Free songs
Home / फिचर समाचार / नयाँ शैलीमा प्रजातन्त्र दिवस : विद्यालयको अगुवाइ, समुदायको सहभागिता

नयाँ शैलीमा प्रजातन्त्र दिवस : विद्यालयको अगुवाइ, समुदायको सहभागिता

युगबोध समाचारदाता

घोराही। एकाएक साना नानीबाबु नारा लगाउदै सडकमा निस्किए। ‘प्रजातन्त्र दिवस मनाउछौं–मनाउछौं, वीर सहिद अमर रहून्….’ यस्तै नारा लगाउदै केही अगाडि पुगेपछि नजिकको वस्तीबाट निस्केका अभिभावक पनि टोल विकास संस्था र आमा समूहका ब्यानरसहित जुलुसमा सहभागी भए। अनि उनीहरुले पनि थप्न थाले– ‘प्रजातन्त्र जिन्दावाद, वीर सहिद अमर रहून्।’

सयौंको संख्यामा अभिभावक र शिक्षक विद्यार्थीले एकैसाथ नारा घन्काउदै घोराही उपमहानगरपालिका १३ मा मंगलवार नया शैलीमा प्रजातन्त्र दिवस मनाइयो। गोदावरी इङ्लिश मिडियम स्कूल (जेम्स) घोराही–१३ बडहराले स्थानीय समुदायको साथमा ६९ औं स्थापना दिवस मनाएको छ।

राष्ट्रिय दिवसको बारेमा विद्यालयको कोर्षमै ब्यवस्था गरिए पनि विद्यार्थी र अभिभावकले दिवसबारे थाहै नपाउने स्थिति रहेकाले यसरी नया शैली अपनाएर कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल विष्णुप्रभात दाहालले बताउनुभयो। ‘कि दिवसमा विदा दिइन्छ, विदा नभए नियमित काम नै गरिन्छ’– उहाले भन्नुभयो– ‘विदा दिए पनि विद्यार्थी अभिभावकले केको विदा हो थाहा पाउ“दैनन् र विदा नहुदा पनि नियमित पठनपाठन मात्र गरेर दिवसको महत्व बुझाउन सकिदैन, त्यसैले कोर्षकै विषयवस्तुमा फिल्ड अध्ययन पनि होस् र ऐतिहासिक दिनको सम्झना पनि होस् भनेर यो कार्यक्रम गरिएको हो।’

विद्यालयका प्रिन्सिपल विष्णुप्रभात दाहालको अध्यक्षता एवंं नया“ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीको प्रमुख आतिथ्यतामा सभा भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, अर्का विशिष्ट अतिथि वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ती स्थानीय समाजसेवी घनश्याम घिमिरे, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विष्णु पंगेनी, वडा सदस्य केशव गिरी, प्रगतिनगर टोल विकास संस्थाका सचिव सन्दीप पुन, सिज स्वर्ग टोल विकास संस्थाकी अध्यक्ष मनिषा पुन, शिक्षिका समीक्षा सुवेदी, विद्यार्थीहरु सुषमा गिरी, दुबी पुरी, राज रोकालगायतले बोल्नुभएको थियो। शिक्षक गोविन्द नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल श्रीधर भावुकले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top