Free songs
Home / पाठक पत्र / घटेनन् इपिएस पीडितका समस्या

घटेनन् इपिएस पीडितका समस्या

माधव आचार्य

इपिएस भाषा पास गरेर त्यसको प्रतीक्षामा बसेका विद्यार्थीहरु दिनप्रतिदिन समस् यामा परेका छन्। पछिल्लो दशकमा नेपाली कामदारहरुलाई रोजगार दिदै आएको दक्षिण कोरियाले विगतको वर्ष भने भाषा उत्तीर्ण गरेर दक्ष ठहरिएका कामदारहरुलाई एक वर्ष पूरा भइ दोस्रो वर्षमा प्रवेश गर्दा पनि उनीहरुको टुंगो लगाउन नसक्दा २०१७ देखिका परीक्षार्थीहरु अन्योलमा परेका छन्। वि.सं. २०७३ मा आवेदन दिइ २०७४ जेठको अन्तिममा परीक्षा दिएर पास भएका परीक्षार्थीमध्ये आधा जतिले कोरियामा पाइला टेके पनि आधा जतिले आकाशको फल कुर्दै बसे जस् तै गरी बस् न बाध्य भएका छन्। स् नातकसम्म अध्ययन गरेर पनि स् वदेशमा रोजगार नपाएपछि नेपाली युवाहरु विदेशिने चलन दिनप्रतिदिन चल्दै आएको अवस् थामा दक्षिण कोरियाले भाषा पास गरी योग्य ठहरिएका कामदार छनोट गरी लग्ने गरे पनि खाडी मुलुक छाडी कोरियन भाषाको अध्ययन गर्ने युवाहरुको संख्या ह्वात्तै बढेको थियो। साथै छोटो समयमा गरिएको मेहनतले आमाको फाटेको मजेत्रो र देखावटी समाजको प्रतिनिधित्व गर्ने घर बनाउने इच्छा पूरा भएको थियो। तर वर्तमान अवस् थामा त्यही सपना बोकेर प्रतीक्षा गरिरहेका युवाहरुलाई त्यो अवसर निल्नु न ओकल्नु बनेको छ।

प्रतीक्षारत विद्यार्थीहरुले इपिएस प्रणालीमा अनियमितता देखेपछि २०७५ कार्तिक २८ गते शान्तिपूर्णरुपमा समूह बनाइ सुझावपत्र पेश गरेका थिए। इपिएस शाखाले पनि तपाइ“हरुको माग जायज छ । त्यसैअनुरुप हुन्छ भनेको थियो। तर त्यसपछिका छनोट चरणमा पनि ढिलासुस् ती र प्यानडमली नभएपछि इपिएस पीडितहरुले पुनः श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस शाखा ग्वार्को ललितपुरमा आफ्ना माग राखेका छन्। आवश्यक संख्यामा मात्रै परीक्षार्थी पास गराउनुपर्ने, २०१७ मा पास भएकाहरुलाई पठाइसकेपछि मात्रै २०१८ मा पास भएकाहरुलाई पठाउने प्रक्रिया थाल्नुपर्ने, पास भएका र योग्य ठहरिएका शतप्रतिशतलाई कोरिया लग्नुपर्ने, इपिएस प्रणालीमा देखिएका कमजोरीलाई हटाइ अघि बढ्नुपर्ने माग राखी इपिएस पास भएकाहरु संघर्षमा उत्रिएका हुन्। विगतमा पनि सन् २०१२ मा भएको अनियमिततामाथि त्यति बेलाका पासरहरुले आन्दोलन गरेपछि त्यसपछिका वर्षहरुमा केही सुधार भए पनि पूर्णरुपमा हटिनसकेको बताउ“छन्, इपिएस पीडित नेपालका सदस् य प्रदीपकुमार राई।

युवाहरुलाई आशावादी गराई उनीहरुको भविष्यमाथि खेलवाड भएको भन्दै आउ“दा दिनमा सरकारले र एचआरडीले इपिएस पीडितका मुद्दामा बाध्य हुने र अहिले कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यो खबरले दुःखी नबनाई अझ मेहनत गरेर अध्ययन गर्न इपिएस पीडित नेपालले अनुरोधसमेत गरेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top