Free songs
Home / फिचर समाचार / सेवारखोलाको हरितपार्क जोगाउन हारगुहार

सेवारखोलाको हरितपार्क जोगाउन हारगुहार

 गोविन्द खड्का

घोराही। श्रीकृष्ण मन्दिर तथा हरित पार्क व्यवस् थापन समिति घोराही–१३ ले परिसर अतिक्रमणबाट जोगाइदिन आग्रह गरेको छ।

समितिका अध्यक्ष पूर्णबहादुर थापाले ढ्याब्ली तथा टहरा बनाएर पार्क क्षेत्र मिचेको जानकारी दिदै संरक्षण गरिदिन सबैमा आग्रह गर्नुभयो।
उक्त क्षेत्रमा अनाधिकृतरुपमा अतिक्रमण गरी निर्माण भएका र हु‘“दैगरेका ढ्याब्ली तथा टहरा लगायतका संरचना हटाइदिन वडाध्यक्ष रवि घर्तीलाई लिखित अनुरोध गरेको समितिले जनाएको छ। २०७४ माघ ९ गते वडाध्यक्षलाई सम्बोधन गरेर लेखिएको अनुरोधपत्र नय युगबोध राष्ट्रिय दैनिकलाई समितिका अध्यक्ष थापाले उपलब्ध गराउनुभएको छ। उक्त निवेदनमा स् थानीय गीता केसीले हरित पार्क क्षेत्रमा अतिक्रमण गरेको उल्लेख छ।

यसैगरी समितिले २०७५ पुस १८ गते घोराही उपमहानगरपालिकाको कार्यालयलाई पनि त्यसै प्रकृतिको लिखित अनुरोध गरेको छ। स् थलगत अध्ययन गरी कानुनअनुसार गर्ने भनेर पूर्वाधार विकास महाशाखालाई उपमहानगरबाट माघ १७ गते तोक लागेको निवेदनको छाया“ कपि पनि समितिले उपलब्ध गराएको छ। त्यसै निवेदनमा कानुन मामिला शाखालाई पनि तोक लागेको छ। त्यसमा १३ नं. वडालाई २०७४ माघ ९ गते अनुरोध गरेको उल्लेख छ। लामो समय बितिसक्दा पनि कार्यान्वयन नगरेको गुनासो गरिएको छ।

त्यसैगरी समितिले २०७४ मंसिर १ गते गीता केसीलाई पत्र काटेरै अतिक्रमण गरी बनाइएका घर टहरा हटाइदिन अनुरोध गरेको छ। त्यसै वर्षको कार्तिक ३० गते बसेको समितिको बैठकले केसीलाई ढ्याब्ली तथा टहरा आफै हटाउन अनुरोध गरेको छ। उक्त बैठकमा वडाध्यक्ष, प्रहरी पोष्ट नया“ वसपार्कका प्रमुखलगायतको उपस् िथति रहेको उल्लेख छ। स–सम्मान हटाउन १५ दिने म्याद दिएको छ। त्यो म्याद गुज्रिएको वर्ष दिन नाघ्दा पनि समस् या उस् तै छ।

आवश्यक कानुनी तथा व्यवहारिक प्रक्रिया पूरा गर्दा पनि उचित निकास पाउन नसकेको समितिले जानकारी दिएको छ। समितिका अध्यक्ष थापाका अनुसार अन्तिम विकल्प घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई सम्बोधन गरी २०७५ माघ २२ गते ज्ञापनपत्र बुझाएको छ। प्रमुख चौधरीले हुन्छ, हेरौंला, गरौंला भनेर टारेको समितिको गुनासो छ। उपमहानगरपालिकाले आफ्नो महत्वपूर्ण सार्वजनिक स् थल जोगाउन सक्रियता देखाइदिन आग्रह गरेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो। तर पनि ठोस पहल हुन सकेको छैन। अतिक्रमण गर्नेहरु थपिने जोखिम दिनदिनै बढिरहेको छ।

समितिले उपलब्ध गराएका लिखित विवरण अनुसार २०६७ पुस २६ गतेदेखि नै पार्क बनाउने पहल थालिएको थियो। खुला शौचालयका रुपमा विकृत भएको सेवारखोला किनारको उक्त भूगोललाई संरक्षण गरी मन्दिर तथा हरित पार्कका रुपमा विकास गर्ने र धार्मिक पर्यटकीय क्षेत्र बनाउन स् थानीयले पहल थाले। त्यसलाई घोराही नगरपालिकाले बैधता दिएको थियो। कानुनसम्मत दर्ता प्रक्रिया पूरा गरी समिति अघि बढेको छ र संरक्षण थालेको छ।

उक्त स् थानमा पूर्वराज्यमन्त्री एवं नगरप्रमुख स् व यज्ञबहादुर बुढाथोकी, प्रदेशसभा सदस् य एवं पूर्व नगरप्रमुख अमरबहादुर डा“गीलगायतको उपस् िथतिमा तत्कालीन कार्यकारी अधिकृत नेवबहादुर ओलीले २०७० जेठ ३१ गते उद्घाटन गर्नुभएको उल्लेख गरिएको छ। त्यसपछि स् थानीय टोल विकास संस् था, मन्दिर समितिलगायत निर्माण कार्यमा हौसिएका छन्। आफ्नो क्षमताअनुसार विभिन्न व्यक्ति र संस् थाबाट सहयोग जुटाएर भौतिक पूर्वाधार बनाएको छ। पटक–पटक थप्दै जा“दा धेरे संरचनाहरु निर्माण गरिएका छन्।
अहिलेसम्म घोराही नगरपालिकाबाट पटक– पटक एक लाख पचास हजार, शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत तत्कालीन जिविसबाट दुई लाख, शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट तीन लाख नगद सहयोग प्राप्त भएको उल्लेख छ। हरित पार्क निर्माण अभियानलाई निरन्तरता दिन २०७२ साउन ३ गते तत्कालीन माननीय सभासद राजु खनाल, अनिता देवकोटा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेलगायतको सहभागितामा वरपिपल, कपुर, रुद्राक्ष र श्रीखण्डका विरुवा रोपिएको छ।

समितिले मन्दिरको पूर्वउत्तर ४० मिटरदेखि दक्षिण पश्चिम दुई सय २५ मिटर क्षेत्र संरक्षण हुनुपर्ने माग गरेको छ। अटेरी गरी निर्माण गरिएका संरचना हटाइनुपर्ने, भविष्यमा कोही कसैबाट अतिक्रमण नहुने गरी कानुनी व्यवस् था मिलाइनुपर्ने, परिसरमा रहेको कार्यालय, मन्दिर, स् टोर भवन, गौशाला भवन, दुर्गा मन्दिर, गणेश मन्दिरलगायतको सुरक्षा मिलाइनुपर्ने नगरप्रमुख नरुलाल चौधरीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यस सन्दर्भमा घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सीता न्यौपानेलाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन। वडाध्यक्ष रविलाल घर्तीले आफू कार्यक्रममा रहेको जानकारी दिदै कार्यालय समयमा सबै कुरा बुझेर प्रक्रियामा जाने जानकारी दिनुभयो। तर समितिले सबै ठाउ“मा हारगुहार, विन्तीभाउ गर्दा पनि उचित निकास नपाएको बताएको छ। खुला क्षेत्र, हरित पार्कजस् तो महत्वपूर्ण स् थल संरक्षणमा चासो देखाइदिन सबैमा आग्रह गरेको छ। यस् ता सार्वजनिक स् थल एवं धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण गर्नु वडाको दायित्वमा पर्छ। रेखदेख, संरक्षण र विकासको जिम्मेवारी वडा कार्यालयको हो। ठोस पहल नथालिदा जोगाउनै मुस् िकल हुने अवस् था आएको अध्यक्ष थापाले जानकारी दिनुभयो। यसका बारेमा केसीको प्रतिक्रिया लिने प्रयास गरिए पनि  सम्पर्क हुन सकेन।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top