Free songs
Home / समाचार / प्रमुख समाचार / २४ औं जनयुद्ध दिवस : संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उपलब्धि

२४ औं जनयुद्ध दिवस : संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उपलब्धि

युगबोध समाचारदाता

घोराही । नेपालमा चलेको दश वर्षे जनयुद्ध देशको ऐतिहासिक राष्ट्रिय पूजीको रुपमा स् थापित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ताहरुले बताएका छन्। २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धको २४ औं वर्षगा“ठका अवसरमा बुधवार घोराहीमा आयोजित नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनीहरुले जनयुद्ध नेपाली इतिहासमा राष्ट्रिय पूजीका रुपमा दर्ज भएको बताए।

‘कसैले सशस् त्र युद्ध, कसैले जनयुद्ध भन्ने गरे पनि यो समयको आवश्यकता र बाध्यता थियो’– कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस् य जगप्रसाद शर्माले भन्नुभयो– ‘नेपालको राजनीतिक, सामाजिक र सांस् कृतिक परिवर्तन गर्ने अभियानमा जनयुद्ध राष्ट्रिय सम्पत्तिका रुपमा स् थापित छ।’ उहा“ले जनयुद्धकै बलमा भएको जनआन्दोलनबाट नेपालमा निरंकुश राजतन्त्र ढल्न पुगेको स् मरण गर्दै हतियार नउठाएको भए नेपाली समाज यहा“सम्म आउन गाह्रो रहेको बताउनुभयो। ‘हतियार उठाउनु बाध्यात्मक परिस् िथति थियो तर त्यो समयको आवश्यकता पनि हो’– नेता शर्माले भन्नुभयो– देशमा आएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणाली जनयुद्धकै उपलव्धि हुन्।’

नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनमा जनयुद्धको ठूलो भूमिका रहेको चर्चा गर्दै नेकपाका नेता एवं पा“च नं. प्रदेशसभा सदस् य अमरबहादुर डा“गीले महिला, दलित, जनजातिलगायत पिछडिएका वर्गहरुलाई राजनीतिमा ल्याउने ताकत जनयुद्धले दिएको बताउनुभयो। ‘जनयुद्धकै धक्काले सामन्तवादका जरा हल्लाएको घामजस् तै छर्लङ्ग छ’– सांसद डा“गीले भन्नुभयो– ‘सामन्तवाद ढालेर देशमा गणतन्त्र ल्याउन जनयुद्धको महत्वपूर्ण भूमिका रह्यो भन्न कोही हिच्किचाउनुह“ुदैन।’ नेकपाकी नेतृ एवं प्रदेशसभा सदस् य दामा शर्माले कमैया, कम्लरीजस् ता दासप्रथाको अन्त्य जनयुद्धकै माध्यमबाट गरिएको भन्दै नेपालमा रहेका तमाम विकृति अन्त्य गर्ने आन्दोलनको रुपमा जनयुद्ध स् थापित भएको बताउनुभयो।

तर परिवर्तित अवस् थामा जनयुद्धका उपलव्धि जोगाउनु महत्वपूर्ण भन्दै नेकपाका केन्द्रीय सदस् य एवं प्रदेशसभा सदस् य इन्द्रजीत थारुले भन्नुभयो–
‘जनयुद्धका माध्यमबाट हामी यहा“सम्म आइपुगेका छौं, हामीले पाएका उपलव्धिको रक्षा गर्नु पनि हाम्रै अभिभारा हो, यसमा सजग भएर लागौं।’ जनयुद्धका माध्यमबाट राजनीतिक परिवर्तन भए पनि समाजवाद, साम्यवादसम्म पुग्ने लक्ष भेटाउन निरन्तर संघर्षमा लाग्नुपर्ने थारुको भनाइ थियो। विभिन्न आन्दोलनको जगमा आज कम्युनिष्टहरुको सरकार स् थापित भएको भन्दै नेकपाका नेता शोभाराम बस् नेतले सत्तामा पुग्दा आन्दोलन गर्नेहरुलाई भुल्न नहुने बताउनुभयो।

‘जनयुद्धलगायत नेपाली कम्युनिष्ट आन्दोलनमा सबथोक छोडेर हिजो हिडेकै हौं, भोलि पनि हि“ड्न तयार छौं’– बस् नेतले भन्नुभयो– ‘तर जीवन त्यागेर आन्दोलन गर्नेहरुको मूल्यांकन हुनुपर्छ।’ पैसा हुनेहरुमात्रै चुनाव लड्ने र पदमा पुग्ने हो भने आम गरिवहरुले आन्दोलनमा लागिरहनुको अर्थ नहुने बस् नेतको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यदलका सदस् य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस् यहरु नरुलाल चौधरी, नारायणी शर्मा, नेकपाकी प्रदेश कमिटी सदस् य मेनका पोख्रेल, नेताहरु नरबहादुर अधिकारी, शम्भु गौतमलगायतले जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो। जिल्ला कार्यदल सदस् य निर्मल आचार्यले विषय प्रवेश गराउनुभएको कार्यक्रममा स् वागत जिल्ला कार्यदल सदस् य शिवकुमार आचार्य र सञ्चालन कार्यदल सदस् य सुवास पुनले गर्नुभएको थियो।

अनेमसंघ क्रान्तिकारीद्वारा ¥याली
यसैबीच २४ औं जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले घोराहीमा ¥याली निकालेको छ। अविर यात्रा गर्दै बजारका विभिन्न भागको परिक्रमा गर्दै नारा, जुलुस गरिएको हो। ¥याली घोराही उपमनपा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पुगेर समापन गरिएको थियो।

सहिदको बलिदानका कारण मुलुकमा समृद्धि ः मुख्यमन्त्री

यसैगरी प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सहिदहरुको बलिदानका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ।

जनयुद्धको २४ औं वार्षिकोत्सवको अवसर पारेर बुधवारदेखि बुटवलमा शुरु सहिद स् मृति कप खुला नकआउट फूटबल प्रतियोगिता उद्घाटन समारोहमा उहा“ले सहिदको बलिदानको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो। उहाले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण गर्दै अबका दिनमा कसैले पनि रोजगारीको हकबाट बञ्चित हुनुनपर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘आजको दिन ऐतिहासिक दिन हो, यो दिन युवाका लागि कोसेढुङ्गा सावित हुनेछ।’ परिणामलाई सहजै स् वीकार गर्ने खेलाडीको संस् कारबाट राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्ने भन्दै उहा“ले यसले राजनीतिक संस् कृतिलाई व्यवस् िथत गर्ने बताउनुभयो।

कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो। सहिद स् मृति खेलकूद क्लबको आयोजना र मदन भण्डारी स्पोर्टस् एकेडेमीको सहकार्यमा आयोजना गरिएको प्रतियोगितमा १० समूहको सहभागिता रहेको क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिनुभयो।

प्रतियोगिताको उपाधि विजेताले नगद रु. एक लाख एक हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेताले नगद रु. ५० हजार पा“च सयसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top