Free songs
Home / समाचार / संक्षिप्त समाचार / जिल्लास्तरीय क्रिकेटको उपाधि पद्मोदयलाई

जिल्लास्तरीय क्रिकेटको उपाधि पद्मोदयलाई

युगबोध समाचारदाता

घोराही । तपस्या ट्रेडर्स कप जिल्ला स् तरीय विद्यालय टि– ट्वाण्टी क्रिकेट प्रतियोगिताको उपाधि पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालय भरतपुर जितेको छ। शनिवार गुलरिया क्रिकेट मैदानमा भएको फाइनल खेलमा सिद्धार्थ एकेडेमी रतनपुरलाई २० रनले पराजित गर्दै पद्मोदयले उपाधि जितेको हो।

टस हारेर पहिले व्याटिङ गरेको पद्मोदयले निर्धारित २० ओभरको खेलमा १९ दशमलब पा“च ओभर खेल्दै एक सय १८ रन जोडेको थियो। जसमा पद्मोदयका युवराज सुवेदीले ३१, अभिषेख खनालले २७, शरद सुवेदीले १७ र आकर्षण पाण्डेले १६ रनको योगदान दिनुभएको थियो।

बलिङतर्फ सिद्धार्थका सुदीपकुमार ओलीले चार, सिजन शाही र समिर रावतले समान दुई÷दुई विकेट लिएका थिए। एक सय १९ रनको लक्ष्यसहित मैदानमा प्रवेश गरेको सिद्धार्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाउ“दै ९८ रनमा समेटिएको थियो। जसमा सुदीपकुमार ओलीले सर्वाधिक ४० रन जोड्नुभएको थियो। त्यस् तै शेषमणि चौधरीले २१ रन जोड्नु भयो।

बलिङतर्फ पद्मोदयका सुमन दशौदीले तीन, युवराज सुवेदीले दुई, जीवन आले मगर र शरद सुवेदीले एक÷एक विकेट लिए। पद्मोदयका युवराज सुवेदीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो।

यसैबीच शनिवार नै विजेता टीमलाई पुरस् कार र प्रमाणपत्र वितरण गरिएको छ। उपाधि विजेता पद्मोदयले नगद २५ हजार, ट्रफी र मेडल र उपविजेता सिद्धार्थ एकेडेमीले नगर १५ हजारसहित ट्रफी र मेडल हात पारेको छ। त्यस् तै प्लेयर अफ द सिरिज पद्मोदयका युवराज सुवेदी, बेष्ट बलरमा शान्ति निकेतनका सन्दीप पोख्रेल, इमर्जिङ प्लेयरमा शान्ति निकेतनकै सुप्रिम रोका, वेष्ट व्याट्सम्यानका रुपमा भ्यालिटपका पछाईलाई पुरस् कृत गरिएको थियो।

शान्ति निकेतन विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको अध्यक्षतामा भएको पुरस् कार वितरण कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलको पूर्वाधार विकासका लागि यस वर्ष पर्याप्त मात्रामा बजेट विनियोजन गरेको जानकारी दिनुभयो। प्रमुख चौधरीले यस वर्षदेखि उपमहानगरपालिकाभित्र दुईवटा खेल मैदान निर्माण शुरु हुने बताउनुभयो। घोराही उपमहानगरपालिका वडा नम्वर १७ गुलरियाको क्रिकेट मैदान र वडा नम्वर १६ करौंती डा“डामा बहुउद्देश्यीय रंगशाला निर्माण कार्य यसै वर्षदेखि शुरु हुने बताउनुभयो।

कार्यक्रममा प्रतियोगिताका मुख्य प्रायोजक तपस् या टे«डर्सका सञ्चालक खड्ग बुढाथोकीले जिल्लाको खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको लगानीलाई खेलाडीहरुले सदुपयोग गर्नुपर्ने बताउनुभयो। त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र खेलकूद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकाले अन्य क्षेत्रको विकासस“गै खेलको विकास पनि अपरिहार्य भएको बताउनुभयो। क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण शान्ति निकेतन विद्यालयका भाइस–प्रिन्सिपल टीका बस् नेतले गर्नुभएको थियो।

फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा शुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता थियो।
प्रतियोगिताको मुख्य प्रायोजकमा तपस् या ट्रेडर्स, सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडा नम्वर १५, ड्रिमल्याण्ड टे«डर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहनुभएको थियो। त्यसैगरी प्रतियोगिताको प्रथम पुरस् कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस् कार द लोटस टे«निङ सेन्टर घोराहीले प्रायोजन गरेका  थिए।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top