हुने गरेको छ । विश्वव्यापी रुपमा समानताको चर्चा हुन थालेको निकै लामो समय बितिसकेको छ । नेपालमा पनि संवैधानिक रकानुनीरुपमा महिलाको समान वंशीय हकबाहेक धेरै हदसम्म समानतामूलक प्रावधानहरु संस्थागत भएका छन् । संविधान तथा कानुनको प्रभावकारी कार्यान्वयन र तिनको व्यावहारिक अभ्यासको चरणमा हामी छौं ।

बदलिएको राजनीतिक परिवेशमा यसपटक तिनै तहका सरकारले आठ मार्च मनाउन अगुवाइ गरे । सामाजिक क्षेत्रले सरकारलाई खबरदारी गर्दै समुदायमा सचेतनाका कार्यक्रम गरेर पनि सम्झिए आठ मार्च । जेहोस् समानताको विषय यसपटक पनि उठ्यो । समृद्धिको नारामा अघि बढेको मुलुकमा यो वर्ष आठ मार्चको नारा लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार तय गरियो । नारालाई लक्षमा पुग्ने मार्गका रुपमा लिने हो भने समृद्धि हासिल गर्न सबैले समानतामूलक व्यवहार देखाउनु नै पर्छ ।

देशको जनसंख्याको आधाभन्दा बढी महिला छन् । समानताको कुरा गर्दा आधाबढी जनसंख्याको प्रत्यक्ष सरोकारको विषयको रुपमा प्राथमिकताका साथ हेरिनुपर्छ । विकास, उन्नति या समृद्धि त्यसै हुँदैन । त्यसका पनि विश्वमा विभिन्न प्रकारका मोडेल, मान्यता, र सूत्र हुन्छन् । एक दुईवटा सुरुङमार्ग, फास् टट्रयाक, रेल, उद्योग कलकारखाना व्यापार, उत्पादन, विद्युत गृह, अग्ला भवन निर्माण गर्दैमा मुलुक समृद्ध भइहाल्दैन । अहिले राजनीतिक दलहरूले आश्वासन दिने स् मार्ट सिटीको सपनाले मात्रै पुग्दैन । जनताको दैनिक जीवनस् तर, जनजीविका रहनसहन, शिक्षा, स् वास् थ्य, पौष्टिक आहार, वास, सुरक्षा, न्याय, समानता, सम्मानजस् ता सवालमा परिवर्तन आउनैपर्छ । यो भौतिक विकासको कुरा मात्रै पक्कै होइन, मानवीय विकासको सवाल पनि हो । समृद्धिका लागि श्रम जरुरी छ र सबै श्रमलाई मर्यादित श्रमको रुपमा स् थापित हुने वातावरण बनाउन पनि उत्तिकै जरुरी छ ।

श्रम क्षेत्रका  बहुसंख्यक महिला अझै पनि अनौपचारिक क्षेत्रमा छन् । अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने पनि महिलाको सहभागिता उद्योग व्यवसायमा १३.५, पारिश्रमिकसहितको कृषिमा २५ र सेवा क्षेत्रमा ६१.५ प्रतिशत रहेको पाइन्छ । यसको अर्थ अझै पनि महिलाको ठूलो हिस् सा पारिश्रमिकबिनाको जीविकोपार्जनमुखी कृषि, घरआधारित सेवामूलक श्रम र स् वरोजगार क्षेत्रमा संलग्न छ । नयाँ संविधानले सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा व्यवस् था गरेको छ । राज्यको नीतिअन्तर्गत घर आधारित कामलाई समेत आर्थिक योगदानका रूपमा गणना गरिने उल्लेख छ । तर बहुसंख्यक श्रमिक महिलाहरु संलग्न रहने कृषिश्रम, घरेलु श्रमजस् ता अनौपचारिक क्षेत्रको काम कामको रुपमा गणना हुन सकेको छैन । जीविकोपार्जनका लागि गरिने कृषि, साना व्यापार व्यवसाय, घर आधारित श्रमका क्षेत्रलगायतमा काम गर्ने श्रमिकलाई श्रमिकका रुपमा पहिचान गरिएको छैन । अझ मानव जीवनको लागि नभइ नहुने र आमरुपमा महिलाहरु संलग्न ह“ुदै आएका घरभित्रको सेवामूलक कामलाई त कामको रुपमा नै हेरिँदैन । महिला स् वयंले समेत यी कामलाई काम ठान्दैनन् । जबसम्म यी क्षेत्रमा लगानी हुने श्रमलाई श्रमका रुपमा हेर्ने र श्रम लगानी गर्ने व्यक्तिलाई श्रमिकका रुपमा मर्यादित दृष्टिकोण राखिँदैन, महिला श्रमको मूल्यांकन, गणना र सम्मान हुन सक्दैन । समानताको कुरा गर्दा श्रमको परम्परागत लैंगिक कार्य विभाजनमा परिवर्तन पनि जरुरी छ । त्यस् तै घरभित्र गरिने सबै कामदेखि करेसावारी हुँदै श्रम बजारका सबै क्षेत्रमा गरिने कामलाई कामको रुपमा स् वीकार गर्ने र श्रमको परिभाषाभित्र ल्याउने काममा नीतिगत रुपमा गर्नुपर्छ । त्यस् तै श्रमलाई हेर्ने उँचनीचको दृष्टिकोणमा रूपान्तरण गरी मर्यादित श्रमको अवधारणाको विकासबाट मात्र श्रमिकको शीर उँचो बनाउन सकिन्छ । श्रमजीवी वर्गको उँचो शीर भए मात्र समाजलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top