Free songs
Home / समाचार / संक्षिप्त समाचार / नवलपुर युवा क्लवमा पुनः पुन

नवलपुर युवा क्लवमा पुनः पुन

युगबोध समाचारदाता

घोराही। घोराही–१८ स् िथत नवलपुर युवा क्लवको अध्यक्षमा पुनः दीपक पुन निर्वाचित हुनुभएको छ। प्रथम साधारणसभा तथा अधिवेशनबाट उहा अध्यक्षमा निर्वाचित हुनुभएको हो।

पुनको अध्यक्षतामा १३ सदस् यीय कार्यसमिति चयन गरिएको छ। जसको उपाध्यक्षमा कुमानन्द शर्मा आचार्य, सचिव सन्देश पौडेल, सहसचिव किशोर पौडेल र कोषाध्यक्षमा जीवन घर्ती रहनुभएको छ।

त्यस् तै सदस् यहरुमा गोविन्द चौधरी, अनोज घर्ती, चित्रबहादुर चौधरी, अनुप पौडेल, पुष्पा घर्ती, पार्वता पोख्रेल, विक्रम चौधरी र सम्राट पुन रहनुभएको छ।
लोकतान्त्रिक विधिबाट उम्मेदवारी आव्हान गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। आवश्यक पदभन्दा बढी उम्मेदवारी परे पनि सहमतिका आधारमा केहीले उम्मेदवारी फिर्ता लिएपछि सहमतिबाट कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनुभयो।

अध्यक्ष पुनको अध्यक्षता र वडा सदस् य बुद्धिप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो। कार्यक्रममा अम्बापुर जग्गा एकीकरण उपभोक्ता समितिका उपाध्यक्ष विष्णु पुन, नवलपुर ‘ख’ टोल विकास संस् थाका अध्यक्ष कृष्ण आचार्य, सुनौलो बिहानी टोल विकास संस् थाका प्रतिनिधि सूर्यचन्द्र रानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कोषाध्यक्ष जीवन घर्ती मगरले आयब्यय प्रस् तुत गर्दै केही समयअघि भएको केशरसिंह श्रेष्ठ आमन्त्रण नलपुर कप फूटबलमा सात लाख ५९ हजार आम्दानी र पा“च लाख ६३ हजार खर्च भएको जानकारी दिनुभयो। सहसचिव कमल रावतले संस् थाले गरेका गतिविधि र आगामी योजना पेश गर्नुभएको थियो। उपाध्यक्ष कुमानन्द शर्मा आचार्यको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सन्देश पौडेलले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top