Free songs
Home / फिचर समाचार / स्थानीय पर्यटक भित्र्याउने लक्ष : बागचौर र कपुरकोटमा भ्यूटावरसहित उद्यान बन्ने

स्थानीय पर्यटक भित्र्याउने लक्ष : बागचौर र कपुरकोटमा भ्यूटावरसहित उद्यान बन्ने

 

बुद्धि पुन

सल्यान । पयर्टन प्रबद्र्धन गर्न सल्यानको बागचौर नगरपालिकाले भ्यू टावर निर्माण गर्ने भएको छ। सुन्तला उत्पादनको हिसावले अब्बल मानिएको यस नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न भ्यू टावर निर्माण गर्ने भएको हो। बागचौर नगरपालिका वडा नं.  २ अग्लाटाकुरामा भ्यू टावर तथा पार्क निर्माण गर्न लागेको हो।

नगरपालिकाको केन्द्रदेखि करिब चार किमी उत्तरी क्षेत्रमा अवस् िथत अग्लाटाकुराबाट नगरपालिकाको केन्द्र बागचौर, थारमारे बजार, सुन्तला उत्पादन हुने क्षेत्र कोटमौलालगायत नगरका अधिकांश भूभाग देख्न सकिन्छ। यो नगर धार्मिक तथा पर्यटकीय हिसावले धनी छ। नगरपालिकामा रिङरोड निर्माण गर्न शुरु गरेको यस नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न भ्यू टावर निर्माण गर्न थालेको हो।

नगरप्रमुख लोकमान बुढाथोकीले भ्यू टावर निर्माणको काम तत्काल शुरु गर्ने बताउनुभयो। उहाले भ्यू टावर तथा पार्क निर्माणका लागि पहिलो चरणको सम्भाब्यता अध्ययन सम्पन्न भएकाले अब छिट्टै पार्क निर्माणको काम शुरु गर्ने बताउनुभयो। ‘हामीले भ्यू टावर निर्माण यसै वर्ष सम्पन्न गर्न त सक्दैनौं तर भ्यू टावरको काम अगाडि बढाउ“छांै’ उहा“ले भन्नुभयो– ‘त्यसका लागि मैदान चौडा बनाउने काम शुरु भएको छ।’

आरम्भ आर्किटेक्ट एण्ड इञ्जिनियरिङ प्रालि काठमाडौंले भ्यू टावर तथा पार्कका लागि सम्भाब्यता अध्ययन गरेको थियो। प्रालिको अध्ययन प्रतिवेदन अनुसार भ्यू टावर तथा पार्क निर्माण गर्न सवा छ करोड रुपैया“मा लाग्ने उल्लेख गरिएको छ। प्रतिबेदन अनुसार अग्ला टाकुरामा भ्यू टावरस“गै पार्क, बगैंचा आदि निर्माण गरिनेछ।

नगरप्रमुख बुढाथोकीले आफ्नै कार्यकालमा भ्यू टावर निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो। भ्यू टावर निर्माणको काम तत्काल शुरु गर्ने बताउ“दै उहा“ले आगामी तीन वर्षभि परियोजना सम्पन्न गर्ने बताउनुभयो। अहिले जिल्लाका खैराबाङ, छायाक्षेत्र, कुपिण्डे ताललगायतका धार्मिक तथा पर्यटकीय स् थलहरु जस् तै नगरको अग्ला टाकुरालाई पनि पर्यटकहरुको आक्रर्षणको केन्द्रबिन्दु बनाउने उहा“ले बताउनुभयो।

 

उहाले भ्यू टावर निर्माण गरेर दैनिकरुपमा हजारांै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बागचौर नगरपालिकामा आगमन गराउने लक्ष रहेको बताउनुभयो। ‘पर्यटकहरुको आगमण शुरु भएपछि बागचौरमा चहलपहल बढ्छ, यहाको होटल व्यवसाय फस्टाउद जान्छ, पर्यटकहरु आउ“छन्, खान्छन्, बस् छन्, स् थानीयले रोजगारी पाउछन्, ब्यापार व्यवसाय बढ्दै जान्छ, नगरवासी आर्थिकरुपमा बलियो बन्दै जान्छन्’– उहाले भन्नुभयो– ‘नगरको विकास निर्माण स“गै आर्थिकरुपमा नगरपालिका मजबुत हुन्छ।’

उहा“ले आफू समृद्ध नगर निर्माणको अभियानमा रहेकाले भ्यू टावरले पनि यसमा केही राहत मिल्ने बताउनुभयो। उहा“ले नगरबासीलाई शिक्षा, स् वास् थ्य, पूर्वाधार विकासस“गै सामाजिक, आर्थिकरुपमा पनि सक्षम बनाउने आफ्नो लक्षरहेको बताउनुभयो।

यस् तै जिल्लाको कपुरकोटलाइ पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पर्यटकीय उद्यान तथा सांस् कृतिक संग्रहालयको गुरुयोजना तयार गरिएको छ। चिसो हावापानी, शान्त वातावरण, हिम श्रृंखला र तराइका समथर फाट सजिलै देख्न सकिने अग्लो स् थान कपुरकोट ४ किमिचौर स् िथत घंगारीचौरमा भ्यू टावरसहितको उद्यान तयार गर्न अवधारणा अघि सारिएको हो।

इञ्जिनियरको घर प्रालि काठमाडौंको सहयोगमा कपुरकोट गाउपालिकाले तयार गरिएको गुरु योजना अनुसार पा“च करोड रुपैया“को लागतमा उद्यान तयार गर्न सकिने गाउ“पालिकाका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो। स् थानीय स् तरमा उपलब्ध हुने स्रोत र साधनको प्रयोगबाट उद्यान निर्माण गर्न सकिने गरी गुरुयोजना तयार भएको उहाले बताउनुभयो।

सुन्दरताको बेजोड नमूनाको रुपमा रहेको किमिचौरस् िथत घंगारी चौरको डा“डोबाट उत्तरतिर हिमश्रृंखला, दक्षिणतर्फ दाङ उपत्यकाको समथर भू–भाग तथा बा“के पारिसम्मको दृश्य देख्न सकिने भएकाले यस स् थानमा भ्यू टावरसहितको उद्यान र संग्रहालय निर्माण भएमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाइ आकर्षण गर्न सकिने बलियो सम्भावना रहेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top