Free songs
Home / समाचार / संक्षिप्त समाचार / बस दुर्घटनामा पाँच घाइतेको उपचार हुँदै

बस दुर्घटनामा पाँच घाइतेको उपचार हुँदै

बुद्धि पुन

सल्यान । सल्यानमा बस दुर्घटना हुदा घाइते भएका १८ जना उपचारपश्चात घर फर्किएका छन् । बुधवार बिहान शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै दुर्घटना हुदा २३ जना घाइते भएका थिए । घाइते पाचजनाको भने उपचार भइरहेको छ ।

बागचौर नगरपालिका–७ की २८ वर्षीया प्रतिमा बुढाथोकी, वडा नम्बर १ का ३१ वर्षीय हेमराज बुढा मगर र शारदा नगरपालिका–१२ का ५० वर्षीय राजकुमार बिकको नेपालगञ्जमा उपचार भइरहेको छ । सल्यानमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

यस् तै घाइते दुईजनाको श्रीनगरमा उपचार भइरहेको छ । बागचौर नगरपालिका–७ की ३० वर्षीया रीता शर्मा र वडा नम्बर ८ का ३२ वर्षीय केशर बिकको कान्तिपुर सामुदायिक हस् िपटल श्रीनगरमा उपचार भइरहेको छ । काठमाडौंबाट रुकुमका लागि छुटेको सिस्ने हिमाल यातायात प्रालिको ना ४ ख ५३६३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनाका १८ घाइतेहरु भने उपचारपश्चात घर फर्किएका छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top