Free songs
Home / सम्पादकीय / सुझावको सम्मान गरियोस्

सुझावको सम्मान गरियोस्

प्रदेश नम्बर ५ को प्रदेशसभाले प्रदेशको नामांकन र राजधानीका लागि प्रदेशवासीसँग राय सुझाव संकलन शुरु गरेको छ। प्रदेशका बाह्रवटै जिल्लामा पुगेर गरिने राय सुझाव संकलन फागुन १८ गते सम्पन्न हुनेछ। यसका लागि प्रदेशसभाले विशेष संसदीय समिति नै बनाएको छ। समितिले छवटा टोली बनाएर विभिन्न जिल्लाको सुझाव संकलन गरिरहेको छ। सुझाव संकलन सहज बनाउन लिखित र मौखिक सुझाव लिने व्यवस् था गरिएको छ भने ११ वटा प्रश्नावली पनि तयार पारिएको छ। कार्यक्रमको स् वरुप र प्रश्नावली हेर्दा प्रदेशको नाम र राजधानी सबैका लागि पायक पर्ने ठाउँमा कसरी बनाउने भन्ने विषयसँग केन्द्रित देखिन्छ। अहिलेसम्म सुझाव संकलन भएका जिल्लामध्ये एकाधले आफ्नो जिल्ला हुनुपर्ने जिद्दी गरे पनि अधिकांशले सबै प्रदेशवासीका लागि पायकपर्ने ठाउँमा नै हुनुपर्छ भन्ने सुझाव दिएको देखिन्छ। अधिकांश जिल्लामा सुझाव संकलन भएको र त्यसमा पनि अधिकांशले पायकपर्ने ठाउँमा राजधानी तोक्नुपर्ने सुझाव दिएका छन्। यसको अर्थ अब विशेष समिति कुनै दबाबमा परेन भने उसले पायकपर्ने ठाउँमा प्रदेश राजधानी बनाउने सुझावसहितको प्रतिवेदन पेश गर्ने पनि निश्चितजस् तै देखिन्छ।

प्रदेश नम्बर–५ मा नाम र राजधानी तोक्न ढिला भएको पक्का हो। यसअघि प्रदेश छ ले नाम कर्णाली र राजधानी सुर्खेत, प्रदेश–४ ले नाम गण्डकी र राजधानी पोखरा तथा प्रदेश नम्बर–७ ले नाम सुदूरपश्चिम र राजधानी कैलाली तोकिसकेको छ। यद्यपि सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्र्वायनमा केही समस् या देखिएको छ नै।

यो हिसाबले प्रदेश–५ मा अन्य तीन प्रदेशजस् तै नाम र राजधानी तोक्न ढिला भएको पक्का हो । तर अन्य तीन प्रदेशभन्दा यसले केही वैज्ञानिक विधि अपनाएको छ, यो सकारात्मक छ। अब समितिले निष्पक्ष प्रतिवेदन दिने र त्यसलाई कार्यान्वयन गर्ने आधार सुनिश्चित गर्नुपर्छ। यहाँ नामभन्दा पनि बढी राजधानीमा विवाद देखिन्छ। तत्कालीन देउवा सरकारले बुटवलमा अस् थायी मुकाम तोकेपछि यो विवाद झनै चर्किएको छ। अहिलेको अवस् था हेर्दा मुख्य गरी बुटवल आसपासका बासिन्दा स् थायी मुकाम नै स् थायी राजधानी बनोस् भन्ने चाहन्छन् भने दाङ, बाँके, बर्दिया, रोल्पा र रुकुमपूर्वले दाङ नै उपयुक्त हुने सुझाव दिइसकेका छन्। बाँकीले पायक पर्ने ठाउँमा राजधानी बनाउन उपयुक्त हुने तर्क दिंदै सकेसम्म आफ्नो जिल्लाको भूभागसँग नजिक राजधानी भइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेका छन्।
यो नितान्त स् वाभाविक चाहना हो। शुरुदेखि नै बहस गलतढंगले अघि बढाइयो।

प्रदेशका लागि राजधानी कुन ठाउँमा उपयुक्त हुन्छ भन्ने भन्दा पनि कुन जिल्लाका लागि कहाँ राजधानी उपयुक्त हुन्छ भन्नेखालको बहस गरियो, जो गलत थियो। जिल्लाहरुको चासो हुने नै भयो तर प्रदेश राजधानी जिल्लाका लागि होइन, प्रदेशका लागि हो। जुन ठाउँमा अधिकांश प्रदेशवासीको पायक पर्छ, जुन ठाउँमा राजधानी बनाउँदा कम्तिमा एक सय वर्ष टिक्छ, जुन ठाउँमा राजधानी बनाउँदा सामरिक हिसाबले सुरक्षित हुन्छ, जुन ठाउँ वातावरणीय हिसाबले सन्तुलित छ, त्यही ठाउँमा राजधानी बनाउने हो। यसो गर्दा भूगोल कुन जिल्लामा पर्छ भन्ने चिन्ता गर्नुहुँदैन, मात्र प्रदेशको प्रशासनिक सुगमता हुन्छ कि हुँदैन भन्नेमा ध्यान दिनुपर्छ। यसका लागि वि षयविज्ञबाट थप अध्ययन गर्नुपर्छ भने पनि गरिनुपर्छ । तर राजधानी प्रदेशको मध्यभागमै हुनुपर्छ। अहिले सुझाव संकलनका क्रममा अधिकांश प्रदेशवासीले दिएको सुझाव पनि यही हो। यो सुझावको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मात्रै अबको सवाल हो र प्रदेशसभाले जनमतको सम्मान गर्ने विधि विकास गर्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top