Free songs
Home / अन्तर्वार्ता / मदिरा निषेधको निर्णयबाट पछि हटिदैन

मदिरा निषेधको निर्णयबाट पछि हटिदैन

‘जनस्वास्थ्य र शान्ति सुरक्षाको विषय केही करोड करसँग
साट्ने विषय होइन’

 

 राजकुमार शर्मा
जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख

स्थानीय विकास र जनताको हितको काम गर्न स् थानीय सरकारहरु स्वायत्त छन्। सिंहदरवार गाउ ल्याइएको भन्दै स् थानीय सरकारहरुले विभिन्न सकारात्मक कार्यको थालनीसमेत गर्न थालेका छन्। जिल्ला समन्वय समिति रुकुम पश्चिमको अगुवाइमा अहिले रुकुम पश्चिमका सबै पालिकाहरुले जिल्लालाई नै मदिरा निषेधित क्षेत्र बनाएका छन्। फागुन १५ गतेसम्म स्टक मदिरा व्यवस्थापनको अल्टिमेटम दिइएको छ भने १६ गतेदेखि पूर्णरुपमा मदिरा बिक्रीवितरण तथा सेवन गर्न पाइनेछैन। मदिरा निषेधित अभियान र रुकुम पश्चिमको विकासका सन्दर्भमा युगबोधकर्मी जे.एन.सागरले जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मासग गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ। –सम्पादक

 

मदिरा नै निषेध गर्नुपर्ने किन?

अपराधजन्य गतिविधिको विश्लेषण गरेर हेर्ने काम हामीले ग¥यौं। हाम्रो समाजमा जे जति समस् याहरु आइरहेका छन्। अपराध र विभिन्न घटना विश्लेषण गर्दा यहा के देखियो भने आफ्नै सन्तानहरुलाई विभत्सढंगले मार्ने, भिनाले सालालाई छुरी हान्ने, श्रीमान बजार गएर साझ घर फर्किदा घरमा श्रीमती र छोराछोरीहरु डरले त्राही त्राही भएर बस् नुपर्ने । सन्तानहरुको पठनपाठन गर्ने, गराउने आर्थिक अवस्था छैन तर अभिभावकहरुले जाड रक्सी खाएर पैसा सक्ने बेथिति बढ्दै गएको पाइएको छ। हाम्रो रुकुममा यो खालको समस् या बढिरहेको तथ्यहरुले देखाएका छन्। स्वास्थ्यको हिसावले पनि रक्सीले हानी नै पु¥याउछ। रक्सी पनि विभिन्न गुणस् तरको हुदोरहेछ। गुणस्तरको कुरा गर्दा यहा एसिड मात्रै हालेर पोका, लिची, ओरेञ्ज, सोफीलगायतका थुप्रै गुणस्तरहीन रक्सीहरु छ्याप छ्याप्ती बजारमा पाइन्छन्। यस्ता रक्सीले हाम्रो स् वास् थ्य तहसनहस नै बनाएको छ। समाजमा शान्ति सुरक्षा पनि तहसनहस नै पा¥यो। हामीले स् वास् थ्यलाई पनि बुझ्यौं, जिल्ला प्रहरी कार्यालयको प्रतिवेदन पनि विश्लेषण ग¥यौं। यी सबैको तथ्य हेर्दा के देखिन्छ भने जिल्लामा हुने कुल घटनाहरुमा ८० प्रतिशतभन्दा माथिको संख्यामा रक्सीकै कारणले भएको पाइयो। त्यसपछि हामी सर्वदलीय बैठक पनि बस् यौं। हामी आमजनताको  बीचमा पनि पुग्यौं। आमजनताबाट के आयो भन्दाखेरी रक्सी बन्द गर्नुप¥यो, यसले हामीलाई हैरान बनायो। बसिखान दिने भएन। समाजमा विसंगति, विकृति पैदा भए । त्यसैले रक्सी बन्द गर्नु प¥यो भनेर जनगुनासो व्यापक आयो।

त्यसकारणले गर्दा कुन उमेरका मान्छेहरुले खाने, कस्तो गुणस्तरको बिक्री गर्ने, कतिखेर बेच्ने, कुन ठाउ“बाट बेच्ने भन्ने कुराको कुनै मापदण्ड भएन। कस् तो देखियो भने कुनै चिया पसलमा गए पनि रक्सी छ । नास्ता पसलमा गए पनि रक्सी छ। हेरिएको त छैन तर खोज्ने हो भने औषधि पसलमा पनि रक्सी भेटिन्छ कि भन्ने डर छ। यस्तो अवस्था देखिएपछि खासगरी रक्सीको व्यवस्थापनका लागि अर्को नीति नियम नबनुञ्जेलसम्म रक्सी बन्द गरेका छौं। नियन्त्रणमा लिएका छौं।

प्रतिबन्धित गर्ने काम गरेका छौं। यसको उचित व्यवस् थापन गर्नका लागि हामीले बैठक बसेर गत माघ ६ गतेदेखि भित्रिन नदिने र फागुनको १५ गतेभित्र जिल्लामा रहेको स् टक रक्सीको व्यवस् थापन गरिसक्नुपर्ने, त्यसपछि अर्को नीति नियम नबन्दासम्म मदिराको बिक्री वितरण बन्द गर्ने निर्णय गरेका छौं र सोही अनुसार व्यवसायीहरुलाई अनुरोध गरेका छौं।

निषेध सम्भव छ?

मदिरा निषेध गर्ने अभियान जनप्रतिनिधिहरुको मात्रै भएको भए र हामीले लादेको कुरा भए सम्भव हुन्छ कि हुदैन भन्ने कुरामा कन्फ्यूजन हुने थियो होला। यो मनोगत हिसावले गरिएको कुरा होइन। यो आमजनताको मागमा, राजनीतिक दलहरुको सहमतिमा, जिल्लाका छवटै पालिकाको उपस् िथतिमा र जनताको ठूलो समर्थनमा हामीले यो अभियान थालेकोले सफल नहुने कुनै कारण नै देख्दैन म।

व्यवसाय नै गर्न नपाउनु कानुनसम्मत होला र?

हो। जनताका पक्षमा काम गर्दा समस् या हुन्छन्। समस् या नभएर यो काम थालिएको होइन। हामीलाई अदालतको म्याद आइसकेको छ। व्यवसायीहरु अदालत पुग्नुभएको छ। म्याद तामेल भइसकेको अवस् था पनि छ। तर मेरो भनाइ के हो त भन्दा कानुनका लागि जनता होइन, जनताका लागि कानुन बनाइएको हो। कानुनका लागि जनता कहिल्यै हुन सक्दैन। जनताका लागि पो व्यवस् था हो त । व्यवस् थाका लागि जनता हुनै सक्दैन। पहिलो कुरा त्यो व्यवस् था जनताका लागि हुनुप¥यो। त्यो कानुन जनताका लागि हुनुप¥यो। त्यसपछि मात्रै जनता कानुनका लागि भइदिन्छ। कानुन छ भन्दैमा जनतालाई लाद्ने कुरा त हु“दैन। के त्यसो भए यहा“को शान्ति सुरक्षाको व्यवस् था, अपराध तथा हिंसाजन्य गतिविधि रोक्ने कुरा दुई चारजना व्यवसायीहरुले जिम्मा लिन सक्नुहुन्छ त? जहा“सम्म करको कुरा उहा“हरुले उठाइरहनु भएको छ, हो उहा“हरुले कर पनि धेरै तिर्नुभएको छ। चर्को कर पनि छ रक्सीको। त्यसबाट राज्य कोषमा पर्याप्त रकम पनि जम्मा हुन्छ होला। के जनताको स् वास् थ्य, जनताको शान्ति सुरक्षा करका लागि हो त? या जनताको शान्ति सुरक्षा र विकासका लागि कर हो? बुझ्नुपर्ने कुरा त यो होला नि। जनताको स् वास् थ्य, शान्ति सुरक्षाको विषय केही करोड करस“ग साट्ने विषय होइन।

अर्को व्यवस्था नभएसम्म निषेध भनेपछि खोल्न सकिन्छ भन्ने हो?

अर्को व्यवस् था भनेको सम्बन्धित पालिकाहरुले पनि जनतासग परामर्श गर्छन्। जिल्ला समन्वयले पनि जनतास“ग परामर्श गर्छौं। के उपयुक्त हुन्छ हामी त्यो गर्छौं।

उसो भए स्थानीय उत्पादनलाई मान्यता दिन सकिने भयो?

होइन, होइन। यहा“हरुलाई म के बताउ भने कोही मान्छेले ५०÷६० एमएल खान्थ्यो। घर परिवारमै रमाइलो गथ्र्यो। यो खालको विकृति, विसंगति ह“ुदैनथ्यो भने र मानव स्वास्थ्यमा असर गर्ने खतरनाक एसिडको प्रयोग हु“दैनथ्यो भने, शान्ति सुरक्षामा समस् या आउ“दैनथ्यो भने हामी पनि यो विषयमा सोधिखोजी गर्नुपर्ने विषय नै बन्दैनथ्यो होला। घटना, अपराध र स् वास् थ्य समस् यालाई हेर्दा ८० प्रतिशत भन्दा बढी समस् या मदिराकै कारणले देखिन्छ। समाजमा भइरहेको गलत प्रवृत्तिलाई उजागर गर्ने काम रक्सी र लागूऔषधले गरिरहेको पाइन्छ। त्यसैले मदिरा निषेध गर्नुपर्ने बाध्यता आइलागेको हो। यो रहरले गरिएको काम होइन। जिल्लामा भएका दुई चारजना व्यवसायीहरुको व्यवसाय तहसनहस गर्दिउ“ भनेर पनि होइन। बुझाइमा समस् या आएको हो। मान्छेले आफ्नो फाइदा मात्रै हेरेर समाजको फाइदालाई नबुझ्ने हो भने कसरी चल्छ? व्यवसाय गर्नेको सामाजिक उत्तरदायित्व हु“दैन र? समाजलाई रक्सीले कहा पु¥याउदैछ? सबैले सोच्नुपर्छ।

तपाईकै जिल्लाका केही स् थानीय तहले मदिरा उद्योग खोल्ने तयारी गर्दैछन नि?

उत्पादन गर्ने र सेवन गर्ने फरक विषय हो। जस् तो चैत बैशाखमा नेपालगञ्जमा ज्याकेट लगाएर हिड्न सकिदैन नि? तर त्यही ज्याकेट हुम्लामा त्यति नै बेला आवश्यक पर्छ। त्यसैले जहा“ उत्पादन गरिन्छ, त्यहा“ सेवन पनि गर्नैपर्छ भन्ने कुरा ह“ुदैन। उत्पादन गर्न छुट हुन्छ। तर यहा विक्रीवितरण र सेवन गर्न अर्को व्यवस् था नहु“दासम्म नगर्ने निर्णय गरेका छौं। हाम्रा पालिकामा रहेका अन्य उद्योगहरुलाई पनि हामीले त्यही मापदण्डभित्रै राख्छौं।

जनजातिहरुको बसोवास क्षेत्रमा मदिरा निषेध गर्दा उनीहरुको संस् कारमाथि अप्ठेरो पर्दैन र?

संस् कारस“ग मदिरा जोडिएर गाउ“पालिका तथा नगरपालिकामा निवेदन आयो भने आदिवासी जनजातिहरुको संस् कार, संस् कृतिमा रक्सी जनै जस् तै जोडिएर आयो भने सम्बन्धित गाउ“पालिका र नगरपालिकाको सिफारिसमा उनीहरुले उक्त प्रयोजनका लागि कति माना, कति पाथी उत्पादन गर्ने हुन्, कति समयमा त्यसलाई समाप्त गरिसक्ने हुन्, त्यसको मापदण्ड बनाएर व्यवस् थापन गर्नेछौं।

निषेध गर्दा कालोबजारी रोक्ने संयन्त्र के छ? तस् कर मोटाउने अवस्था त आउदैन नि?

त्यस् तो हु“दैन। चोर्नुपर्छ भन्ने कानुनमा हुने कुरा भएन। कालोबजारी र तस् करी गर्ने कुरा कानुनमा ह“ुदैन। कानुनमा नभएको कुरा कसैले गरिहाल्यो भने त्यै अप्ठेरोमा पर्छ। कालोबजारी बढाउने काम सरकारले गर्दैन। कतै लुकीछिपी हुने अवस् थालाई रोक्न आमा समूह, महिला समूहहरु छन्। विद्यार्थी संगठनहरु छन्। तिमीहरुले निर्णय मात्रै गर नियन्त्रण गर्ने कुरामा सहयोग गर्छौ भन्दै सबै पालिकामा सर्वसाधारणले जुलुस निकाल्ने काम गरिरहनुभएको छ। बरु हामीलाई दबाब के छ भने यो निर्णयबाट सरकार पछि हट्नुहु“दैन भन्ने छ। मदिरा निषेध गर्ने निर्णयबाट स् थानीय सरकार पछि हट्दैनन्। कतै निर्णय विरुद्धमा गतिविधि भइहाले मापदण्ड बनाएर कारवाही गर्छौं। पहिलो कुरा जनता स् वयंले कारवाही गर्नेछन् र स् थानीय सरकारले पनि कारवाही गर्छ। सरकारी नियम तोड्दा जस् तो दण्ड हुनुपर्ने हो त्यो दण्ड गरिनेछ।

तर निर्णय कार्यान्वयनमा कर्मचारीतन्त्रले साथ दिन्छ त?

कर्मचारी राज्यको नीति विधिभित्रै रहेको वर्ग हो। राज्यको नीति विधिको नेतृत्व जनप्रतिनिधिहरुले गरिराखेका हुन्छन्। राज्यको नीति विधिहरुलाई लागु गर्ने र नया“ नया“ सोच, योजना बनाउने काम जनप्रतिनिधिले गर्ने हो र कर्मचारीको काम ती योजना लागु गर्ने हो। यसकारण उहा“हरुले जसरी भए पनि गर्नैपर्छ नि। सरकारको निर्णयलाई उहा“हरुले लागु गर्नुभएन भने त उहा“हरु आफ्नो बाटो लाग्नुहुन्छ।

नेकपाको एकछत्र सरकार छ रुकुम पश्चिम कस्तो बन्दैछ?

हामी एक्लैले रुकुमलाई अहिले नै कायापलट गरिसक्यौं भन्ने त छैन। तर पनि हामीले यो समाजलाई सभ्य र समृद्ध बनाउन र समाजमा शान्ति स् थापना गर्नका लागि सबैभन्दा पहिलो कुरा शिक्षा आवश्यक पर्छ। चेतनाको जरुरी पर्छ। त्यसकारण हामीले औपचारिक र अनौपचारिकरुपले शैक्षिक आन्दोलनलाई अगाडि बढाउने कोसिस गरिरहेका छौं। दोस्रो प्राथमिकता भनेको स् वस् थ नागरिकले मात्रै राष्ट्रका लागि योगदान गर्न सक्छ भन्ने कुरालाई आत्मसात गर्दै स् वास् थ्य सेवा सञ्चालन गर्ने योजना बनाइरहेका छौं। हाम्रो ज्ञान, स्वास्थ्य हाम्रो उत्पादनसग जोडिएको छ। हाम्रो खानपानसग जोडिएको छ। उत्पादनमा आत्मनिर्भर मात्रै होइन, आयात प्रतिस् थापन गर्नेढंगले उत्पादनलाई सामूहिक उत्पादन प्रणालीमा रुपान्तरण गर्दैछौं। जहा जे फल्छ, त्यसैलाई प्राथमिकता दिएर काम गर्दैछौं। सगसगै कृषि र वन पैदवारस“ग आधारित उद्योगहरु सञ्चालन गर्ने प्रक्रियामा हामी अगाडि बढिराखेका छौं। त्यस्तै खानेपानी, बाटोलगायत भौतिक पूर्वाधार निर्माणका काम त भइनै रहेका छन्। त्यसो गर्दा हामीले हाम्रो संस् कार, संस् कृति, हाम्रो आर्थिक अवस् था, उत्पादन प्रणाली यी सबैलाई कसरी बदल्ने र जनतालाई कसरी रोजगार बनाउने, सामूहिक उत्पादनमा कसरी जाने? कृषिलाई कसरी बढावा दिनेजस्ता कुराहरुलाई लिएर श्रम बैंक स् थापना गर्ने प्रक्रियामा पनि हामी अघि बढेका छौं।

भन्नै पर्ने छुटे कि?

हामीले जे काम गरेका छौं। जनउत्तरदायी भएर गरिराखेका छौं। जनताप्रति उत्तरदायी भएर काम गर्न चाहन्छौं। हामी जुन पद र कुर्सीमा आसिन भएका छौं। हामी आफ्नो बलबुताले मात्रै भएका होइनौं। हामी जनताकै बलबुताले भएका हौं। जनताले हामीबाट धेरै कुराको आशा गरिरहेको अवस् था छ। जनताको आशा र भरोसा पूरा गर्न हामी जनउत्तरदायी भएर काम गर्नुपर्छ। जनताको निर्देशन र निगरानीमा हामी चल्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै काम गरिरहेका छौं।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top