Free songs
Home / सम्पादकीय / लुम्बिनी भ्रमण वर्षको सार्थकता

लुम्बिनी भ्रमण वर्षको सार्थकता

प्रदेश ५ को सरकारले आगामी वर्षलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने भएको छ। फागुन २२ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो कार्यक्रम स् वीकृत गरिसकेको छ। सरकारले यसको उद्घाटनमा मात्रै ७० लाखसहित कूल चार करोड १९ लाख ६० हजार बजेट खर्च गर्ने गरी कार्यक्रम तय गरेको छ। लुम्बिनीमा आन्तरिक पर्यटक बढाउन यस् तो कार्यक्रम तय गरिएको प्रदेश सरकारको भनाइ छ। कृषि र पर्यटनलाई प्रदेश समृद्धिको आधार मानिएकाले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको आयोजना गरेर पर्यटन प्रवद्र्धनका लागि संस् थागत पहल थाल्नु सकारात्मक छ। बरु यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने अबको दायित्व हो। प्रभावकारी बनाउनका लागि यसलाई लुम्बिनीमा मात्रै सीमिति नगरेर प्रदेशब्यापी कार्यक्रम अघि बढाउनु आवश्यक छ।

संघीय सरकारले सन् २०२० लाई ‘भिजन ट्वाइन्टी–ट्वान्टी’ घोषणा गरेर २० लाख पर्यटक नेपाल भिœयाउने लक्षसहितको कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ। यसलाई टेवा पु¥याउन लुम्बिनीमा महत्वपूर्ण कार्यक्रम आयोजना गर्नु जरुरी नै हुन्थ्यो। त्यसैले पनि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गरेको हुनुपर्छ। प्रदेश सरकारकै हकमा पनि लुम्बिनी सबैभन्दा महत्वपूर्ण पर्यटकीयस् थल हो। प्रदेशले आफ्नो समृद्धिको मार्गचित्रमै कृषिलाई आधार बनाउने र पर्यटनलाई उच्च प्राथमिकता दिने घोषणा गरिसकेको छ। त्यसैले समग्र प्रदेशको विकासका लागि पर्यटन प्रवद्र्धन जरुरी छ र त्यसको महत्वपूर्ण केन्द्र शान्तिका प्रतीक गौतम बुद्धको जन्मस् थल लुम्बिनी नै हो। लुम्बनीमै भनेर धेरै पर्यटक नेपाल आउने गर्दछन्। यसका लागि संघीय सरकारले पहल गरिरहेको छ। तर प्रदेशको जोड भनेको आन्तरिक पर्यटनमै हो भन्ने देखिन्छ। आन्तरिक पर्यटनलाई नै जोड दिन यो कार्यक्रम शुरु गर्न थालिएको हो भने यसलाई प्रदेशब्यापी बनाएर प्रदेशकै उत्सवको रुपमा मनाउने गरी तयारी थाल्नुपर्छ।

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षलाई कपिलवस् तु र रुपन्देहीमा मात्रै केन्द्रित गर्न खोजेको देखिन्छ। लुम्बिनी र बुद्धसँग सम्बन्धित गोटीहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौरकोट, सगरहवा, सिसहनियाँ, अनोमालगायतका क्षेत्रमा कार्यक्रम केन्द्रित हुने देखिन्छ। लुम्बिनी र बुद्धसँग सम्बन्धित पुरातात्विक वस् तु जहाँ छन्, त्यहाँ नै यसको बढी आकर्षण हुनु स् वाभाविक छ।

सँगसँगै लुम्बिनी भ्रमण वर्ष प्रदेशको कार्यक्रम भएकाले यसलाई समग्र प्रदेशको पर्यटन विकाससँग जोड्ने गरी कार्यक्रम बनाउनुपर्छ। लुम्बिनीमा पर्यटक बढाउने यसको मूल उद्देश्य छँदैछ, साथसाथै लुम्बिनी पुग्ने पर्यटकलाई पाल्पाको रानीमहल, गुल्मीको रुरु–रेसुंगा, अर्घाखाँचीको सुपादेउराली, नवलपरासीको सिजी टेम्पल, दाङको धारापानी, प्युठानको स् वर्गद्वारी, रोल्पाको जलजला, रुकुमपूर्वको पुथा–सिस् ने–कमल दह, बर्दियाको ठाकुरद्वारा, बाँकेको बागेश्वरीसम्म कसरी पु¥याउने भन्नेतिर प्रदेश सरकारको ध्यान जानुपर्छ। लुम्बिनी आएका सबै पर्यटक यी सबै ठाउँमा जान्छन् भन्ने होइन । कम्तिमा यो प्रदेशमा यी सम्पदा पनि घुम्नलायक छन् है भनेर लुम्बिनी भ्रमण वर्षले सन्देश दिनसक्नुपर्छ। प्रदेशका १२ वटै जिल्लामा लुम्बिनी भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्न सकियो र यसमा प्रदेशभित्रका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकियो भने आन्तरिक पर्यटन प्रवद्र्धनमा यो कार्यक्रम सफलदायी हुनेछ। अनि मात्रै प्रदेश सरकारको कार्यक्रमले सार्थकता पाउनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top