Free songs
Home / समाचार / संक्षिप्त समाचार / हात्तीपाइलेविरुद्ध एक लाख ७० हजारलाई औषधि खुवाइने

हात्तीपाइलेविरुद्ध एक लाख ७० हजारलाई औषधि खुवाइने

युगबोध समाचारदता

घोराही। घोराही उपमहानगरपालिकाले हात्तीपाइले रोगविरुद्ध एक लाख ७० हजार जनालाई औषधि खुवाउने भएको छ। हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले उपमहानगरले फागुन १५ देखि १८ गतेसम्म हात्ती पाइलेबिरुद्धको निःशुल्क औषधि खुवाउने भएको हो।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले पत्रकार सम्मेलन गर्दै उपमहानगर मातहतका स्वास्थ्य चौकीबाट निःशुल्क हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको हो। संघीय सरकारअन्तर्गत उपलब्ध गराइएको हातीपाइले बिरुद्धको एक लाख ९४ हजार जुकाको औषधि र चार लाख ९३ हजार डिसीई खुवाइने स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो। हात्तीपाइले रोग न्यूनीकरण र सचेतना फैलाउने उद्देश्यले फागुन १५ गतेदेखि घरदैलो, वडास्तरीय र स्वास्थ्य चौकीहरुबाट औषधि खुवाइनेछ।

हात्तीपाइले रोगविरुद्ध औषध खुवाउन एक सय स्वास्थ्यकर्मी र दुई सय बढी स्वास्थ्य स्वयंसेविका परिचालन गरिने प्रमुख घर्तीले जानकारी दिनुभयो। लामखुट्टेबाट संक्रमित हुने र संक्रमितपछि उपचारसम्भव नहुने भन्दै हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य शाखाले जनाएको छ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. पाचका सचिव सन्तोष दहितको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top