Free songs
Home / विचार / अर्गानिक स्मार्ट कृषि क्षेत्र बनाऊ

अर्गानिक स्मार्ट कृषि क्षेत्र बनाऊ

डिल्लीबहादुर रावत

यो साल माघ फागुन महिनामा वर्षात राम्रै ग¥यो भने हिमपात पनि राम्रै भयो। हिउ“दमा वर्षात भयो भने भूमिगत पानीको सञ्चय बढेर जान्छ। जसले गर्दा इनारमा पानी सुक्ने सम्भावना कम भएर जान्छ। यस् तैगरी अत्यधिक हिमपातले पानीको भण्डार बढ्नु स् वाभाविकै हुन्छ। जसले गर्दा हिम नदी र महाभारतबाट आउने नदीहरुमा समेत अब पानी बढ्दै जान्छ। एउटा समस्या के रहन सक्छ भने हिम पहिरो जान सक्ने, हिमतालहरु बढ्ने भएकाले बाढीको समस्या वर्षातमा आउन सक्छ।

यसको निम्ति सरकार र जनता अहिलेदेखि नै सचेत हुन जरुरी छ। हिउदमा पानी पर्नु र अत्यधिक हिमपात हुनु राम्रो पक्ष हो। तर यसको व्यवस थापन राम्रोसग हुनुपर्छ। अहिले पानी र हिउ मात्रै परेन असिनासमेत परेको छ। यो समयमा परेको असिनाले फलफूललाई धेरै नोक्सान पु¥याउछ। त्यसकारण फलफूलको मूल्य बढेर जान्छ। यति मात्रै होइन, फागुनको महिनामा धेरै पानी पर्दा हिउदे बाली भने चौपट भएको छ। मुख्यतः चना र मसुरोलाई त नराम्रोसग प्रभावित बनायो। किसानहरुले ठूलै नोक्सान बेहोर्नुपरेको छ। यसतर्फ न केन्द्रीय सरकारले सोचेको छ न त प्रदेश सरकारले नै। यस् तैगरी न जनताले आवाज उठाउन सक्छन् न त स् थानीय सरकारले किसानलाई क्षतिपूर्ति दिनु पर्दछ भनेर सोच्ने गर्दछ। हाम्रो कृषि मनसुनमा भर पर्दछ भने उत्पादन प्रकृतिको निगाहामा भर पर्दछ। हाम्रो कृषि मनसुनमा आधारित त छ नै, उत्पादन प्रकृतिमा भर पर्दछ। त्यसैले त कृषि पेशा छोडेर खाडीको गर्मीमा पसिना चुहाउन जानेको लर्काे लागेको छ। आफ्नो घर परिवार छाडेर एकाध लाख खर्च गरेर मासिक रु. २५ हजार कमाउन जान नेपाली युवा विवश छन्। यसतर्फ सोचेको देखिदैन।

कृषिलाई औद्योगिकरुपमा विकास गर्नुपर्दछ। यसको निम्ति राज्यले किसानलाई मल, बिउको अनुदान र पूर्ण विमाको व्यवस्था मिलाउनुपर्दछ। उत्पादित वस् तु राज्यले किनिदिनुपर्दछ। अनि मात्र किसान पुनः कृषि पेशामा आबद्ध हुने थिए। बढ्दो अप्राकृतिक जलवायुले सबैभन्दा बढी मार कृषिमा परिरहेको छ। जसले गर्दा झन पछि झन किसानहरुले रासायनिक मल र किटनासक औषधिको प्रयोग बढाउ“दै लगिरहेको देखिन्छ। यसरी उत्पादित खाद्यान्न खानको लागि स् वस् थकर ह“ुदैन। यसरी उत्पादित खाद्यान्न, तरकारी, फलफूल सबै मन्द विषयुक्त हुन्छन्। यति मात्र कहॉ“ हो र यसरी रासायनिक मल र किटनासक औषधि बढाउ“दै लग्दा कृषि जमिन बञ्जडमा परिणत ह“ुदै गइरहेको छ। यसतर्फ तीनवटै सरकारको खासै चासो छैन। अहिले स् मार्ट कृषि गाउ“ घोषणा गरिरहेको छ। तर स् पष्ट नीति छैन।

राज्यले लगानी गरेपछि त्यहा“बाट उत्पादित खाद्यान्न, तरकारी, फलफूल, मन्द विषयुक्त भयो भने त्यसको जवाफदेही को बन्ने ? यसतर्फ राज्यका कुनै पनि अंग सचेत भएको देखिदैन। अब प्रत्येक स् थानीय सरकारले कम्तिमा विष मापन गर्ने यन्त्र राख्नुपर्दछ। प्रत्येक उत्पादित वस् तु जा“चेर मात्र बजारमा ल्याउने व्यवस् था मिलाउनुपर्दछ। अझ विदेशबाट आउने खाद्यान्न, फलफूल, तरकारीको कडाइका साथ जा“च गर्ने व्यवस् था भन्सारमै मिलाउनुपर्दछ। एकपटक काठमाडांैमा बिक्रीका लागि अनुपयुक्त भएको आलु दाङ ल्याएर बिक्री गरेको भन्ने सुन्नमा आएको थियो। हाम्रो सरकारको काम केवल भाषण गर्ने मात्र छ। व्यवहारमा पटक्कै उत्रेको देखिदैन। कम्तिमा स् थानीय सरकारले विष प्रयोग गरिएको तरकारी र विष प्रयोग नगरिएको तरकारी बिक्री गर्ने अलग–अलग ठाउ बनाइदिनुपर्दछ। होटल व्यवसायीहरुले विषमुक्त तरकारी मात्रै किन्ने कानुन बनाइदिनुपर्दछ र कडा अनुगमन गरेर जानु पर्दछ। जसले गर्दा किसानहरुलाई अर्गानिक खेतीतिर आकर्षित बनाउन सकिने थियो।

दिनप्रतिदिन जलवायुमा अनियमितता बढ्दैछ। यसको मारमा कृषि पर्दैछ। फागुन महिनामा पाकिस् तान र अफगानिसतानमा बाढी आएर व्यापक जनधनको क्षति भएको समाचार सुन्नुप¥यो। यति मात्रै होइन, असिनामा व्यापकता आइरहेको छ। नपर्ने ठाउ“मा हिउ“ परिरहेको छ। अत्याधिक चिसो बढेर सार्कका देशहरुमा बालीनाली नराम्रोस“ग प्रभावित भएको समाचार सुन्नुप¥यो। यस् तो अवस् थामा कृषकहरु कृषि पेशा छाडेर विदेशिनु बाहेक अर्को बाटो पनि छैन। कृषिको विकास बिना हाम्रो देश अगाडि बढ्ने सम्भावना पनि छैन। यस् तो अवस् थामा राज्य जिम्मेवार, जवाफदेही, किसान हितैषी, कृषिमैत्री बन्नु सक्नुपर्दछ। अनि मात्र कृषिलाई औद्योगीकीकरण गर्न सकिन्छ। हुन त हाम्रा नेताहरुले कृषिलाई आधुनिकीकरण गर्ने भाषण गर्दछन्। आधुनिकीकरण भनेकै उच्च टेक्नोलोजीसहित यान्त्रिकीकरण गर्नु हो। जबसम्म जीवन निर्वाह कृषिलाई औद्योगिकरुपमा विकास गराउन सकिदैन तबसम्म कृषिको आधुनिकीकरण भन्नु हावादारी गफ सिवाय अरु केही होइन। यसको निम्ति कृषि सम्बन्धी स् पस् ट नीति बन्नुपर्दछ। मैले २०६० सालदेखि निरन्तर लेख्दै आएको विषय के हो भने जमिनको वैज्ञानिक विभाजन गर्नुपर्दछ। जस् तै आवास क्षेत्र, शहरी क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, कृषि क्षेत्र, वागवानी क्षेत्र, वन क्षेत्र, नदीनाला तालतलैया क्षेत्र र सडक सञ्जाल छुट्याउनुपर्दछ। यसो गर्दा व्यवस् िथत आधुनिक बसोबास स् मार्ट शहर, गाउ“ बनाउन सकिन्छ। वनको दिगो संरक्षण हुन्छ। ताल तलैया, नदीनालाको दिगो संरक्षण हुन्छ। कृषिलाई औद्योगिकीकरण गर्न सकिन्छ भने उद्योगधन्दाहरु व्यवस् िथत बन्न जान्छन्। अनि मात्र देशले फड्को मार्न सक्छ। जमिनको अतिक्रमण बन्द हुन्छ। देशले अग्रगामी छलाङ मार्न सक्छ।

राज्यले दिगो विकासको अवधारणालाई कडाइका साथ अगाडि लग्नुपर्दछ। प्रकृतिमैत्री नीति बनाउनुपर्दछ । पर्यावरणका हर क्षेत्रमा गम्भीर बन्न सक्नु पर्दछ। राज्य सॉ“च्चै जनता र प्रकृतिको निम्ति बन्न सक्नुपर्दछ। मुठ्ठीभरको इसारामा राज्य संयन्त्र चल्दासम्म कुनै पनि विकासको कल्पना गर्न सकिदैन। म र मेरो भन्ने भावनाबाट सरकार र राज्य संयन्त्रमा बस् नेहरु टाढा हुन सक्नुपर्दछ। सुशासन र पारदर्शिताको आधारमा राज्य सञ्चालन हुनुपर्दछ। अहिले झण्डै दुई तिहाइको कम्युनिष्टको सरकार छ। मिसन र भिजन हुने हो भने गर्न नसक्ने कुरै छैन। जनता लामबद्ध भएर लाग्न तयार छन्। होइन भने प्रधानमन्त्री केपी ओलीले बारम्बार प्रयोग गर्ने शव्द खहरे खोला र भदौरे पानी सिवाय अरु केही हुने छैन वर्तमान सरकार। जति–जति पर्यावरणका विविध पक्षको विनाश हुदै जान्छ त्यति –त्यति मानव जातिले क्षति बेहोर्दै जानुपर्दछ। यति मात्रै होइन, गम्भीर संकटको सामना गर्दै जानुपर्दछ। वर्तमान अवस् थामा न त पर्यावरणका विविध पक्षको संरक्षण गर्नुपर्दछ भने चेतना आममान्छेमा पलाएको छ न त सरकार र राज्य संयन्त्र नै गम्भीर बन्न सकेको छ। भाषणले न देश बन्छ न त जनताको जीवनस् तर माथि उठ्छ। यति मात्र होइन, न जनता स् वस् थ भएर बाच्न पाउने अवस् था हुन्छ न त सुरक्षित भविष्यको ग्यारेन्टी नै हुन्छ। सम्पूर्ण नीतिको मूल नीति भनेकै राजनीति हो। राजनीति नै फोहोरी भएपछि अरु नीति सफा हुने कुरै भएन। जसले गर्दा राज्यका सबै अंग कमजोर हुन पुग्छन्। त्यसैले नीतिहरुकै मूल जरो बलियो हुन जरुरी छ। राजनीति पारदर्शी, जवाफदेही, जनपक्षीय, प्रकृतिवादी हुनुपर्दछ। अनि मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्छ। त्यसैले राज्यले अर्गानिक स् मार्ट कृषि क्षेत्र बनाएर जानुपर्दछ। होइन भने भन्नैपर्ने हुन्छ हाम्रो सरकार पर्यावरणप्रति संवेदनशील पटक्कै छैन। कृषिको दिगो विकासमा ध्यानै नदिएर जनतालाई मन्दविषयुक्त खाना खान विवश बनाइरहेको छ भनेर भन्नै पर्ने हुन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top