Free songs
Home / समाचार / संक्षिप्त समाचार / आठौं राष्ट्रिय खेलकूदका सात खेल दाङमा

आठौं राष्ट्रिय खेलकूदका सात खेल दाङमा

घोराही  (युस)– आगामी चैत २३ गतेदेखि शुरु हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका सातवटा प्रतियोगिता दाङमा हुने भएका छन्।

छनोट चरणमा प्रतिस् पर्धा गरिरहेका विभिन्न खेलहरुमध्ये सातवटा खेलका प्रतियोगिता दाङमा हुने भएको हो। प्रदेशस् तरीय खेलाडी छनोटका लागि विभिन्न बिधामा खेलहरु दाङका घोराही र तुलसीपुरमा भइरहेका छन्।

जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगरका अनुसार घोराहीमा व्याडमिन्टन र बास् केटबल प्रतियोगिता हुने भएको छ। त्यसैगरी, तुलसीपुरमा कराते, टेवुलटेनिस, बेलझुण्डीमा महिला फूटवल, एथलेटिक्स र लमहीमा महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेल हुने कोषाध्यक्ष रोकाले जानकारी दिनुभयो। राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्न लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता चैत २३ गतेदेखि शुरु भई २९ गतेसम्म सञ्चालन हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top