Free songs
Home / समाचार / संक्षिप्त समाचार / गढवामा अध्यक्ष गोल्डकप फूटबल प्रतियोगिता जारी

गढवामा अध्यक्ष गोल्डकप फूटबल प्रतियोगिता जारी

 

शिवराज पन्थी

गढवा । गढवामा झण्डै सवालाखको पुरस् कार हात पार्ने कोसिसमा खेलकूद प्रतियोगिता भइरहेको छ।

गढवा गाउ“पालिकाको आयोजनामा मंगलवार देखि सरस् वती माध्यमिक विद्यालय गोवरडिहाको खेलमैदानमा गाउपालिकास्तरीय दोस्रो अध्यक्ष गोल्डकप फूटबल प्रतियोगिता शुरु भएको हो। गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सांसद इन्द्रजीत चौधरीले गर्नुभएको थियो।

प्रतियोगिता उद्घाटन गर्दै सांसद चौधरीले खेलको माध्यमबाट युवावर्गमा छुट्टै उत्साह ल्याउन सकिने भन्दै खेल मानव स् वास् थ्यको समृद्धिस“ग जोडिएको बताउनुभयो। ‘नेपालको अर्थतन्त्र कमजोर भएकोले जनताको जीवनस् तर पनि कमजोर छ । जसले गर्दा खेलजगत ब्यवस् िथत हुन सकेको छैन । यसका लागि हामी संवेदनशील भएका छौं’– उहा“ले भन्नुभयो। उहा“ले एक अर्को प्रसंगमा असारमा बजेट सक्ने प्रचलन र संस् कारलाई सुधार गर्दै समयमै बजेटको कार्यान्वयन गर्न र विकास योजनाहरु निर्माण गर्दा सा“घुरो घेराबाट नभएर, फराकिलो घेराबाट बनाउनुपर्नेमा स् थानीय तहहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले खेल क्षेत्रले मानव स् वास् थ्यको समृद्धि गर्नुको साथै मित्रता, सद्भाव र एकता कायम गर्ने बताउनुभयो। सहिद सप्ताहको सन्दर्भ पारेर शुरु गरिएको प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउन खेलाडी तथा रेफ्रीहरुलाई अध्यक्ष यादवले अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमनारायण पोखे्रल (विश्वाँस), नेपाली कांगे्रसका श्रीपद चौधरी, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, संघीय समाजवादी फोरमका प्रतिनिधि मोतीसरा बिक, समाजसेवी तथा युवा नेता वीरेन्द्र चौधरी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, चेतनशील महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, गाउ“पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधिहरुलगायतले बोल्नुभएको थियो।

खेलकूद फागुन २१ गतेदेखि शुरु भई फागुन २७ गतेसम्म सञ्चालन हुने गाउ“पालिकाले जनाएको छ। खेलमा सबै वडाका खेलाडीहरुको उत्साहजनक उपस् िथति रहेको छ। गाउ“पालिकाले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा कुल छ लाखको बजेट रहेको छ। प्रथम हुने टिमलाई ६० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुने टिमलाई २५ हजार राशीको पुरस् कार तथा शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकूदका ब्यवस् थापक श्याम विश्वकर्माले जानकारी दिनुभयो।
यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई पा“च–पा“च हजार नगद पुरस् कार प्रदान गरिनेछ। खेलको अन्तिम दिन फागुन २७ गते विविध भेषभूषा र संस् कृति झल्किने प्रतियोगितात्मक सांस् कृतिक झा“कीहरु समेत प्रस् तुत गरिने गाउ“पालिकाले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top