Free songs
Home / समाचार / संक्षिप्त समाचार / बढारेर जनएकता सहकारीको स्थापना दिवस

बढारेर जनएकता सहकारीको स्थापना दिवस

युगबोध समाचारदाता

घोराही  । जनएकता बचत तथा ऋण सहकारी संस् था घोराही–१४ ले बुधवार घोराहीमा सडक बढारेर नवौं स्थापना दिवस मनाएको छ । भव्य हलमा बसेर नक्कली भाषण गर्नुभन्दा व्यवहारमै काम देखाउन फोहोर उठाएको सहकारी संस् थाका अध्यक्ष रेगबहादुर खत्रीले जानकारी दिनुभयो ।

नेपाली सेनाको व्यारेक ढोडेनीचोकबाट शुरु भएको सरसफाइ अभियान सहिद मार्ग हु“दै घोराही १३ मा पुगेको थियो । घोराही उपमहानगरपालिकाका वातावरण तथा विपत व्यवस् थापन समितिका संयोजक एवं घोराही–१४ का अध्यक्ष शक्तिराम डा“गी, घोराही–१३ का अध्यक्ष रविलाल घर्ती, सदस् य केशव गिरीलगायत सहकारी संस् थाका पदाधिकारी, कर्मचारी, स् थानीयवासीसहित झण्डै एक सयजनाको सहभागितामा दुई घण्टा बढी समय सरसफाइ गरिएको थियो ।

सबै किसिमका फोहोर उखेरेर सडक क्षेत्र सफा पारेको सरसफाइ अभियानमा सहभागी प्रेम बुढाले जानकारी दिनुभयो । उहा“का अनुसार बाटोका किनारा एवं नालाहरुमा प्रयोग भएका प्याडलगायत संक्रमित फोहोरहरु थिए । सिसा तथा अन्य घातक तिखा धारिला फोहोरहरु पनि उठाइएको थियो । जंक फुड चाउचाउ, विष्कुट, कुर्मुरे, सुर्तीजन्य पदार्थ, सवारी साधनका बिग्रिएका पार्टपूर्जालगायत अनेक थरी फोहोरहरु थुप्रिएको थियो । संकलित फोहोर घोराही उपमहानगरपालिकाको सरसफाइ गाडीले उठाएको थियो । कर्मचारी पनि सरसफाइमा खटिएका थिए । सहभागीहरुले निकै मेहनत र इमानदारिताका साथ फोहोर संकलन र उठाउने काम गरेका थिए ।

संस् थाले स् थापना दिवसको अवसर पारी निःशुल्क खाता खोल्ने सुविधा दिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पेन्सन बचत भनेर नया खाता खोल्ने कार्यक्रम ल्याएको छ । मासिक बचत गर्नेले ११ वर्षपछि बचतको दोब्बर दिने व्यवस् था गरेको छ । एक हजार जम्मा गर्नेले मासिक दुईहजार पेन्सन पाउनेछ ।

एवंरीतले अहिले जम्मा गरेको रकमको दोब्बर मासिक पेन्सन पाउने गरी कार्यक्रम ल्याएको खत्रीले जानकारी दिनुभयो । यसैगरी ज्येष्ठ नागरिक बचत, बाल बचतलगायका खाता खोल्दा पनि निःशुल्क बनाइएको छ । मुद्दति खाता खोल्नेलाई साविकमा एक प्रतिशत थप गरेर व्याज दिने कार्यक्रम ल्याएको छ । यो कार्यक्रम स् थापना दिवसका दिन मात्रै लागु हुने संस्थाले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top