Free songs
Home / समाचार / संक्षिप्त समाचार / जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

बाके  (युस)– नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ। नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहाबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक बसन्त बस्नेतले जानकारी दिनुभयो।

उहाका अनुसार शुक्रवार राति १० र शनिवार राति नौजना गरी १९ महिलालाई फिर्ता गरिएको हो। दिल्ली जाने बसमा जाच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौं’– इञ्चार्ज बस्नेतले भन्नुभयो– ‘कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छांै।’

सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन्। उनीहरुलाई माइती

नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुर्नः मिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताउनुभयो।

‘विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उहा“हरुलाई रोकेर परामर्श गरिरहेका छौं’– कोइरालाले भन्नुभयो– ‘परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसक्नुभएको छ, उहा“को परिवारस“ग सम्पर्क गरी पारिवारिक पुनरमिलन गराउदैछौं।’

मैत्रीपूर्ण बससेवा प्रयोग मानव दलालले जमुनाहा नाकालाई विभिन्न माध्यमबाट प्रयोग गर्ने गरेका छन्। पछिल्लो पटक सीधा बस सेवामार्फत यसलाई प्रयोग गरेको हुनसक्ने कोइरालाको भनाइ छ। सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल, घुमघाम, औषधि उपचारलगायतका निहु बनाएर विगतमा नाका पार गर्ने कोसिस हुने गरेकोमा अहिले रातिको समयमा दिल्ली जाने बस प्रयोग गर्ने गरेको पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउनुहुन्छ।

बुटवल, दाङ र नेपालगञ्जबाट दैनिक तीनवटा जति मैत्रीपूर्ण बस सीधा दिल्लीको लागि नेपालगञ्ज नाका हु“दै भारत प्रवेश गर्दछन्। बुटवल, दाङ र नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि सञ्चालन हुने बसमा जाचका क्रममा शङ्कास्पद महिला फेला पर्न थालेपछि इलाका प्रहरी कार्यालय जमुनाहा, बा“के र मानव बेचबिखन विरुद्ध क्रियाशील संस्थाले सतर्कता अपनाएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top