Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रथम वडाध्यक्ष कप फूटबल

प्रथम वडाध्यक्ष कप फूटबल

शालिकराम मुसाफिर

लक्ष्मीपुर। तुलसीपुर उपमहानगरपालिकावडा नं. १६ लक्ष्मीपुर दाङको आयोजनामा प्रथम वडाध्यक्ष कप फूटबल प्रतियोगिता शुक्रवार लक्ष्मीपुरमा सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकूद स् वास् थ्यका लागि खेलकूद भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगिता फागुन १९ गतेदेखि शुरु भएको थियो।

छ दिनसम्म सञ्चालन गरिएको सो प्रतियोगिता १९ वटा टोल विकास संस् थाका समूहले भाग लिएका थिए। प्रतियोगितामा पिपलचौतारी टोल विकास संस् थाको समूह प्रथम, टिक्रा लहलौरा टोल विकास संस् थाको समूह द्वितीय र आनन्दनगर टोल विकास संस् थाको समूह तृतीय भएका थिए। प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः दश हजार, सात हजार, पाच हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको उपाधि पिपलचौतारी टोल विकास संस् थाका खेलाडस्  सुनिल चौधरी, सर्वाधिक गोलकर्ताको उपाधि टिक्रा लहलौरा टोल विकास संस् थाका खेलाडी वसन्त बस्नेत र उत्कृष्ट खेलाडीको उपाधि चरण चौधरीले प्राप्त गरेका थिए।

युवा तथा खेलकूद उपसमितिका संयोजक जनकबहादुर चौधरीको अध्यक्षता तथा तुलसीपुर–१६ का वडाध्यक्ष भूपबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस् कार वितरण तथा समापन समारोहमा वडासचिव राजेन्द्र केसी, नेकपाका नेता शिवानन्द डॉगी, लक्ष्मी आधारभूत विद्यालयका प्रअ तेजबहादुर बस् नेत, गणेश टोल विकास संस् थाका अध्यक्ष पदम केसी, पिपलचौतारी टोल विकास संस् थाका अध्यक्ष यज्ञमूर्ति गौतम, टिक्रा लहलौरा टोल विकास संस् थाका अध्यक्ष गोपाल चौधरी, आनन्दनगर टोल विकास संस् थाका अध्यक्ष घनश्याम बस् नेत, पिपलचौतारी टोल विकास संस् थाका फूटवल समूहका टोली नेता सन्तोष चौधरीलगायतले खेलकूद प्रतियोगिता वर्षेनि आयोजना गर्नुपर्ने सुझाव दिदै खेलकूद विकासमा वडा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा राखेका थिए।

वडास् तरमा सक्षम फूटवल समूह निर्माण गर्न सहभागी सबै समूहबाट उत्कृष्ट ६५ जना खेलाडी छनोटमा परेका छन्। छनोटमा परेका खेलाडीहरुलाई तालिम प्रदान गरी तीमध्येबाट छनोट गरी एउटा राम्रो फूटबल समूह निर्माण गरिने युवा तथा खेलकूद उपसमितिका संयोजक जनकबहादुर चौधरीले जानकारी दिनुभयउो। युवा तथा खेलकूद उपसमितिका सदस् य सुवास बस्नेतले सञ्चालन गरेको कार्यक्रममा एन्फाका मनिषबाबु पाण्डे, प्रकाश विक, सुवोध चौधरी र विनोद चौधरीले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top