Free songs
Home / अन्तर्वार्ता / धारापानीलाई धामकै रुपमा विकास गर्न महोत्सव गर्दैछौं

धारापानीलाई धामकै रुपमा विकास गर्न महोत्सव गर्दैछौं

 गणेश अधिकारी
पाण्डवेश्वर धाम महायज्ञ मूल सञ्चालन समितिका संयोजक

धारापानीलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न यही फागुन ११ देखि १८ गतेसम्म धारापानी मन्दिरमा  महायज्ञ शुरु हुदैछ। विश्वकै ठूलो त्रिशूल भएको मन्दिरका रुपमा चिनिएको धारापानीमा ध्यान केन्द्र, वेद पाठशाला, गौशालासमेत निर्माण गर्ने योजना बनाइएको छ। धारापानी धाम र यसको विकासमा महायज्ञको भूमिकाका विषयमा युगबोधकर्मी जे.एन.सागरले पाण्डवेश्वर धाम महायज्ञ मूल सञ्चालन समितिका संयोजक गणेश अधिकारीसग गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ। –सम्पादक

 

महायज्ञको तयारी के छ ?

फागुन ११ देखि १८ गतेसम्म महायज्ञ सञ्चालन हुन थालेको छ। त्यसका लागि प्रायः सबै तयारी अन्तिमचरणमा पुग्दैछ। मञ्च निर्माण, प्रचार प्रसार, उपसमिति गठन, सरोकारवालास“ग छलफल, खानेपानी, स्वास्थ्य उपचारको व्यवस्था, सुरक्षा र यातायातको प्रबन्ध भइरहेका छन्। हामीले प्रमुख अतिथिको निधो पनि गरिसकेका छौं। उद्घाटन अवसरमा प्रमुख अतिथिको रुपमा सभामुख कृष्णबहादुर महरा आउनुहुनेछ भने १४ गते त्रिशूल उद्घाटनका लागि पर्यटनमन्त्री रवीन्द्र अधिकारी दाङ आउने कार्यक्रम छ। त्यस्तै समापनका लागि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई निम्तो गरेका छौं। तदनुरुपको तयारी भइरहेको छ।

फेशनजस्तै पो भयो महायज्ञ, यहा“हरुले किन लगाउदै हुनुहुन्छ ?

धारापानी धामले लगाउने महायज्ञलाई अलि फरक हिसाबले लिनुपर्छ। किनभने जहा शिवलिंग स्थापना छ, त्यहा“ धार्मिक यज्ञहरु प्रत्येक वर्षजस्तै, प्रत्येक पुण्यतिथिमा हुनुपर्ने हो। विभिन्न कारणले हामीले गर्न सकेका छैनौं। हामीले गर्ने महायज्ञ पैसाकै लागि हो भन्ने अर्थमा बुझ्नुहुदैन। धारापानी धामलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नका लागि प्रचारप्रसार होस् भन्ने मुख्य हेतु हो। हामीले पैसा यति उठाउने भन्ने लक्ष राखेका छैनौं। हाम्रो लक्ष कम्तिमा पा“च लाख भक्तजनलाई कथा श्रवण गराउने हो।

तर धारपानीको पूर्वाधार विकासका लागि महायज्ञ भन्नु भएको छ त ?

धामका रुपमा विकास गर्न पूर्वाधार पनि चाहिन्छ। हामीले यसलाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न चाहेका छौं। जस्तो स्वर्गद्वारीमा जुन खालको वैदिक विधिविधानपूर्वक यज्ञहरु सञ्चालन हुन्छन्, त्यसैगरी धारापानीमा पनि विधिपूर्वक नियमित यज्ञ सञ्चालन गर्ने योजना हाम्रो छ। त्यति मात्रै होइन, गुरुकुलको माध्यमबाट वेद पाठशाला, गौशाला, ध्यान केन्द्रलगायतका पूर्वाधार स्थापना गर्ने हाम्रो योजना छ। त्यस्तै यहा अखण्ड ज्योतिको शुरुवात गर्ने पनि योजना बनाएका छौं। धारापानी पनि महत्वपूर्ण धाम हो। जहा“ विधिविधानपूर्वक कार्यहरु हुन्छन् भन्ने कुराको सन्देश देश, विदेशमा पु¥याउने काम महायज्ञको माध्यमबाट होस् भन्ने हाम्रो चाहना छ। अझ महत्वपूर्ण कुरा त के छ भने गौसंरक्षणको नमूना कार्य गौशालामार्फत गर्ने योजना छ। गाई पाल्ने मात्रै होइन, गाईबाट हुने उपलव्धि के हुन् ? तालिमको व्यवस्था गर्ने। त्यो भनेर गाई पालन केन्द्र होइन। बढीमा एक सयसम्म गाई राखेर तिनको संरक्षण र महत्वबारे बुझाउने उद्देश्य हामीले राखेका छौं।

वेद पाठशाला महायज्ञले चल्ला र ?

हामीले वेद पाठशालाको शुरुवात गर्ने हो। हुन त शैक्षिक गतिविधिको दायित्व राज्यकै हो। हामीले कम्तिमा शुरुवात गर्न सक्यौं भने भोलिका दिनमा राज्यलाई दबाब पनि होला भन्ने हाम्रो मनशाय हो। राज्यलाई दङालीहरुको माग हो वेद पाठशाला भन्ने कुराको बोध गराउन सकियो भने राम्रै हुन्छ।

धेरैजसो शिक्षालय शुरुवात गर्ने पछि चलाउन नसकेर समस्या भोग्ने चलन छ नि यस्तै त हुदैन ?

राम्रो काम गर्नका लागि विचार राम्रो हुनुपर्छ। पाठशाला सम्भव छ। राज्यले सम्बोधन गर्छ।

पूर्वाधार त चाहिएला नि ?

त्यही भएर महायज्ञ सञ्चालन गरेर भक्तहरुले दान गरेको पैसाबाट पूर्वाधारको शुरुवात गर्ने हो। सम्पन्न गर्छौं भनेका छैनौं। शुरुवात हामीले गर्र्छांैं। दाताहरुले सहयोग गर्नुहुन्छ। काम सम्पन्न पनि हुन्छ। जस्तो हामीले त्रिशूल ल्याउदा पनि हामीस“ग एक पैसा थिएन। मात्रै विष्णु आचार्य र बसुन्धरा न्यौपानेले गरेको एक÷एक लाख रुपैया“ दानले त्यसको पूर्वाधार खोजी थालिएकोमा अहिले ८८ लाख रुपैया“ खर्च गरेर विश्वकै अग्लो त्रिशुल धारापानी धाममा राखेका छौं। यो त दाङको पहिचानकै रुपमा स्थापित भएको छ। भोलि पाठशाला पनि चल्छ भन्ने लाग्छ।

गुरु र बटुक पनि चाहिएलान् ?

मैले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिस“ग पनि कुराकानी गरेको छु। एकचरण कुरा भइसकेको छ र उहा“ले तपाइ“हरुले बटुकको व्यवस्था गर्नुस् । संस्कृत विश्वविद्यालयबाट एकजना दरबन्दीसहितको गुरुलाई पठाउ“छांै भनेर आश्वासन दिनुभएको छ। त्यस्तै शिक्षा समन्वय इकाईबाट पनि त्यही खालको सहयोग गर्ने कुरा भएको छ। आवश्यक पूर्वाधार र आधारभूत आवश्यकता पूर्तिको व्यवस्था गर्न सकियो भने बटुक पनि आउछन्।

नजिकै सौंडियारमा वेद पाठशाला छदैछ, छुट्टै किन चाहियो ?

होइन त्यो भन्दा अलि फरक हुन्छ। हामीस“ग स्रोत पनि हुन्छ। दान पेटिकाबाटै मासिक ६०÷७० हजार जम्मा हुन्छ। बटुकहरुलाई खान बस्नका लागि पनि संस्थागतरुपमै सहज बनाउन सकिन्छ। त्यसैगरी धारापानी क्षेत्र असाध्यै उत्पादन हुने क्षेत्र हो। अलि–अलि मुष्ठी दान त्यहा“का भक्तजनहरुले गर्नुभयो भने पनि हामी सजिलै पाठशाला चलाउ“छौं। सौंडियारमा केही व्यक्तिहरुको प्रयासले सञ्चालन गरिएको छ। त्यो भन्दा अलि फरक हिसावले सञ्चालन गरी धारापानी धामलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न यसले ठूलो भूमिका खेल्नेछ।

जंगलमा ध्यान केन्द्र भन्नु भएको छ कस्तो हुन्छ त्यो ?

मान्छेहरुलाई विभिन्न कारणले तनाव सिर्जना हुन्छ। के गरु“, कसो गरु“ भन्ने हुन्छ। त्यस्तो बेलामा त्यहा“ गएर ध्यान गरे तनावमुक्त हुन सकिन्छ। धर्मशास्त्रले मुक्ति प्राप्तको कुरा गरेको छ नि कम्तिमा तनाव व्यवस्थापन गरेर दीर्घ जीवन बनाउन यसले मद्दत पुग्नेछ भन्ने हामीलाई लागेको छ। शान्त ठाउ“ जहा“ ध्यान केन्द्र हुन्छ त्यहा कोलाहल हुदैन। मन्दिरका घण्ट, शंख बजेकोमात्रै सुनिन्छ। त्यस्तो शान्त ठाउ“को छनोट हामीले गरिसकेका छौं।

धारापानी कस्तो बन्दैछ अब ?

हाम्रो सपना त्यहॉ पुग्दा बित्तिकै आध्यात्म झल्कियोस् भन्ने हो। त्यसका लागि आवश्यक पूर्वाधार निर्माण अबको प्राथमिकता हो। ध्यान केन्द्र, वेद पाठशाला, गौशाला, शान्त ठाउ“, एक हजार आट बरपिपल रोप्ने योजनाअनुरुप पा“च सय ८४ बरपिपल रोपेर हुर्काउदैछौं। कम्तिमा चौतारामा बसेर शीतल हावा खाने र आनन्द लिने ठाउ“का रुपमा विकास गरिदैछ। गुरु योजनाको काम भइरहेको छ। दाङको नमूना बनाउने र धारापानी त नपुगी ह“ुदैन भन्ने खालको वातावरण बनाउनेगरी काम ह“ुदैछ। भक्तजनहरुले माया गर्नुभएको छ। हिजोआज धारपानीमा भक्तजनहरुको आवतजावत बाक्लिएको छ।

पानी र आवासको व्यवस्था सहज हुनुपर्ला नि बाहिरका  भक्तजन आउदा त ?

जिल्ला खानेपानी डिभिजनले एकलाख लिटरको खानेपानी ट्याङ्की बनाइदिएको छ। भरत पोख्रेलले एक लाख लिटरको ट्याङ्की बनाइदिनुभएको छ। बोरिङ गरेर लिफ्टिङ गर्ने योजना हो हाम्रो। गत साल चार इञ्चको पानीका लागि गरिएको बोरिङ दुई इञ्चको पानी आयो, योजना असफल भयो। अहिले फेरि बोरिङ गर्दैछौं। त्यसबाट पानी लगियो भने पानीको समस्या नहोला। अस्थायीरुपमा बबई नजिकै कुवा खनेर लिफ्टिङ गरेर लगेका छौं। अहिले पनि मन्दिर क्षेत्रमै १८ वटा धारा चलिरहेका छन्। कहिलेकाहीं लिफस्टङ गर्दा विद्युतको समस्याले पानी कम आउन सक्छ नत्र अहिले पानीको समस्या छैन।

महायज्ञको कार्यक्रम के–के छन् ?

फागुन ११ गते उद्घाटन कार्यक्रम हुन्छ। फागुन १२ गतेदेखि कथा वाचनको कार्यक्रम छ। १२ र १३ मा लक्षवर्तिका, १५ र १७ गते ब्रतबन्ध र लक्षवर्तिका, १६ गते चौरासी पूजालगायतका अनुष्ठानहरु हुनेछन् र १८ गते समापन गरिनेछ।

भक्तजनहरुलाई भन्नैपर्ने केही छ ?

फागुन ११ देखि १८ गतेसम्म धारपानी पुग्नका लागि र कथा श्रवण गर्नका लागि म सबै भक्तजनहरुलाई चुले निम्तो गर्न चाहन्छु। सबै ठाउमा चिट्ठी पठाइएको छ। पुगेन भने पनि चिट्ठी लेख्ने म नै हु यही पत्रिकामार्फत मेरो तर्फबाट र आयोजकको तर्फबाट सबैलाई निम्तो गर्न चाहन्छु। आउदा समस्या हुदैन। हामीले यातायात व्यवसायी, ट्राफिक, प्रहरी, प्रशासन, राजनीतिक दलहरुस“ग बसेर भक्तजनहरुलाई सहज आवतजावतका लागि व्यवस्था गरेका छौं। यातायात व्यवसायीहरुले नियमितको बेला भन्दा भाडामा केही छुट दिएर धारापानी लैजाने, ल्याउन सवारी साधनको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको छ। अटो व्यवसायीहरुले पनि भाडामा छुट गर्ने प्रतिबद्धता जनाउनुभएको छ। त्यसैले आउने, जाने समस्या हुनेछैन। ढुक्कसाथ आउन र कथा श्रवण गरिदिन सबैमा अनुरोध गर्न चाहन्छु।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top