Free songs
Home / समाचार / संक्षिप्त समाचार / रुकुमपश्चिममा रेडपाण्डा संरक्षणका लागि पहल

रुकुमपश्चिममा रेडपाण्डा संरक्षणका लागि पहल

 

परिचन्द्र खत्री

मुसीकोट  । रुकुम पश्चिममा रेडपाण्डाको नामले चिनिने रातो हाब्रेको संरक्षण हुने भएको छ । जिल्लामा रातो हाब्रेको अनुसन्धान र अनुगमन गरी संरक्षण गरिने भएको हो ।

रेडपाण्डा संरक्षणको लागि पश्चिम नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम लागु हुने भएको छ । मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र (हुरेडकार्स नेपाल) स“गको सहकार्यमा रेड पाण्डा नेटवर्कले यो कार्यक्रम लागु गर्न लागेको हो ।

हाललाई जिल्लाको बा“फीकोट गाउ“पालिकामा यो कार्यक्रम लागु हुनेछ । गाउ“पालिकाका विभिन्न जंगलमा हाब्रे पाइने नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार जिल्लाका अन्य स् थानीय तहहरुमा पनि हाब्रेको खोजी गरिनेछ ।

खोजी गर्ने र हाब्रे पाइएमा अन्य स् थानीय तहमा पनि यो कार्यक्रम लागु गर्ने रेडपाण्डा नेटवर्कका सञ्चार अधिकृत प्रगति शाहीले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत हाब्रेको बासस् थान संरक्षण गर्नुका साथै बिद्यार्थी र स् थानीयवासीलाई हाब्रेको महत्वका बारेमा बुझाइनेछ ।

यसो गर्दा हाब्रेको शिकारमा कमी आउने विश्वास गरिएको छ । चोरी शिकार तथा अन्य विभिन्न कारणले हाब्रे लोप हुने अवस् थामा पुगेको रेडपाण्डा नेटवर्कको भनाइ छ । कार्यक्रमअन्तर्गत आइतवार जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुस“ग छलफल गरिएको छ ।

मुसीकोट नगरपालिका, बाफीकोट गाउपालिका, वन डिभिजन कार्यालय र जिल्लाका पत्रकारहरुस“ग सदरमुकाम मुसीकोट खलंगामा हाब्रे संरक्षण कार्यक्रमका बारेमा अन्तत्र्रिmया तथा छलफल भएको हो ।

यस कार्यक्रमका लागि अहिले जिल्लामा ११ लाख ३७ हजार छ सय बजेट आएको बताइएको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top