Free songs
Home / समाचार / संक्षिप्त समाचार / अधिकारका लागि निरन्तर निगरानी गर्न सुझाव

अधिकारका लागि निरन्तर निगरानी गर्न सुझाव

युगबोध समाचारदाता

घोराही। नागरिक अधिकारका लागि निरन्तर निगरानी गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन्। जनताकै हितमा काम गर्न आफूहरु लागि परेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधिहरुले वडा कार्यालयबाट दिइने सेवा प्रभावकारी भए नभएको निरन्तर निगरानी गर्ने र आवश्यक सल्लाह दिन सरोकारवालाहरुलाई आग्रह गरेका हुन।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स् थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रमअन्तर्गत आइतवार घोराही उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा भएको सेवाप्रदायक निकाय र सेवाग्राहीबीच स् थानीयतहस् तरीय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीले वडा कार्यालयले प्रवाह गर्ने सेवा जनतामाझ पुगेको नपुगेको, वास् तविक सेवाग्राही र लक्षित वर्गसम्म पुगे नपुगेको विषयमा खबरदारी गर्न मानवअधिकार निगरानी समूहलाई आग्रह गर्नुभएको थियो। उहाले जनताका पक्षमा काम गर्न जनप्रतिनिधि लागिपरेको भन्दै काम गर्दा हुने कमीकमजोरी औंल्याउन निगरानी समूहले भूमिका निर्वाह गर्नु‘पर्नेमा जोड दिनुभयो।

सो अवसरमा वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरीले निगरानी समूहको खबरदारीले वडा कार्यालयलाई सेवा प्रवाहमा मद्दत पुग्ने बताउनुभयो। आफू पनि यसअघि निगरानी समूहकै सदस् य भएर खबरदारीको काम गरेको स् मरण गर्दै उहा“ले नागरिक सेवा प्रभावकारी बनाउन निरन्तर खबरदारी गर्न र राम्रा कामको मूल्यांकन गर्न समेत आग्रह गर्नुभएको थियो। उहा“ले शिक्षा, स् वास् थ्य र खाद्यअधिकारका लागि कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो। मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले विद्यालयमा इन्टरनेट सुविधा, बालविवाहविरुद्ध सचेतना, वडा नं. ३ मा स् वास् थ्य क्लिनिक स् थापना गर्न वडा कार्यालय तथा उपमहानगरपालिकास“ग पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधि, मानवअधिकार निगरानी समूहका प्रतिनिधि, मावि गोग्ली र झिङ्नीका संरक्षक शिक्षकलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top