Free songs
Home / समाचार / प्रमुख समाचार / जनमत संग्रहको चर्चा नै असम्भवः गृहमन्त्री

जनमत संग्रहको चर्चा नै असम्भवः गृहमन्त्री

‘संविधानबिरोधी तत्व निस्तेज हुँदै जानेछन्’

 

यमलाल भुसाल

बुटवल । गृहमन्त्री रामबहादुर थापाले संविधानमा व्यवस् था नै नभएको जनमत संग्रह सरकारले गर्न नसक्ने बताउनुभएको छ । संविधानमै नभएको जनमत संग्रहका लागि सम्झौता गर्ने त परै जाओस् चर्चा गर्न नै असम्भव भएको उहाले बताउनुभयो ।सिके राउतस“गको सहमति प्रष्ट्याउन आवाज उठिरहेको बेला उहा“ले हु“दै नभएको र हुनै नसक्ने कुराको चर्चा गर्नु नै असान्दर्भिक हुने टिप्पणी गर्नुभयो ।

सोमवार भैरहवामा आयोजित प्रदेश नं. ५ स् तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधान बिरोधी तत्वलाई निस् तेज पार्ने बताउनुभयो ।देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मूलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै उहाले असामाजिक र आपराधिक तत्वबाट मुलुकलाई खतरा रहेको स् वीकार गर्नुभयो । आपराधिक तत्वलाई निस् तेज गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाले संविधानभन्दा माथि गएर कसैले आपराधिक गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस् ने बताउनुभयो ।

‘सिकेको ¥याली अन्तिम विदाइको खुशियाली’ सरकार र सिके राउतबीच भएको सहमतिमा हस् ताक्षर गरेको मसी सुक्न नपाउ“दै सिके राउतको स् वागातार्थ उनका समर्थकले जनकपुरमा निकालेको बृहत प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम बिदाइको खुशियालीको संज्ञा दिनुभयो । सिके रावतले राज्यस“ग गरेको सहमति कार्यकर्ता तहमा पुग्न समय लाग्ने उल्लेख गर्दै उहाले उनका कार्यकर्ताले के गरे भन्ने बिषय अहिले एजेण्डा बन्न नसक्ने बताउनुभयो । ‘आन्दोलनको मनोविज्ञान भनेको के हो भने कुनै सम्झौतापछि यस्तो भाव उत्तेजना आउछ’– उहाले भन्नुभयो– ‘सहमतिमै संविधानविरोधी गतिविधि नियन्त्रण गर्ने उल्लेख भएकाले केही साना घटनाबाट डराइहाल्नु पर्दैन ।

सहमति तोडिए राज्यले कारवाही गर्छ । यो त स् वाभाविक कुरा नै हो ।’उहाले सिके राउतस“ग भएको सहमतिमा स् वतन्त्र मधेश त्यागको सहमति भएको स् पष्ट गर्दै गर्दै अखण्ड र स् वाधीनता स् वीकार गरिसकेपछि अरु सबै तपसिलका विषय हुने बताउनुभयो । उहा“ले यो सम्झौतास“गै राष्ट्रलाई बिखण्डनबाट बचाउन सरकार सफल भएको बताउनुभयो ।

गृहमन्त्री थापाले संविधानविरोधी तत्वलाई नियन्त्रण र निस्तेज बनाउने प्रक्रिया सरकारले शुरु गरिसकेको बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपातर्फ इंगित गर्दै उहा“ले संविधान र राज्य विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौती देखिए पनि सरकारले आधारभूतरुपमा नियन्त्रण गरिसकेको दाबी गर्नुभयो ।

सरकारले विभिन्न समूहलाई वार्तामा आउन आह्वान गरिसकेको भन्दै उहाले वार्तामा नआए निस् तेज पारेर शान्ति सुरक्षा कायम गरिने बताउनुभयो । मुलुकको शान्ति सुरक्षामा आपराधिक तत्व, असामाजिक तत्व र प्राकृतिक प्रकोप पनि चुनौतीका रुपमा रहेको उल्लेख गर्दै उहा“ले ती सबैलाई नियन्त्रण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताउनुभयो ।

सुरक्षा गोष्ठीमा प्रदेश नं. पाचका आन्तरिक मामिला तथा कानुन मन्त्री, गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश नं. पाचका प्रमुख सचिवलगायतको सहभागिता छ । गोष्ठीमा मुलुकको शान्ति सुरक्षाको अवस्था, चुनौती र आगामी सुरक्षा रणनीतिबारे छलफल गरी निष्कर्ष निकालिने छ । गोष्ठीको पहिलो दिन आइतवार १२ वटै जिल्लाको सुरक्षा अवस् थाबारे सम्बन्धित जिल्लाका प्रहरी प्रमुखहरुले जानकारी गराएका थिए । उनीहरुले प्रदेश नं. पा“चमा नेत्रविक्रम चन्द विप्लवबाट सुरक्षा चुनौती बढेको धारणा राखेका थिए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top