Free songs
Home / फिचर समाचार / १६ वर्षदेखि ओछ्यानमा

१६ वर्षदेखि ओछ्यानमा

सागर रिजाल

प्युठान । जन्मदै पहेंला आखा, नचल्ने शरीर, इसाराले कुरा गर्नुहुन्छ। उहा“ बेला–बेला आफै आफै रुनुहुन्छ कराउनुहुन्छ र फेरि भुल्नुहुन्छ।

अरुका कुरा सजिलै बुझनुहुन्छ सुन्न पनि सक्नुहुन्छ तर जवाफ फर्काउने सामथ्र्य उहा“स“ग छैन। ऐरावती गाउ“पालिका–५ झिवाङका यज्ञ बोहोरा हुनुहुन्छ उहा। सानो घरको भुइतलाको एउटा खाटमा दाहिनेतिर कोल्टे परेर उहा“ पल्टिरहनुहुन्छ। उहा“का हातखुट्टा चल्दैनन्। दिशापिसाब ओछ्यानमै गराउनुपर्छ। कोल्टे फेर्न समेत सक्नुहुन्न उहा“। रातदिन एकजना धराले चाहिन्छ उहा“को हेरचाहका लागि।

अतिबिपन्न परिवारका उहा“ जन्मेदेखि नै ओछयानमा थला पर्नुभएको छ । १६ वर्षदेखि बोहोरा घरको एउटै ओछ्यानमा हुनुहुन्छ। उहा“लाई के रोग लागेको हो भन्ने नै थाहा हुन सकेको छैन। ‘जन्मदाखेरी नै आ“खा पहेंला थिए। जन्मेदेखि नै ओछ्यानमै छ । उसको धरालो बसेरै दिनरात बित्छ’– उहा“की आमा सीता बोहराले भन्नुभयो। परिवारले प्यालेको संक्रमण हो कि भनेर अस् पताल लगे। विजुवार, बुटवलका अस् पतालमा उपचारका लागि यज्ञलाई पु¥याए। तर यहा“ पनि उपचार सम्भव देखिएन। त्यसपछि भारतको पञ्जाव पिजीआई, र मनारी हस् िपटलमा पु¥याएको आमा सीताले बताउनुभयो। मनारी अस् पतालमा चिकित्सकले सात वर्षसम्म लगातार औषधि खानुपर्छ भनेर बताएको थियो।

औषधि महङ्गो किन्ने परिवारको हैसियत थिएन। किनकि गरिव थिए। दुई वर्षसम्म त दैनिक जेनतेन औषधि खुवाए। शुरुमै व्याजे पैसा ऋण काढेर अस् पताल पु¥याएका थिए। ‘ऋण लिएको रकम छदासम्म औषधि खुवाइयो’–सीताले भन्नुभयो– ‘छोराको उपचारमा १० लाखभन्दा बढी रकम सकियो। बिसको उन्नाइस भएन।’

ऋणको भार थोपरियो तर छोरालाई निको नभएको उहा“ले सुनाउनुभयो। ‘कोही मनकारी सहयोगी भैदिए छोरा उठ्थ्यो कि ?’– बोहरा भन्नुहुन्छ– ‘ऊ हट्टकट्टा र फुर्तिलो भएको हेर्ने रहर छ।’ डाक्टरले सात वर्षसम्म औषधि सेवन गरे तपाइ“को छोरोलाई निको हुन्छ। ऊ हिड्न सक्छ भनेका थिए। ‘औषधि किन्ने केही उपाय हामीसग छैन’– बिरामीकी आमा सीता बोहराले भन्नुभयो। सीताका श्रीमान मधु बोहोराको पा“च वर्षअघि हृदयघातका कारण मृत्युभयो।

यज्ञसहित उहा“का दुई भाई छोरा छन्। ठूलो छोरा विस् तारामा मुढो झै पल्टिरहेको छ। ‘कान्छो छोराको पनि आखा पहेलो छ। तर अरु समस् या देखिएको छैन’– उहा“ भन्नुहुन्छ। छोराको हेरचाह गर्नुपर्ने भएकाले अरु केही काम गर्न नपाएको उहाको भनाइ छ।

त्यसैले घरको अवस्था समेत दिनदिनै कमजोर बन्दै गएको छ। ऐरावती गाउपालिकाले यज्ञ बोहरा अपांगता भएको भनेर मासिक दुई हजार र आफूलाई बिधवाभत्ता एक हजार रुपैया“‘ उपलब्ध गराउछ। त्यसैबाट उहाले गुजारा चलाएको बताउनुभयो। कान्छो छोरा स् कूल पढ्छन्। आर्थिक अभावले कान्छो छोराको लागि कापी किताब किनिदिन समेत समस्या भएको उहा“ले बताउनुभयो। उहा“ले आफ्नो आर्थिक अवस् था कमजोर भएकाले सहयोग गरिदिन सबैमा आग्रह गर्नुभएको छ।

डाक्टरले आमाको गर्भमा भएको समस् याले यज्ञलाई यस् तो समस् या आएको उपचारमा जा“दा डाक्टरले बताएको बालकका हजुरबुवा चुमानसिंह बोहोराले बताउनुभयो। तर डाक्टरले उपचार संभव छ भनेका छन्। उहा“का अनुसार धेरै पटक धेरै ठाउ“ उपचार गर्न लैजा“दा समेत सञ्चो नभएपछि आश मरिसकेको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top