Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराही सिमेन्टका कर्मचारीको स्वास्थ्य जाँच

घोराही सिमेन्टका कर्मचारीको स्वास्थ्य जाँच

 

गोविन्द खड्का

घोराही । घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि गोग्लीले आइतवार उद्योगमा कार्यरत कर्मचारीको स् वास् थ्य जाच गराएको छ । एक सय पचास जनाको नमूना संकलन तथा स्वास्थ्य परीक्षण गरिएको उद्योगका वरिष्ठ जनसम्पर्क अधिकारी लोकराज सुवेदीले जानकारी दिनुभयो ।

वरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले कर्मचारीहरुको स् वास् थ्य परी क्षण गरेको थियो । त्यस क्रमममा टोलीले छातीको एक्सरे, प्रेसर, आ“खा, कान, नाक तथा शरीरका अन्य अंगको जा“च गरेको थियो । साथै टोलीले रगत, खकार, पिसावलगायतको नमूना संकलन गरेको छ । ल्याब
टेष्ट गरेर एक दुई दिनमै रिपोर्ट दिने चिकित्सकहरुले बताएका छन् ।

स् वास् थ्य जा“चका क्रममा उद्योगका कर्मचारीहरुमा कुनै समस् या नदेखिएको जनसम्पर्क अधिकारी सुवेदीले जानकारी दिनुभयो । उहा“का अनुसार एक दुईजनाको प्रेसर हाइ देखिए पनि सबैको अवस् था नर्मल रहेको चिकित्सकहरुले जानकारी दिएका थिए । आइएसओको मान्यता अनुसार उद्योगले हरेक छ महिनामा कर्मचारीको स् वास् थ्य परीक्षण गर्नुपर्छ । त्यसै अनुसार जा“च गरिएको थियो ।

गत असारको अन्तिम सातामा उद्योगले ४४ जना कर्मचारीहरुको क्षयरोग परीक्षण गरेको थियो । गत साउन १ गते उपलब्ध गराएको स् वास् थ्य परीक्षण रिपोर्टमा कसैलाई पनि क्षयरोग नभएको पुष्टि गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले खकारको नमूना संकलन गरी परीक्षण गरेको थियो । विवरण अनुसार २१ देखि ५५ वर्ष उमेरसम्मका व्यक्ति उद्योगमा कार्यरत थिए । धेरै कर्मचारी तथा केही कामदारहरु आवासीयरुपमा उद्योगमा काम गर्दै आएका छन् ।

त्यसबेला अत्यधिक धुलो हुन सक्ने जोखिमयुक्त ठाउमा कार्यरत कर्मचारीलाई प्राथमिकताका दिइएकोे उद्योगले जानकारी दिएको थियोे । उद्योगका अनुसार सिमेन्ट प्याकिङ डिपार्टमेन्ट, प्रोसेसिङ डिपार्टमेन्ट, क्यूसी (क्वालीटी कन्टोल) डिपार्टमेन्ट, इलेक्टिक डिपार्टमेन्ट, सिभील (भवनहरु बनाउने) डिपार्टमेन्टका कर्मचारी तथा कामदारको खकार परीक्षणका लागि संकलन गरिएको थियो । उतिबेला ज“च्न डराएकाहरु पनि यसपटक भने खुशी हु“दै आफ्नो स् वास् थ्य परीक्षण गराएको सुवेदीले जानकारी दिनुभयो । निःशुल्क स् वाथ्य शिविर सञ्चालन गरेर उद्योगले कर्मचारी र कामदारलाई स् वास् थ्य उपचारको सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि स् वास् थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिने सुवेदीले जानकारी दिनुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top