Free songs
Home / फिचर समाचार / ‘राजधानी दाङ, नाम लुम्बिनी’

‘राजधानी दाङ, नाम लुम्बिनी’

तुलसीपुर (युस)– प्रदेशको राजधानी दाङ र नामाकरण लुम्बिनी हुनुपर्नेमा तुलसीपुरवासीले जोड दिएका छन्। प्रदेश नं. पाचको स्थायी राजधानी र नामाकरणसम्बन्धी सुझाव संकलन विशेष समितिसमक्ष उनीहरुले भौगोलिक, वातावरणीय र सुरक्षाको दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेकोे बताएका थिए ।

संवाद समूह ५ नं. क्षेत्रीय सचिवालयले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीले आफ्ना सुझावहरु विगतमा जस् तै रद्दीको टोकरीमा नफयाकेर प्रदेशसभा बैठकमा जस् ताको तस् तै लैजानुपर्ने माग गर्दै उनीहरुले सुझाव संकलन कार्यलाई पश्चिम दाङको हापुरे, पूर्वी दाङको देउखुरी क्षेत्रमा समेत लैजादा सबैको अपनत्व हुने बताए।

कार्यक्रमामा प्रदेश नं. पाचको स्थायी राजधानी र नामाकरणसम्बन्धी सुझाव संकलन विशेष समिति सदस् य निर्मला क्षेत्रीले अहिले हतार गरेर भविष्यमा पछुताउने गरी निर्णय नगर्ने बताउनुभयो। १२ वटा जिल्लाका सांसदको प्रतिनिधित्व हुनेगरी बनेको विशेष समितिले बडो सुझबुझ र जिम्मेवारीबोधका साथ निर्णयमा पुग्ने बताउनुभयो।

जनताका सुझावमा हस्तक्षेप र केरमेट गर्ने अधिकार नभएको भन्दै समितिका अर्का सदस् य कल्पना पाण्डेले सबै जिल्लाको सुझाव संकलन गरेर प्रतिवेदन तयार पारी पेश गरिने बताउनुभयो । ‘तपाइ“का सुझावलाई टिपोट, रेकर्ड र फाराममा समेत भरेर लैजान्छौं’– सदस् य पाण्डेले भन्नुभयो– ‘तपाइकै अगाडि लाहाछाप पनि लगाउ“छांै र लैजान्छांै यसमा कुनै द्विविधा मान्नुपर्दैन।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसीपुर उद्योग वाणिज्य संघका वीरबहादुर रावत, गरिबी निवारण कोषका पूर्वकार्यकारी निर्देशक नहकुल केसी, अधिवक्ता विष्णुमणि धिताल, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल, आदिवासीको तर्फबाट चूर्ण चौधरी, ज्येष्ठ नागरिकबाट खुमानन्द अधिकारी, अपाङ्गताबाट देवा डॉगी, हुमकान्त क“डेल, पत्रकारको तर्फबाट संगीत बस् याल, मजदुरबाट टोपबहादुर महतारा, शिक्षकबाट भागवत पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए।

संवाद समूह ५ नं. प्रदेशको सचिवालय तुलसीपुरका सदस् य रामजी चौधरीको अध्ययक्षतामा भएको कार्यक्रमको सहजीकरण सहजकर्ता सुशील बस् नेतले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top