Free songs
Home / विचार / गुरुकुल एकाडेमी घोराहीको सबल संस्कार

गुरुकुल एकाडेमी घोराहीको सबल संस्कार

गोविन्द खड्का

ठूलो गेटभित्र पस् यो नै दुईजना सेक्युरिटीले निगरानी राख्छन्। आवश्यक कामबाहेक अन्यथा भित्र पस् ने अनुमति छैन। भरसक म पनि अरु बेला पस् दैनथें। चौथो वार्षिकोत्सवले अवसर दियो। विल बुझाउने र फर्किने गर्दै आएको मलाई यस पटक केही घण्टा बिताउने सौभाग्य मिल्यो।

थरीथरीका हल्लाले गुरुकुल एकाडेमी घोराहीले चर्चा बटुलेको छ। सकारात्मक वा नकारात्क दुबै कोणबाट व्याख्या र टिप्पणी हुने गरेका छन्। सारमा विद्यालयको चर्चा चल्नु उपलब्धि हो। यद्यपि विद्यालय परिवारले आलोचना गरेको विषयलाई नकरात्मक पक्ष मान्न सक्छ। आलोचकले मान्छेहरुमा कस् तो रहेछ त भन्ने उत्सुकता जगाउ“छ भन्ने बुझ्नुपर्छ।

बेलाबखत बच्चाहरुलाई बजारमा पठाएर विविध अतिरिक्त क्रियाकलाप गराउनाले पनि चर्चा चुलिन्छ। विभिन्न फेसनका बच्चाहरु दौड वा अन्य क्रियाकलाप गर्न मुख्य बजारमा छितरिएका हुन्छन्। त्यसरी केही गरेको देखियो भने ऊ गुरुकुलका विद्यार्थी भनिन्छ। भर्खर शोरुमबाट झिकेका जस् ता नया“ स् कूलवसले तिनीहरुलाई खेरबटुल गरिरहेको हुन्छ।

नया“ सफा स् कूल बस गुडेको देखियो नै गुरुकुलको भन्ने अनुमान लगाउनेहरुको संख्या पनि बढ्दो छ। बच्चालाई गुरुकुलमा पठाउन पाए हुन्थ्यो भनेर काउकुती लाग्ने मनहरु धेरै भएको अनुमान गर्न सकिन्छ। किनभने विद्यालयको बारेमा टिप्पणी गर्ने चासो राख्नु भनेको चाहना अभिव्यक्त गर्नु हो। त्यसलाई कुन तरिकाले बाहिर देखाउने मात्रै फरक हो।

सुविधासम्पन्न ठूला विद्यालय सबैलाई चाहिन्छ भन्ने माओवादीले सञ्चालन गरेको जनयुद्धका दुई थरी शिक्षाको नाराले पुष्टि गरिसकेको छ। जति बेला उनीहरु युद्धमा थिए, द्वैध शिक्षाको अन्त्य गर्ने नारा उराले। सरकारमा आए। आयस्रोत बढ्यो। बोली बिक्ने भयो। कोसेलीपात स् वरुप छोराछोरी सुविधासम्पन्न ठूला बोर्डिङले पढाइदिन थाले। बिरोधका स् वर सुके। कतिपय अवस् थामा चन्दा सहयोगमा कुरा नमिल्दा बाहेक विवाद गरिदैन। उहिले जस् तो बोर्डिङ स् कूलहरु सबै बन्द गर्नुपर्छ भन्ने कडा आवाज कहीं कतै सुनिदैन।

गतिला विद्यालयमा बच्चा पढाउने चाहना आमनागरिकबाट अभिव्यक्त हुनु अनौठो मान्नुपर्दैन। व्यवसायीको ध्यान गुरुकुलले खिचेको छ। त्यहा“ पठाउन सजिलो भने छैन। त्यहा“ पढाइरहेका अभिवावकले चर्को शुल्कको हाउगुजी देखाइरहेका छन्। उनीहरु विद्यालयको शुल्क भन्दा धेरै खर्च समय– समयमा चाहिने अन्य सामग्रीमा लाग्छ भन्छन्। क्रियाकलाप अनुसारका फेसनमा मात्रै ठूलो धनराशी खर्च हुन्छ भनिन्छ। यो गुनासो पुष्टि गर्न एउटा मात्रै उदाहरण काफी छ मन्टेश्वरीका विद्यार्थीलाई समेत ग्रेयजुसन गर्दा गाउन लगाउने व्यवस् था गरियो। विश्व विद्यालयको दीक्षान्त समारोहको वातावरण मन्टेश्वरीमा थियो। त्यो अभिभावककै खर्चले हो। त्यस् ता कैयौं क्रियाकलाप अभिभावककै लगानीमा हुन्छन्।

खर्च ठूलो कुरा होइन। बच्चाले घरको भन्दा फरक र जीवनमा उपयोगी हुने के कुरा सिकेर आयो भन्ने सबैथोक हो। त्यो दृश्य हेरिरहेका अभिभावकले धन्य भगवान मेरो सन्तान अझ राम्रो बनाइदिनु भनिरहेका थिए होला। अहिल्यै यति राम्रो भयो, विश्वविद्यालय हु“दा झन कति राम्रो होला ? तिनका मनमा सपना र तिर्सना उब्जियो होला। ती अभिभावकका दिमागमा आफ्नो सन्तानको सुन्दर भविष्यको चित्र तयार हुनपर्छ। त्यसैले त मञ्चमै पुगेर बच्चास“ग फोटो खिचाउनेहरुको उत्सुकता रोचक थियो। मेरो सन्तानलाई जसरी तसरी राम्रो विद्यालयमा पढाउ“छु भन्ने प्रतिबद्धतालाई अझ दह्रो बनायो।

कतै पनि खोट नहुने केही चिज छैन। सबै ठाउ“मा ध्यान पुग्दैन। शौचालय जा“दै गर्दा पुरुष शौचालय अगाडिको सिसा नपुछेको पाइयो। अलि दिनदेखि नै नपुछेको हो कि भनी शौचालय गएका शरद अधिकारी, यादव सैघालीलगायत हामीले अनुमान ग¥यौं। कार्यालय तथा कक्षा कोठाहरुको अवस् था हेर्न पाएनौं। हामी अतिथिको रुपमा चौथो वार्षिकोत्सवमा सहभागी थियौं। त्यसबाहेकका गतिविधिमा ध्यान दिनुपर्ने फुर्सद र कारण थिएन।

त्यहा“का बच्चाहरु धकेलाधकेल, ठेलमठेल, कुटाकुट गरेको देखिएन। सिष्ट र भद्रस“ग सहभागी हुन्थे। खासमा विद्यार्थीलाई छुट्टै बस् ने व्यवस् था थियो। सिंगै कक्षा नाच्न मञ्चमा आउ“थे। एकैचोटि मञ्चमा त्यति धेरै संख्यामा सामूहिक नाचेको सम्भवतः अरु विद्यालयमा भेटेको छैन। यस क्षेत्रका कुनै पनि विद्यालयहरु त्यतिका विद्यार्थीलाई अनुशासनमा राखेर एकैचोटि नचाउनै सकेका हु“दैनन्। व्यवस् िथत पाइनु सकारात्मक पक्ष हो।

त्यसरी मेलोमेसो लगाउने त्यहींका शिक्षक हुन्। कार्यक्रमको अवधिभर कोही पनि शिक्षक फुर्सदिला थिएनन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. अनन्तराज घिमिरेले सबै गतिविधि मिहिन तरिकाले ध्यान दिनुभएको थियो। उहा“को चासो त्यहा“को सवालमा थियो। अतिथिलाई स् वागतस् वरुप मुस् कान छोड्ने, खुशी व्यक्त गरेको संकेत गर्ने बाहेक सबै ध्यान शिकारीले झै मञ्चमा केन्द्रित थियो। मैले धेरै विद्यालय व्यवस् थापन समितिका अध्यक्षहरु दिनभरि कार्यक्रममा बस् दा यातना महसुस गरेको पाएको छु। अवसर हो भनी जिम्मेवारी थोरैले बहन गर्छन्। घुरेर हेर्ने इ. घिमिरेको नजरले गल्ती गर्ने छुट कसैलाई दिन्नथ्यो।

त्यसपछि प्रिन्सिपल टिकाजंग विक कुनै कुशल व्यवस् थापक जस् तो देखिनुहुन्थ्यो। उहा“ले विद्यार्थी र शिक्षकका चाल र तालतिरै ध्यान केन्द्रित गर्नुभयो। सायद कमजोरी गरे इशारा दिन मिल्ने गरी तयारी अबस् थामा अघिल्लो लहरमा बस् नुभयो। त्यसस“गै कोर्डिनेटरहरु पनि निकै व्यस् त थिए। अतिथिका रुपमा आएका अभिभावक तथा आफन्तस“ग बिया“लिने मौका कसैले पनि पाएको थिएन। आफ्नो डिउटीमा इमान्दारीपूर्वक खटेका थिए। शिक्षक शिक्षिका तथा कर्मचारी विद्यार्थीकै साथमा रहनुभयो। यस् तै शैलीमा प्रधानाध्यापकले पूरै ध्यान केन्द्रित गरेर अघि बढाएको मावि बालविकासको वार्षिकोत्सवमा राजेन्द्रकुमार श्रेष्ठलाई देखेको थिए।

त्यत्तिकै सजग र चनाखो गुरुकुलमा प्रिन्सिपल विकलाई भेटें। शिक्षक कर्मचारीका पहिरन जसका पनि भर्खरै निकालेका नया“ देखिन्थे। विद्यार्थीलाई डे«स लगाऊ भनेर डण्डा लगाउने शिक्षकले आफ्नो पोशाक नलाउने धेरै भेटिन्छन्। विद्यालयमा सबै परिवार त्यसरी सजग र व्यस् त भएपछि सफल नहुनै सवालै आउदैन।

त्यस दिनको सबै भन्दा आकर्षक कार्यक्रम नाटक थियो। नाटकको निर्देशक एकजना बालक हुनुहुन्थ्यो। कतै न अकमकाई सरर्र सरर्र आउने निर्देशन आफैमा अनौठो लाग्थ्यो। त्यति सानो उमेरमा उहा“ले बृहत् जनमास अघिल्तिर उभिएर निर्धक्कस“ग व्याख्या गर्नुभयो। कुनै पनि पात्रहरु अक्मकाएनन् । सबैले कण्ठ गरेका थिए होला ।

तर आफै मनबाट आएको जस तै लाग्थ्यो। घोकेको भन्न सकिन्नथ्यो। पात्रअनुसारको पहिरन मिलेको थियो। आमा, बच्चा, क्याम्पस प्रमुख हरेक भूमिकाका पात्रहरु वास् तविक व्यक्ति जस् तै लाग्थे। धेरै खर्च लाग्ने, धनीका सन्तान पढ्ने भनेर परिचित गुरुकुलमा गरिवको कथा देखाइयो । त्यो झन् महत्वको मानियो। यसले ठूलो अर्थ राख्थ्यो। गरिव कस् तो हुन्छ भन्नलाई जवाफ थियो। त्यो जवाफ दिन सक्नु र प्रमुख अतिथि नारायणप्रसाद शर्मासहित सबैजसोलाई रुवाउनु निकै ठूलो कला हो। वरिष्ठ पत्रकार, साहित्यकार, राजनीतिज्ञ, सामाजिक अभियन्ता जे–जे भने पनि अपुग हुने प्रमुख अतिथि शर्मा मञ्चमा उक्लिएर पनि भावना थाम्न सक्नुभएन। त्यो प्रभावकारी नाटक प्रदर्शन गर्ने बालबालिकाको खुबीको जति प्रशंसा गरे पनि कमै हुन्छ। यसअघि शुभप्रभात माविको मोटिभेसन कक्षमा प्रशिक्षक देशराज दाहालले पनि यस् तै कथा सुनाउनुभएको थियो। नाटकमै पहिलो पटक देखें। निकै भावुक बनायो। आ“सु पुछ्ने सहभागीहरुमा म पनि एक थिए।

बच्चा कुटेका नकारात्मक सन्देशहरु गुरुकुलबाट नआएका होइनन्। आफ्नो बच्चा कुट्यो भनेर केही अभिभावकले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। महंगो विद्यालय भन्नेहरु अधिक छन्। दुईथरी शिक्षा चाहिदैन भनेर गीत गाउने हामीजस् ताको त झन् बाहुल्यता छ। हामी विवाद होइन निकासतर्फ सोच्नुपर्छ। राज्यले आफ्नो लगानीमा यत्तिकै स् तरीय विद्यालय चलाउन सक्छ कि सक्दैन ? संघीयताले स् थानीय सरकारको का“धमा जिम्मेवारी पठाएको छ। त्यतिकै क्षमतावान विद्यार्थी तयार गर्न सरकार लाग्नुपर्छ। बर्षौं विद्यालय पढाएका, राज्यको मापदण्डअनुसार तलव खाने र सरकारी सेवा सुविधा तथा तालिम लिएका शिक्षकले जवाफ खोज्नुपर्छ। यस् तै राम्रा विद्यालय बनाउनुपर्छ । दशदेखि चार बजेसम्म शिक्षकलाई विद्यालयमा बसाल्न गेटमा ताल्चा लगाउनुपर्ने अल्छी शिक्षकबाट हु“दैन। भागबण्डा र कामचलाउ व्यवस् थापन समितिले पनि सक्दैन। कम्तिमा शिक्षक र व्यवस् थापन समितिका छोराछोरी पढ्न  सक्ने विद्यालय बनाउनुपर्छ।

पढ्न आउने विद्यार्थी संख्या चारसय भन्दा धेरै जस् तो लाग्ने अभिभावकको उपस् िथति अनुकरणीय छ। सबै विद्यालयमा यसरी अभिभावक उपस् िथत हु‘दैनन्।शनिवार परेकाले धेरै अभिभावकलाई सजिलो हुनुपर्छ। व्यापार व्यवसाय र जागिर नखानेहरुले आफ्ना सन्तान त्यहा“ पढाउ“दैनन् भने पनि फरक नपर्ला। त्यति मात्रैले होइन। मैले रकम खर्च गरेर पढाएको बच्चाले के गरेको रहेछ त ? हेरौं भनेर घरका दुई तीनजना उपस् िथत भएका थिए। वच्चाको भविष्यको चिन्ता र लगानीको मायाले अभिभावकलाई त्यहा“ लगेको थियो। सामुदायिक विद्यालयमा यसरी रहरले उपस् िथति नहुने कारण के हो खोज्न जरुरी छ। सामुदायिक विद्यालयका अभिभावक वच्चाको भविष्यप्रति चिन्तित नबनेकै हुन् ? आफ्नो पैसा लगानी नभएर चासो नदिएका हुन् वा मजदुरीले फुर्सद पाएनन् ? यसको जवाफ विद्यालयले दिन सक्नुपर्छ। हरेक शनिवारजसो चर्चमा जाने विश्वासीहरु अधिकांश मजदुर हुन्छन्। आफ्नो बच्चाका लागि वर्षमा एक दिन खर्चिन नसक्नुको कारण के हो ? स थानीय सरकारले यस् ता कार्यक्रमबाट सिक्नुपर्छ। कार्यक्रममा स् थानीय सरकारका प्रतिनिधि भने देख्न पाइएन। न बोलाइएको हो कि महत्व नपाएको थाहा भएन। गुरुकुल सम्भ्रान्त वर्गको हो भन्नेहरुले अछुतको व्यवहार गर्ने होइन। बरु पाठशाला सम्झिनुपर्छ। अझ नीति निर्माताहरुले यस् ता उदाहरणको उपयोग गर्नु अनिवार्य छ।

केही विद्यालयलाई गुरुकुल हाउगुजी बनेको छ। आसपासका सामुदायिक विद्यालयले कक्षा थपको सहमतिपत्र दिदैनन्। जानकारी पाए अनुसार यसपटक वालविकास विद्यालयले दियो। राणाहरुले विद्यालय खोल्न नदिएको जस् तै महसुस भयो। आफू भन्दा राम्रा विद्यालय खुल्नु हुन्न भन्ने सामन्ती मानसिकता पाइयोे। हाम्रा विद्यार्थी उता पढ्न जान्छन् र लाज हुन्छ भन्ने डर देखियो। यसरी प्रगतिलाई रोक्ने बाधकहरुले देश विनाश गर्छन्। प्रतिस् पर्धी बढ्नु विकास हो, शत्रु बढ्नु विनाश हो। यति पनि नजान्ने सामुदायिक विद्यालयका कथित अगुवाहरुले गुणस् तरीय शिक्षा दिने आश गर्नु बेकार जस् तै लाग्यो। कामना गर्छु, यस् ता गुरुकुल आठ दशवटा खुलुन्। पाच तले भवन बनाउने खर्च शिक्षामा लगानी होस्। प्रतिस् पर्धाले शुल्क घटोस र सर्वसाधारणका छोरा छोरीले पनि अवसर पाउन्। घाटा लागे व्यक्तिले व्यहोर्छ, राम्रा विद्यार्थी निस्के यो दशले उन्नति गर्छ। किन रिस गर्ने ? यतिबेला विद्यालयका शिक्षक मुकुन्द गिरीलाई सम्झिइरहेको छु । उहा“को क्षमताको कदर गर्न चाहन्छु। दिनभरी पानी नखाई, नरिसाई, थकानको महसुस नगरी, झर्को नमानी, झिजो नमानी निकै आकर्षकढंगले त्यो भब्य समारोहलाई एक्लै सहजीकरण गर्नुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top