Free songs
Home / फिचर समाचार / कुसुण्डा भाषा जोगाउन ज्ञानीमैयाको घरमै कक्षा

कुसुण्डा भाषा जोगाउन ज्ञानीमैयाको घरमै कक्षा

दशरथ घिमिरे

देउखुरी । घरको पिढी र भित्तामा केही लेखिएको ह्वाइटबोर्ड अडिएको छ। पिढीदेखि मुन्तिर स–साना बालबालिका पलेटी कसेर बसेका छन्। हातमा कलम र कापी छ। ह्वाइटबोर्डमा लेखिएको शब्द उच्चारण गर्दै कापीमा सार्दैछन्। विद्यार्थीहरु पढिरहेको स्थान भने विद्यालय होइन।

कुसुण्डा भाषाबारे जानकारी दिन कुसुण्डा भाषाको पूर्णवक्ता ज्ञानीमैया कुसुण्डाको घरमा कक्षा सञ्चालन गरिएको छ। लोपोन्मुख भाषा कुसुण्डाको संरक्षण गर्न भाषा जान्ने ज्ञानीमैया कुसुण्डाको घरमै भाषा कक्षा चलाइएको छ। स्रोतव्यक्तिको रुपमा ज्ञानीमैया हुनुहुन्छ। विद्यार्थीले दोहोरो कुराकानी गर्छन् । आफ्नै भाषामा सोध्न सक्ने भइसकेका छन्। कुलमोडस् िथत ज्ञानीमैया कुसुण्डाको घरमा लोपोन्मुख कुसुण्डा भाषाको कक्षा सञ्चालन गरिएको हो। कुसुण्डा भाषा जानेका दुईजना मात्रै छन्। ८२ वर्षीया ज्ञानीमैया कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा भाषाका पूर्णबक्ता हुनुहुन्छ।

ज्ञानीमैयाको घरमा १३ जना बालबालिकाले कुसुण्डा भाषा पढिरहेका छन्। भाषा पढ्ने दाङ, प्युठान र सुर्खेतका छन। कुसुण्डा भाषाका अध्ययनकर्ता उदय आलेले बालबालिकालाई कुसुण्डा भाषा पढाइरहनुभएको छ। ९० घण्टाको प्रारम्भिक कक्षामा बालबालिकालाई कुसुण्डा भाषा सिकाउन थालिएको हो। भाषा आयोगले पहिलो पटक लोपोन्मुख भाषा कुसुण्डाको संरक्षण गर्न कक्षा नै चलाएको हो।

कुुसुण्डा जातिको भाषा सिक्न नया“ पुस् ता अग्रसर भएपछि वर्षौंदेखि भाषा लोप हुन्छ कि भनेर चिन्ता गर्दै आएकी ज्ञानीमैया कुसुण्डा समेत खुशी हुनुभएको छ। ‘आफ्नो भाषा नया“ पिढीले सिकोस् भन्ने लागेको थियो तर भाषा सिक्न कसैले चासो दिएनन्’ ज्ञानीमैया कुसुण्डाले भन्नुभयो– ‘तर अहिले धेरै बालबालिकाहरु भाषा सिक्न आएका छन्। यिनीहरुले भाषा सिक्छन भन्ने मलाई विश्वास लागेको छ।’

नयॉ“ पुस् ताले भाषा सिक्न चासो देखाएपछि लोपोन्मुख अवस् थामा पुगेको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उहा“को विश्वास छ। नया“ पुस् ताले आफ्नो मातृभाषा सिक्न चासो देखाएको कुसुण्डा भाषाका जानकारसमेत रहनुभएका शिक्षक उदय आलेले बताउनुभयो। कुसुण्डा भाषाको कक्षा शुरु भएपछि नया“ पुस् ता भाषा सिक्न उत्साहित देखिएको छ। ‘९० घण्टाको कक्षा शुरु भएको छ, यसको पहिलो चरणमा कुसुण्डा भाषा सम्बन्धी विभिन्न शव्दहरु सिकाउने काम भइरहेको छ’– आलेले भन्नुभयो– ‘प्रारम्भिक तहको कक्षामा बालबालिकाको राम्रो उत्साह देखिएको छ।’ कक्षामा भाषाको चिनारी, शब्दको अर्थ, शब्द प्रयोग, शब्द भण्डारको बारेमा सिकिरहेका छन्।

भाषा आयोगको कार्यक्रम उपलव्धिपूर्ण होस् र नया“ पुस् ताले पनि आफ्नो भाषा सिकून् भनेर अहिले स् कूलमा अध्ययनरत बालबालिकाहरुलाई मात्र राखेर कक्षा सञ्चालन गरिएको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई सय ७३ जना कुसुण्डा जातिका मानिसहरु रहेका छन्। तर, कुल एक सय ५० जना मात्रै रहेको स् वतन्त्र अध्ययनले देखाएको छ। दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह, काठमाडांै, मोरङलगायतका जिल्लाहरुमा कुसुण्डा जातिको बसोवास रहेको छ। नेपालमा कुल एक सय २३ भाषा छन्। जसमध्ये २९ वटा भाषा लोपोन्मुख छन्। अहिले लोपोन्मुख तीनवटा भाषा संरक्षण गर्न भाषा आयोगले कक्षा नै चलाएको छ। दाङमा कुसुण्डा भाषा, भोजपुरमा तिलुंग र गोरखामा बराम भाषाको पढाइ चलिरहेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top