Free songs
Home / फिचर समाचार / ‘स्मार्ट’ कृषि गाउँ

‘स्मार्ट’ कृषि गाउँ

 

गिरिराज नेपाली

घोराही। कृषि उत्पादन क्षेत्रमध्ये दाङ पनि उत्पादनशील क्षेत्र मानिन्छ। यहा“ खाद्य, नगदे, दलहन, तेलहन र तरकारी खेती र उत्पादन राम्रो हुने गर्दछ। दाङको कुल क्षेत्रफलमध्ये अधिकांश जमिन खेतीयोग्य रहेको छ। सिंचाई असुविधाका कारण वर्षमा एक बाली मात्रै खेती हुने जमिन थोरै छ भने अधिकांश खेतीयोग्य जमिन सिंचित क्षेत्रमै पर्दछ।

यति हुदा पनि आधुनिक खेतीप्रणालीको विकास हुन सकेको छैन। जसका कारण दाङको कृषि क्षेत्रको विकास अझै फष्टाउन सकेको छैन। पम्परात खेतीप्रणाली र बजार अभावका कारण दाङको कृषि क्षेत्र सा“घुरिदै गइरहेको छ। यसका सुधार र विकासका लागि प्रदेश सरकारले दाङका छवटा गाउ“लाई स्मार्ट कृषि गाउ“का रुपमा छनोट गरेको छ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धनले नै ग्रामीण क्षेत्रलाई आर्थिकरुपमा सबल बनाउन सक्ने भएकोले प्रदेश सरकारले दाङका छवटा स्थानीय तहमा एक/एकवटा गाउ“लाई स्मार्ट कृषि गाउ“का रुपमा छनोट गरेको छ। कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले चार वर्षे आयोजनाका रुपमा जिल्लाका छवटा गाउ“लाई स्मार्ट कृषि गाउ“का रुपमा छनोट गरेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ। जसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैया विनियोजन गरेको छ। निःशर्त अनुदानतर्फ स्मार्ट कृषि गाउ कार्यक्रम सञ्चालन हुन लागेको हो। एउटा गाउ“मा ५० लाखका दरले चालु आर्थिक वर्षमा लगानी गरिने कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी कुसुम भुसालले जानकारी दिनुभयो।

जसमा गढवा गाउ“पालिका वडा नंं. २ घुस्रामा तरकारी र बाख्रा पालन, लमही नगरपालिका वडा नंं. ९ अर्नवामा कागती र बाख्रा पालन, बंगलाचुली गाउ“पालिका वडा नं. ६ रिभानटोलमा तरकारी र कागती खेती, घोराही उपमहानगरपालिका वडा नं.८ र १० स्यानीगाउ“को धोवघाट पोखरी क्षेत्रमा तरकारी र बसन्ते मकै खेती, तुलसीपुर उपमहानगरपालिका वडा नंं. १४ लुहाडबरा–मटेरामा तरकारी र बसन्ते मकै खेती र शान्तिनगर गाउ“पालिका वडा नं. ७ बुढाडाबर–दुबिचौरमा तरकारी र बसन्ते मकै खेती गरिने सूचना अधिकारी भुसालले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘यी क्षेत्र कृषि खेती र उत्पादनका लागि निकै सम्भावित क्षेत्र हुन्।’

ती क्षेत्रलाई कृषिको नमूना गाउ“का रुपमा विकास गर्ने उद्देश्यले सरकारले स्मार्ट कृषि गाउ“को अवधारणा निर्माण गरी वहुवर्षीय आयोजनाका रुपमा अघि सारेको हो। उहाल भन्नुभयो– ‘यसले दाङलाई कृषिको नमूना गाउ“ वा जिल्ला बनाउन निकै टेवा पु¥याउनसक्छ।’ जसका लागि एउटै गाउ“का ५० घरधुरीको सामूहिक सहभागिता र एक सय ५० रोपनी जग्गा हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ। एक निर्वाचन क्षेत्र एक कृषि गाउ“ बनाउने उद्देश्यले जिल्लाका छवटा स्थानीय तहका छवटा गाउलाई सरकारले उक्त आयोजनामा समावेश गरेको छ। जसले सामूहिक खेतीको अवधारणाको विकास गर्दै कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने उहाले बताउनुभयो।

कृषि क्षेत्रको विकास नै समृद्धिको आधार भएकाले सरकारले आयोजना निर्माण गरी कृषि क्षेत्रको विकास गर्न लागेको उहा“को भनाइ छ। छवटा स्मार्ट कृषि गाउ“मा सरकारले पहिलो आर्थिक वर्षमा शतप्रतिशत अनुदान, दोस्रो वर्ष ७५, तेस्रो वर्ष ५० र चौथो वर्ष उक्त कृषक समूह आफ्नै लगानीमा पूर्ण सञ्चालन गर्न सक्ने गरी प्राविधिक ज्ञान सीप सहितको लगानी गर्न लागेको उहाले जानकारी दिनुभयो।

साथै कृषकहरुलाई तालिम, कृषि खेतीका लागि आवश्यक प्राविधिक ज्ञान र अनुगमन कृषि ज्ञानकेन्द्रले गर्ने उहाको भनाइ छ। जसले आगामी चार वर्षभित्र दाङको कृषि क्षेत्रको विकास र आर्थिक समृद्धिमा ठूलो सहयोग पु¥याउने उहाले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘चार वर्षमा दाङलाई कृषि पर्यटकीय नमूना जिल्लाका रुपमा पनि विकास गर्न सक्नेछ।’ यसैगरी प्युठानका सरुमारानी गाउपालिका– १ र प्युठान नगरपालिका–९ मरनठानालाई पनि प्रदेश सरकारले स्मार्ट कृषि गाउ“का रुपमा छनौट गरेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top