Free songs
Home / सम्पादकीय / असुरक्षित नेपाली आकाश

असुरक्षित नेपाली आकाश

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्रीसहित सातजनाको दुःखद निधन भएको छ । उनीसँगै पर्यटन ब्यवसायी र राष्ट्रसेवक कर्मचारीहरुको निधन भएको छ । दुर्घटनामा जोसुकैको ज्यान जानु पनि राष्ट्रका लागि क्षति हो, अझ महत्वपूर्ण सम्भावना बोकेका युवा राजनीतिज्ञ अधिकारीको निधनले मुलुकलाई ठूलो क्षति पुगेको छ । त्यस् तै पर्यटनमन्त्री, पर्यटन ब्यवसायी र पर्यटन प्रबद्र्धनको नीति निर्माण तहमा रहेका अधिकारीहरुको निधनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । तेह्र बर्षअघि पनि ताप्लेजुङकै घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राइ, योजनाविद् हर्क गुरुङसहित २४ जनाको ज्यान गएको थियो । केही दिनअघि मात्रै दाङमा सडक दुर्घटनामा एक प्रदेशसभा सदस् यको ज्यान गयो । पटकपटक हुने दुर्घटनाका कारण मुलुकको ठूलो जनधनको क्षति भइरहेको छ ।

नेपालको स् थल मार्ग त राम्रो छैन नै, हवाइ मार्ग पनि असुरक्षित देखिने गरेको छ । नेपालमा पटक–पटक विमान दुर्घटना हुने गरेका छन् । विमानभन्दा अझ सुरक्षित मानिने हेलिकोप्टर पनि दुर्घटना भइरहेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस् या दोहोरिने गरेको पाइएको छ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा सन् १९५५ मा भएको पाइन्छ । त्यसपछि लगातार भएका दुर्घटनाबाट ठूलो संख्याले ज्यान गुमाइसकेका छन् । नेपालमा स् थलभन्दा हवाई दुर्घटनालाई गम्भीररुपमा नै लिने गरिन्छ । हवाई दुर्घटनापछि तत्काल छानबिन समिति बनाइन्छ र समितिले प्रतिवेदन पनि दिन्छ तर प्रतिवेदन कार्यान्वयन भएको पाइ“दैन । त्यसो त अधिकांश दुर्घटनाका यथार्थ कारण पत्ता पनि लाग्दैनन् र अनुमानका आधारमा प्रतिवेदन दिने गरिन्छ । विभिन्न विश्लेषणहरुका आधारमा जुन तथ्य पत्ता लगाइन्छ, त्यसका आधारमा दिइने प्रतिवेदन पनि कार्यान्वयन हुन नसक्दा दुर्घटना रोक्नेतर्फ प्रभावकारी कदम चाल्न नसकिएको यथार्थ हो ।

यस पटकको तारेभीर दुर्घटनापछि पनि सरकारले उच्चस् तरको छानबिन समिति बनाइसकेको छ । यसले पनि प्रतिवेदन देला नै । अहिले नै विज्ञहरुबाट के अनुमान सार्वजनिक भइसकेको छ भने प्रतिकूल मौसममा गरिएको दबाबपूर्ण र जोखिमपूर्ण उडान दुर्घटनाको कारण हो । केही समयअघि पाइलटले ठूलो मात्रामा हिउँ परेकाले आफूले उडान भर्न नसक्ने जानकारी नजिकको टावरलाई गराएको अधिकारीहरुको भनाइ छ । प्रतिकूल अवस् था रहँदारहँदै पनि मन्त्री र हेलिकोप्टर धनीलाई चाँडो गन्तव्यमा पु¥याउने दबाब चालकमा देखिन्छ नै तर दुर्घटनाको कारण यति मात्र पनि नहुनसक्छ । दुर्घटनाको कारण जेसुकै भए पनि मानवीय त्रुटि नै प्रमुख कारण हुन्छ । प्रतिकूल मौसममा यात्रा गर्नुहुँदैन भन्ने सर्वमान्य कुरा हो तर हामी यात्रा गर्दा आफ्नो जीवन बिर्सन्छौं र जतिसक्दो चाँडो गन्तव्यमा जान हतारिन्छौं । आगामी यात्रा सुरक्षित छ भन्ने ढुक्क नभएर यात्रा गर्नु राम्रो मानिदैन तर पनि हामीले त्यही गरिरहेका हुन्छौं । यसकै कारण वर्षेनि दुर्घटना भइरहेका हुन्छन् ।

अब घटना भइसकेपछि यसो गरेको भए नहुन सक्थ्यो भन्नु आत्मरति मात्र हो । दुर्घटना भइसकेको छ र मुलुकले क्षति ब्यहोरिसकेको छ, आजको सत्य यही हो । अब आगामी दिनमा नेपाली आकाशलाई थप सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने पाठ सिक्नु नै यो घटनाप्रति चिन्ता जाहेर गर्नुको अर्थ रहनेछ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस् तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ किन ध्यान जान सक्दैन ? अब केही समयका लागि बहस गर्नुपर्ने प्रश्न यही नै हो । विगतका दुर्घटनाको विश्लेषण गरेर आगामी यात्रा सुरक्षित गराउन सरकारले प्रभावकारी योजना बनाउनुपर्छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले प्रभावकारी अध्ययन विश्लेषण शाखा नै स् थापना गरेर काम गर्नु जरुरी छ ता कि विगतका घटनाको गहिरो अध्ययन गरेर विश्लेषण गर्दै आगामी दिन दुर्घटना हुन नदिन चालक र सम्बद्ध सबैलाई सावधान गराउन सकोस् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top