Free songs
Home / फिचर समाचार / नमूना विद्यालय बनाउन भवन शिलान्यास

नमूना विद्यालय बनाउन भवन शिलान्यास

सागर रिजाल

प्युठान । प्युठानका दुईवटा विद्यालय नमूना विद्यालय हुने भएका छन्। क्षेत्र नम्बर १ अन्तर्गत सरस्वती माध्यमिक विद्यालय बांगेसाल र क्षेत्र नं. २ अन्तर्गत जनता माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालय हुने भएका हुन्।

प्युठान नगरपालिका वडा नं. ८ मा पर्ने जनता माध्यमिक विद्यालय नमूना बनाउन भवन निर्माण गर्ने भएको छ। भवनको शुक्रवार नगर प्रमुख अर्जुनकुमार कक्षपतिले शिलान्यास गर्नुभएको हो। भवनको शिलान्यास गर्दै नगरप्रमुख कक्षपतिले विद्यालयको अथक मेहनतबाट विद्यालयलाई नमूना विद्यालय बनाउन लागिएको बताउनुभयो। उहाले भन्नुभयो– ‘विद्यालय व्यवस् थापन समिति, शिक्षा विभाग, मन्त्रालय र नगरपालिकाको मेहनतले विद्यालय नमूना बन्ने भएको हो।’

नगर कार्यपालिकाको स् वीकृतिपछि भवनको शिलान्यास गरिएको हो। भवनको निर्माण खरीद योजना अनुसार गरिने उहँ“ले बताउनुभयो। नगरपालिकाभित्र पर्ने यस विद्यालयलाई सदैव सहयोग गर्ने उहा“ले बताउनुभयो ।

वि.स. २०१४ सालमा स् थापना भएको जनता माध्यमिक विद्यालयमा आठ सय १४ जना छात्रा र सात सय आठ जना छात्र गरी एक हजार पा“च सय २२ जना विद्यार्थीले अध्ययन गर्दछन्। विद्यालयमा पुरुष भन्दा बढी नारी विद्यार्थीको संख्या बढी छ। विद्यालय व्यवस् थापन समितिका अध्यक्ष गेहराज शर्मा पण्डितले भन्नुभयो– ‘नारीको सम्मान होस् भन्ने उद्देश्यले नारी दिवस पारी भवन सिलान्यास गरिएको हो।’ नगरपालिकाले अनुमति दिएपछि भवन निमार्ण कार्य अगाडि बढाइएको उहाले बताउनुभयो।

 

भवन निर्माणका लागि एक करोड १९ लाख १० हजार एक सय ४० रुपैया विनियोजन गरिएको नगर प्रमुख कक्षपतिले बताउनुभयो। त्यस् तै शैक्षिक सुधारका लागि रु. ५० लाख पाच हजार आठ सय ६० रुपैया“ र सुशासन तथा व्यवस्थापनका लागि रु. २४ लाख ३४ हजार गरी एक करोड ९३ लाख ५० हजार रुपैया विनियोजन भएको छ। नमूना विद्यालय बनाउन नगरपालिकाबाट रु. एक करोड ५० लाख रुपैया र शिक्षा विकास समन्वय इकाई प्युठानबाट रु. ४३ लाख रुपैया विनियोजन भएको विद्यालय व्यवस् थापन समितिका अध्यक्ष पण्डितले बताउनुभयो। विद्यालयको भवन दुई तलामा आठ कोठा हुने उहाले बताउनुभयो। उहाले भन्नुभयो– ‘२०७६ असार मसान्तसम्म भवन निर्माण गरिसक्न नगरपालिकाले निर्देशन गरेको छ।’ जनता माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन ७६ करोडको डिपिआर भएको उहाले जानकारी दिनुभयो ।

नगरका १० विद्यालयलाई नमूना बनाइने

प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले नगरभित्रका १० विद्यालयलाई नमूना विद्यालय बनाउने बताउनुभएको छ। नगरभित्र पर्ने १० वटा वडामा भएका एक/एक विद्यालयलाई नमूना बनाउने उहा“ले बताउनुभयो। तीन वर्षे नगर शिक्षा योजना बनाएर विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर बढाउने कार्य नगरपालिकाले अगाडि बढाएको उहा“ले बताउनुभयो । समाजमा अझैपनि धेरै अनपढ मान्छे भएको नगर प्रमुख कक्षपतिले बताउनुभयो। शिक्षाको विकास भएन भने अरु सम्भव नभएकाले शिक्षामा नगरपालिकाले लगानी गरेको उहाको भनाइ छ। उहाले भन्नुभयो–‘समाजलाई विकसित बनाउन शिक्षा अनिवार्य छ।’ शिक्षा भएपछि समाज परिवर्तन गर्न समेत सहज हुने भएकाले नगरपालिकाले शिक्षामा जोड दिएको उहा“ले बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top