Free songs
Home / विचार / दूरदर्शिताको दूर्बिनमा लुम्बिनी र दाङ उपत्यका

दूरदर्शिताको दूर्बिनमा लुम्बिनी र दाङ उपत्यका

रमेशकुमार अधिकारी

प्रदेशको नामाङ्कन र राजधानीको विषयमा प्रक्रिया जारी रह“दा प्रदेश नं. ५ को बासिन्दाको हैसियतमा यो विषयलाई दूरदर्शिताको दूर्बिनले हेर्ने चेष्टा गरेको छु । स्वभावतः प्रदेशको नामाङ्कन र राजधानीको विषयले युगौंयुगसम्म शान्तिलाई चिरस् थायी बनाउन, सुशासनलाई जनताको विश्वास र भरोषायोग्य तुल्याउन, विकासलाई सन्तुलित बनाउ“दै लैजान र समृद्धि हासिल गर्दै सम्पूर्ण जनता सुखी र खुशी हुने अवस् थामा पुग्न गहिरो माने राख्छ । त्यसैले प्रदेशसभाका लागि प्रदेशको नामाङ्कन र राजधानी तोक्ने काम वास् तवमा महान काम हो, इतिहास रच्ने काम हो र प्रदेशको जीवनमा एक पटक मात्र हुने काम हो । अतः यो कामलाई दूरदर्शिताका साथ टुंग्याउनुपर्दछ भन्ने मेरो सोझो बुझाइ रहेको छ ।

वर्तमान पुस् ता चाहे नेतृत्व पङ्ति होस् वा नागरिक तह होस् सवैमा विकासलाई हेर्न दृष्टिकोणमा क्षेत्रीयतावाद हावी छ । अर्थात नेताले निर्वाचन क्षेत्र र नागरिकले बसोबास क्षेत्रमा जति सक्यो बढी विकास भिœयाउन दत्तचित्तले लाग्ने गरेको पाइन्छ । त्यसैले पछिल्ला वर्षहरुमा साना आकारका आयोजनाको संख्या बढदै गएको र बृहद आकारका आयोजना घट्दै गएको अवस् था छ । नेतादेखि नागरिकमा रहेको यो स् वयं केन्द्रित मनोविज्ञानलाई चिन्न र चिर्न सकेमा मात्र बृहत र दूरगामी महत्वका निर्णयहरु गर्न सहज हुन्छ । शक्ति वा संख्याका आधारमा भन्दा पनि सोच, समझदारी र सहमतिबाट प्रदेशको नामाङ्कन र राजधानीको विषय टुंग्याउन सकेमा त्यसले संप्रेषण गर्ने सन्देश दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि सञ्जीवनी हुन सक्छ भन्ने मेरो आकलन छ ।

‘इम्पसिबल इज पसिबल’ पुस् तकका लेखक जोन मोरेसीले नदेखिने कुरालाई देख (सी इन्भिजीबल), अविश्वास लाग्ने कुरालाई विश्वास गर (बिलिभ इन्क्रेडिबल) र असंभवलाई संभवको रुपमा प्राप्त गर (रिसिभ इम्पसिबल) भन्ने सूत्र दिएर असंभवलाई संभवमा बदल्न सकिने बाटो देखाएका छन् । प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको आकांक्षा बा“डेको छ । यतिखेर धेरैजसोलाई यो आकांक्षाको प्राप्ति असम्भव लाग्न सक्छ ।

तर जोन मोरेसीले भने जस् तै प्रदेशमा विद्यमान नदेखिने अथाह संभावनालाई देख्न सक्ने र अबिश्वास लाग्ने कुरालाई विश्वास गर्ने हो भने अहिले असम्भव ठानिएको आकांक्षाको प्राप्ति सम्भव छ । यस निमित्त नदेखिएका कुरालाई देख्न र बिश्वास नलागिरहेका कुरालाई विश्वास गर्न सक्ने चरित्र प्रदेशका सारथिहरुमा प्रदर्शन हुन आवश्यक छ ।

प्रदेश नं. ५ को भूगोल हिमाल, पहाड, उपत्यका र तराई मिलेर बनेको छ । आकृति सुन्दर छ । जमिन उर्बर छ । जल प्रचुर छ । जंगल बाख्लो छ । जैविक विविधता व्यापक छ । जनता पौरखी छन् । मानव निर्मित भौतिक पूर्वाधार विकासको उपयोगबाट तराईमा रहेका भैरहवा–बुटवल र नेपालगञ्ज –कोहलपुर शहरहरु प्रदेशकै आकर्षक आर्थिक केन्द्रको रुपमा विकास भइरहेका छन । पूर्व–पश्चिम राजमार्गले प्रदेशको तराई भूभागलाई छिचोल्दै अरु प्रदेशलाई जोड्ने भएबाट यो राजमार्ग प्रदेशको आर्थिक मेरुदण्ड बनेको छ । यो राजमार्गमा भैरहवा–बुटवल खण्डमा सिद्धार्थ राजमार्ग र नेपालगञ्ज–कोहलपुर खण्डमा कर्णाली राजमार्गको लेन बिस् तार भइ जोडिएका कारण यस क्षेत्रमा तीब्र विकासका विविध स् वरुप देख्न पाइन्छ । अब पूर्व–पश्चिम राजमार्गको बर्धघाट–बुटवल–लमही–कोहलपुर–चिसापानी खण्डलाई कम्तिमा छ लेनको बनाई प्रदेशभित्र रहेका नेपाल भारत सीमानाका भन्सार प्रवेश विन्दुदेखि पूर्ब–पश्चिम राजमार्ग सम्मको उत्तर–दक्षिण सडकलाई अझ फराकिलो र स् तरीय बनाई आबद्ध गर्दा त्यसले असाधारण अवसर सिर्जना गर्ने भएबाट समग्र तराई आर्थिक केन्द्रको रुपमा विकास गर्न सम्भव छ । त्यसमा थपिने हुलाकी सडकले अबसरलाई मल्टिप्लाई गर्नेछ ।

पहाडमा जीवराज आश्रित–कृष्ण सेन मार्ग र मध्य पहाडी लोकमार्गले जीवन्त जीवन जीउन सघाउने छन् । प्रदेशको पश्चिममा सहिद मार्ग, भालुवाङ–लिबाङ सडक र पूर्वमा सालझुण्डी– बुर्तिबाङ सडक र भैरहवा–पाल्पा–तम्घास सडकले विकासमा नया“ आयाम र अवसर थप्दै गएका छन् । सडक सञ्जाल विस् तार ह“ुदै गर्दा पूर्व–पश्चिम राजमार्गको समानान्तर भएर रेल मार्ग बन्ने क्रम शुरु भएको छ । त्यसमा सीमानाका पारवहन सुविधा भएका प्रमुख भन्सार बिन्दुदेखि उत्तर–दक्षिण भएर रेलमार्ग बिस् तार हुनेछन् । भैरहवामा बनिरहेको गौतम बुद्ध विमानस् थल छिट्टै सञ्चालन हुनेछ । नेपालगञ्ज विमानस् थल विस् तार हुनेछ । दाङमा वैकल्पिक बिमानस् थल बन्ने छ । यसरी प्रदेश सडक, रेल र हवाई यातायातले अझ सुगम बन्ने निश्चित छ । सारांशमा प्रदेशले बृहत्तर आबद्धता, उत्पादकत्वमा व्यापकता (वाइडर कनेक्टिभिटी, ग्रेटर प्रोडक्टिभीटी) को भरपूर लाभ लिने प्रष्ट छ । यो समग्र सुन्दर परिदृष्यमा विशेषतः प्रदेशको तराई भाग उच्च आर्थिक बृद्धिका लागि उर्बर स् थल सावित ह“ुदै जानेछ ।

प्रदेशको आर्थिक सामाजिक विकासलाई अगुवाइ गर्ने काम प्रदेशको राजधानी शहरले गर्ने गर्दछ । राजधानी शहरलाई प्रदेशको अस् िमताको रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले प्रदेशको प्रशासनिक केन्द्र अर्थात राजधानीलाई अस् िमता रक्षाका दृष्टिले एकदम उपयुक्त स् थानमा राख्नुपर्दछ भन्ने मान्यता बलियोरुपमा स् थापित छ । प्रशासनिक केन्द्र र आर्थिक केन्द्र एकै स् थानमा भन्दा अलग–अलग स् थानमा रहेका थुपै्र दृष्टान्त छन् । नेपालमा राजधानी काठमाडांै उपत्यकामा भइरह“दा प्रारम्भमा वीरगञ्जलाई आर्थिक केन्द्र मानिन्थ्यो । पछि बिराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी आर्थिक केन्द्रको रुपमा विकास भए । छिमेकी देश भारतमा कोलकाता र मुम्बै आर्थिक केन्द्रको रुपमा र दिल्ली प्रशासनिक केन्द्रको रुपमा रहेका छन् । भारतकै प्रान्त उत्तर प्रदेशमा आर्थिक केन्द्र कानपुर र प्रशासनिक केन्द्र लखनउ रहेका छन् । अर्को छिमेकी देश चीनको प्रमुख आर्थिक केन्द्र सांघाई र राजधानी पेकिङ रहेका छन् । पाकिस् तानको करा“ची आर्थिक केन्द्र हो भने इस् लामाबाद प्रशासनिक केन्द्र हो । अमेरिकाको आर्थिक केन्द्र न्यूयोर्क र राजधानी वासिङ्गटन डिसीमा रहेको छ । यी उदाहरणबाट के शिक्षा लिन सकिन्छ भने अस् िमताको रुपमा हेरिने प्रशासनिक केन्द्र अर्थात राजधानीलाई आर्थिक केन्द्रको नजिक तर नजोडिने गरी राख्न उपयुक्त हुन्छ ।

प्रदेश नं. ५ तमाम उत्कृष्ट सम्पदाहरुका बीच दुई अति बिशिष्ट सम्पदा वा सम्पत्तिले सुशोभित छ । उत्कृष्ट सांस् कृतिक सम्पदाको रुपमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस् थल लुम्बिनी यस प्रदेशमा छ । प्रकृतिको अनुपम उपहारको रुपमा विशाल दाङ उपत्यका यसै प्रदेशमा पर्दछ । यो उपत्यकालाई एशियाको ठूलो उपत्यकाको रुपमा गुगल मिडियाले प्रचार गरिरहेको छ । यी दुई अनमोल अजम्बरी सम्पदालाई कुन प्रयोजनमा उपयोग गर्दा प्रदेशको प्रतिष्ठा र प्रसिद्धि प्रख्यात बन्न सक्छ भन्ने कुरा यतिखेर नेतृत्व पङ्तिले राम्ररी बुझ्न, विष्लेषण गर्न र विवेकी बन्न आवश्यक छ ।

मूलतः प्रदेशको नामाङ्कन र राजधानीको सन्दर्भमा धेरै उचाइको चरित्र, उदार मन र अ“टिलो क्षमता प्रदर्शन गर्न आवश्यक छ । एक छिन विचार गरांै त तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले  अन्य राज्यहरुलाई एकीकरण गर्दै जा“दा पनि गोरखालाई प्रशासनिक केन्द्र अर्थात राजधानी बनाउने सोच त थियो होला नि  । तर जब उनले काठमाडांै उपत्यका देखे उनलाई लाग्यो काठमाडांै उपत्यका भन्दा अर्को सुन्दर, सुरक्षित र सम्पदासम्पन्न स् थल छैन । र, उनले काठमाडांै उपत्यकालाई यसको विशेषता सुहाउ“दो सम्मानस् वरुप राजधानी बनाउने निर्णय गरे । जुन दूरदर्शिताले अद्यपि सर्बदा प्रशंसा पाइरहेको छ । यसले के चेतना दिन्छ भने उपलब्ध सम्पदाको सुहाउ“दो सम्मान दिन नेतृत्वपङ्तिले ऐन मौकामा जान्नुपर्दछ । साहस गर्नुपर्दछ र गरेर प्रमाणित गर्नुपर्दछ ।

विश्व मानचित्रमा सुपरिचित लुम्बिनीको अति विशिष्ट ऐतिहासिक तथा पुरातात्विक महत्व र दाङ उपत्यकाको विशाल बनोटमा विद्यमान बहुउपयोगको सहजता र सौन्दर्यताको विशेषतालाई क्रमशः प्रदेशको नामाङ्कन र राजधानीको विषयमा जोड्न सक्ने हो भने त्यो भन्दा दूरदर्शी निर्णय अरु के होला र ? हामी भगवान गौतम बुद्धलाई हाम्रा मात्र भन्नै सक्दैनौ । किनकि बुद्ध धर्म र दर्शन संसारको सम्पत्ति बनिसकेको छ । तर भगवान गौतम बुद्धको जन्मस् थल हाम्रो लुम्बिनीलाई विश्वभर सघनरुपले प्रख्यात बनाउ“दा त्यसले अनेकौं अवसरलाई गुणन गर्नेछ । यसैगरी दाङ उपत्यकाको बनोटको बिशालतामा युगांैयुगसम्म मानव वस् ती र विकासलाई धान्न सक्ने र गोलबन्द बनाई राख्न सक्ने अतुलनीय सामथ्र्य विद्यमान छ । यी दुई अनमोल रत्नलाई ससम्मान सदुपयोग गर्न प्रदेश तहले गर्न सक्ने काम भनेकै यिनलाई प्रदेशको नामाङ्कन र राजधानीमा जोड्नु हो भन्ने लाग्छ । निर्णय गर्दा निर्णयकर्तालाई अवश्य प्रसव बेदनाको पीडा हुनेछ तर जब निर्णय हुनेछ तब भर्खर बच्चा जन्माएकी आमालाई नवजात शिशुको स् पर्शले सम्पूर्ण पीडा समन गरे जस् तै निर्णयकर्तामा अपार हर्ष उर्लनेछ । नेपाल आमा पनि मेरा सपुतहरुले अद्वितीय उपहार चिन्न र चिरस् थायी बनाउन सके भनेर गदगदले मुस् कुराउने छिन् । र,  प्रदेशमा नवयुगको आरम्भ हुनेछ ।

पक्कै पनि प्रदेशको नामाङ्कन र राजधानी तोक्ने विषयको इतिहास रच्ने रचयिता प्रदेशसभाका प्रतिभाशाली सभासदहरु हुनुहुन्छ । उहाँहरुमा बुद्धि, विवेक र दूरदर्शिता छ भन्नेमा मलाई पूर्ण विश्वास छ । उहा“हरुले जे निर्णय गर्नुहोला त्यसलाई स् वीकार गर्नु नागरिक कर्तव्य हो भन्ने कुराको पनि पङतिकारलाई राम्रो हेक्का छ । तथापि यो समयमा प्रदेशसभाका सभासदहरुमा भएको प्रतिभाको क्षितिजमा लुम्बिनीको महत्वको उचाइ र दाङ उपत्यकाको उपयोगिताको गहिराइलाई आलोकित गर्दै यो प्रदेशमा विद्यमान कन्ट्रीलाई कोहीनूर बनाउन सक्ने सम्भावनाका सर्बश्रेष्ठ द्योतक लुम्बिनी र दाङ उपत्यकाले निर्विकल्परुपमा पाउनै पर्ने सम्मानको समयलाई चुक्न नदिन सचेत जोकोहीले पनि सघाउन वा सम्झाउन मिल्ने भएकाले सोहीरुपमा यो लेख पाठकहरुसमक्ष पस् केको व्यहोरा निवेदन गर्दै लेखको बिट मार्दछु ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top