Free songs
Home / समाचार / संक्षिप्त समाचार / १४ स्रष्टा पुरस्कृत

१४ स्रष्टा पुरस्कृत

पुरस्कृत सष्ट्रा देवेन्द्र बस्नेत

युगबोध समाचादाता

घोराही । लेखक संघ दाङको २४ औं साधारणसभामा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरिए को छ।

संघले हरेक वर्ष साधारणसभाको अवसरमा स्रष्टाहरुलाई पुरस्कृत गर्दै आइरहेको छ। यसवर्ष पनि १४ जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो। जसअनुसार बमशंकर साहित्य पुरस्कार डिल्लीराज शर्मा, नन्दप्रज्ञा प्रतिभा पुरस्कार डा. गणेश पाण्डेय, मञ्जु राणा स्मृति साहित्य पुरस्कार सिर्जना शर्मा, शारदा लोहनी साहित्य पुरस्कार देवेन्द्र बस्नेतलाई प्रदान गरिएको छ।

त्यसैगरी तोयाराम ईश्वरादेवी साहित्य संस्कृति पुरस्कार स्व. डा. घनश्याम डा“गी, पण्डित कपिलमणि शिवाकोटी विद्यासाधना सम्मान साहित्य पुरस्कार काशीराज पोख्रेल, हरिकला नन्द प्रतिभा पुरस्कार यम रेग्मी, धनबाला साहित्य संगीत पुरस्कार अमर विक, फर्साराम धनकुमारी साहित्य पुरस्कार चन्द्र शर्मालाई प्रदान गरिएको छ।

त्यसैगरी नित्यानन्द शर्मा साहित्य पुरस्कार डा. शिवकुमार सुवेदी, अशुकाव्य अशोक सुभद्रा काव्य पुरस्कार किरण आचार्य, दुर्गाचित्र प्रज्ञा पुरस्कार ईन्द्रराज पौडेल, मेघलक्ष्मी प्रज्ञा पुरस्कार सुमन पोख्रेल, डिबुलाल डोङली थारु साहित्य पुरस्कार सोमप्रसाद चौधरी र जग्गादाता शंकरप्रसाद गौतमलाई प्रदान गरिएको छ।
साधारणसभामा बोल्दै नेपाल संस्कृत विश्वविद्यालका उपकुलपति डा. कुलप्रसाद कोइरालाले साहित्य समाजमा भएका अन्यायविरुद्धका आवाजहरु अभिव्क्त गर्ने माध्यम भएको बताउनुभयो।

कार्यक्रममा सम्मानित व्यक्तिहरुको परिचय गोविन्द पौडेल, सन्ध्या रेग्मी, दीपक शर्मा ‘समिर’, हरिप्रसाद पाण्डेय र भुपेन्द्र सुवेदीले गराउनुभएको थियो। सो अवसरमा आयोजित साहित्य गोष्ठीमा स्रष्टाहरुले कविता, गीत एवं रचनाहरु प्रस्तुत गरेका थिए।

संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सहसचिव हुमबहादुर डिसीले पेश गर्नुभएको थियो। लेखक संघ दाङका कार्यसमिति सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा साहित्कार तथा प्राध्यापक गदाधर पौडेल, साहित्यकार उत्तमकृष्ण मजगैया“, लेखक संघ दाङका पूर्वअध्यक्ष शंकर पौडेल, साहित्यकारहरु भीमकान्त आचार्य, डा. कृष्णराज डि.सी., सिर्जना शर्मा, सोमप्रसाद चौधरी, सुमन पोख्रेल सम्मानित व्यक्तित्व अमर विकलगायतले बोल्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top