Free songs
Home / समाचार / संक्षिप्त समाचार / अनुदान नपाएको गुनासो

अनुदान नपाएको गुनासो

घोराही (युस)– बंगुरपालक व्यवसायीले सरकारले उपलब्ध गराउने अनुदान रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन्।

बंगुर पालन व्यवसायी संघ दाङले पत्रकार सम्मेलन गरी आफूहरुले वर्षाैंदेखि बंगुर पालन गर्दै आएपनि अहिलेसम्म सरकारले अनुदान उपलब्ध नगराएको गुनासो गरेका हुन्। एउटै व्यक्तिले भने पटक–पटक अनुदान प्राप्त गर्ने तर आफूहरुले भने अहिलेसम्म अनुदान नपाएको संघका सल्लाहकार जगत दलामीले बताउनुभयो। केन्द्रीय सरकार र तत्कालीन पशु सेवा कार्यालय र हाल भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट गरी पिग मिसन, खोर सुधार, युवा लक्षित, फ्रेस हाउस र कृषि अनुदान कोषका अनुदान केही वर्षदेखि एउटै व्यक्तिले निरन्तर पाउ“दै आएको भन्दै बंगुरपालक व्यवसायी कृषकहरुले आपत्ति जनाए।

अनुदान प्राप्त गर्ने व्यक्तिले मापदण्डअनुसार बंगुर पालन नगरेको र पाएको अनुदान समेत सदुपयोग नगरेको तर व्यावसायिक बंगुर पालन गरेका कृषकहरुले अहिलेसम्म अनुदान नपाएको संघका सचिव तुलसीराम बुढाले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top