Free songs
Home / फिचर समाचार / प्युठान महोत्सवमा राजेश हमाल

प्युठान महोत्सवमा राजेश हमाल

 

 सागर रिजाल
प्युठान । नेपाली सिनेमा जगतका महानायक राजेश हमाल स् थापित नाम हो। युग देखि युगसम्म चलचित्रबाट चलचित्र यात्रा शुरु गर्नु भएका हमाल करीब ३० वर्ष अघिदेखि नेपाली चलचित्र क्षेत्रमा स्थापित हुनुहुन्छ। उहा फिल्मी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल देखिनुहुन्छ।

सधै फिल्ममा देखिने राजेश हमाललाई प्युठानीले प्रत्यक्ष देख्न र भेट्न पाएका छन्।  जुम्री बसपार्क व्यवस् थापन समितिद्वारा  आयोजित प्युठान महोत्सवको १२ औं दिन नेपाली सिनेमा जगतका महानायक राजेश हमाल उपस् िथत हुनुहुन्थ्यो। उहालाई महोत्सव हेर्न आएका दर्शकले प्रत्यक्ष देख्न पाए। राजेश हमाल दिउसो ३ बजे नै महोत्सव स टेजमा आउनुभएको थियो। जब उहा स्टेजमा चढ्नुभयो उहालाई हेर्न दर्शकहरु झुम्मिएका थिए। उहाभन्दा पहिले हास् यकलाकार बेगम नेपाली (भटभटे माइला), गायिका रेशमा पुनले प्रस् तुति राख्नुभएको थियो। उहा“हरुको प्रस् तुति सकिनासाथ राजेशको पालो आयो। उहा“ले कलाकार बैकुण्ठ महत सगै अन्तर्वार्ताको शैलीमा आफ्नो प्रस् तुति राख्नुभयो। राजेशले आफ्नो प्रस् तुतिमा नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने बताउनुभयो।

जनताको चाहनाअनुसार आफूले चलचित्र बनाएको उहँ“ले बताउनुभयो। उहाले भन्नुभयो– ‘मैले खेलेका चलचित्र अन्याय र अत्याचारविरुद्ध छन्।’ आफूले अहिलेसम्म करिब तीन सय बढी चलचित्रमा अभिनय गरेको उहा“ले बताउनुभयो। उहाले दर्शकसमक्ष आफूले चलचित्रमा बोलेका डाइलगसमेत सुनाउनुभएको थियो।

उमेरले ५० वर्ष पार गर्नुभएका उहा“ले आफ्नो जोश अझै ताजा भएको बताउनुभयो। उहाले भन्नुभयो–‘चलचित्र क्षेत्रमा अझै २१ वर्षको जोश मैले देखाउ“छु।’ घरपरिवारको समर्थनविना चलचित्र क्षेत्रमा लाग्नुभएका उहाले परिवारको चुनौतीलाई तोडेको बताउनुभयो। घरपरिवारबाट चलचित्र क्षेत्रमा नजा यसमा भविष्य छैन् भन्नुहुन्थ्यो तर आफू पहिलो चलचित्रबाटै सफलता पाएपछि चलचित्र क्षेत्रमा सक्रिय भएर लागेको बताउनुभयो। उमेरले केही गर्दैन, उमेरमा रमाउनुपर्छ, खुशी हुनुपर्ने उहा“को भनाइ थियो। दर्शकबाट ऊर्जा पाएपछि उहाले फिल्मी क्षेत्रमा चर्चा बटुलेको बताउनुभयो। आफू अझै चलचित्र क्षेत्रमा सुधार गर्दै अगाडि बढ्ने उहा“ले बताउनुभयो। राजेश तिर्खा लाग्यो निर्माया, सालको पातको टपरी हुनी हे बरै नहुने सल्लैको यीदुई गीतमा नृत्य गर्न समेत भ्याउनुभएको थियो।

जन्म घर पाल्पा भए पनि लामो समयसम्म राजधानी काठमाडांैमा जीवन बिताउनुभएका उहाले फिल्मी क्षेत्रमा अझै सक्रिय भएर लाग्ने बताउनुभयो। उहा मेलामहोत्सवसगै एपीवन टेलिभिजनमा हरेक हप्ताको शनिवार, आइतवार र सोमबार टिभी कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो। करीब १० हजार भन्दा बढी दर्शकले उहा“लाई प्रत्यक्ष हेरेका थिए। राजेशस“ग नाच्न र फोटा खिच्नै व्यस्त देखिन्थे दर्शकहरु। फागुन ३ गतेदेखि सञ्चालन भएको प्युठान महोत्सव फागुन १५ गते समापन गरिने आयोजक कमिटीका संयोजक सुमन श्रेष्ठले बताउनुभयो। फागुन १५ गते गायिका राधिका हमाल, शिलु भट्टराई र गायक विधान पण्डितलगायतका कलाकारको उपस् िथत रहने आयोजकले जानकारी दिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top