Free songs
Home / विचार / राष्ट्रिय विभूतिका हकदार प्रथम सहिद लखन थापा मगर

राष्ट्रिय विभूतिका हकदार प्रथम सहिद लखन थापा मगर

सावित्रा राना

‘म मर्न गइरहेको छैन, यदि म मूर्दा अवस् थामा परिणत भए भने जंगबहादुरको पनि प्राण अन्त्य हुनेछ।’ यो भनाइ नेपालका प्रथम सहिद लखन थापा मगरले त्यति बेला भनेका थिए, जतिबेला राणातन्त्र विरुद्ध विद्रोह गरेको अभियोगमा वि.संं. १९३३ फागुन २ गते गोरखा बुङकोटको काहुले भंगारमा राणा शासनका प्रवर्तक जंगबहादुरका जल्लादहरुले उनलाई झुण्ड्याउने तयारी गर्दै थिए। व्यक्ति मारेर विचार मार्न नसकिने कुरा बुझेका लखनले आफ्नो मृत्युवरणलाई हार वा मृत्युको रुपमा लिएनन्।

जंगबहादुरले उनको भौतिक शरीरको अन्त्य गरे पनि उनले नेपाली जनतामाझ प्रदान गरेको स् वतन्त्रता र प्रजातन्त्र प्राप्तिको चेतना जीवन्त रहिरहने उनको विश्वास थियो। नश्वर देह नरहे पनि नेपाली धर्तीमा उनको विचार जीवित रहेसम्म आफू बा“चिरहने लखनको बुझाइ थियो। नेपाली जनतामाझ आफूले छरेको चेतनाको बीजले सचेत र जागरुक नेपाली समाजको निर्माण भइ प्रजातान्त्रिक आन्दोलनको ज्वारभाटाले एक दिन जंगबहादुर र उनको निरंकुश शासनको अन्त्य गराएरै छाड्ने उनमा विश्वास थियो।  त्यसैले निरंकुशता लामो समयसम्म टिक्न नसक्ने उद्घोष गर्दै जंगबहादुर र उनका हिमायतीहरुप्रति चेतावनीस् वरुप लखनले माथिको मार्मिक उद्गार व्यक्त गरेका थिए।

प्रथम सहिद लखन थापा मगरले त्यतिबेला विद्रोहको झण्डा उचालेका थिए, जतिबेला नेपाली जनता जंगबहादुरको अत्याचारी शासन व्यवस् था विरुद्ध चू सम्म पनि गर्न सक्दैनथे। नेपाली जनतामा भित्रभित्रै राणाशासन विरुद्ध असन्तोष र आक्रोश बढिरहेको थियो। तर त्यतिबेला जंगबहादुर र राणाशासनको विरोध गर्नु भनेको कालको निम्तो दिनु जस् तै हुन्थ्यो। त्यति बेला नेपाली समाजमा ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन’ भन्ने उखान चलेको थियो। त्यसैले जनताको असन्तोष र आक्रोश बाहिर आउन सकेको थिएन। त्यस् तो अन्योलपूर्ण अवस् थामा राणातन्त्र विरुद्ध नेपाली जनताको तर्फबाट पहिलो वाणी दिने कार्य लखनले गरे। जुन कार्य तत्कालीन अवस् थामा चानचुने थिएन।

लखन थापाको विद्रोह रणनीतिक र योजनाबद्ध थियो। प्रजातान्त्रिक शासन व्यवस् थाको आधारभूत राजनीतिक दस् तावेज लेखेर गोरखा जिल्लाको बुंकोट काहुलेको भंगारमा राणातन्त्र विरुद्ध किल्ला बनाई सैन्य तयार गरिएको थियो। जनताको समर्थन र सहभागितामा लखनको नेतृत्वमा विद्रोही सरकार समेत गठन गरिएको थियो। यो नै नेपाली जनताको सहभागितामा जंगबहादुरविरुद्ध बनेको पहिलो वैकल्पिक सत्ता थियो। जसले निरंकुश जंगबहादुरको मुटु हल्लाउन सफल भयो। धर्मप्रति अगाध आस् था र विश्वास राख्ने नेपाली समाजको तत्कालीन जनताको समर्थन जुटाउन लखनले किल्ला परिसरभित्र मनकामना देवीको मन्दिर र जोसमती सम्प्रदायको समेत स् थापना गरेका थिए। अशिक्षित र अविकसित नेपाली समाजका जनताको सहभागिता बढाउने रणनीतिको रुपमा उनले यो कार्य गरेका थिए। जसले गर्दा दुई हजार भन्दा बढी जनता विद्रोहमा सहभागी गराउन सफल भएका थिए। बाहिरीरुपमा धार्मिक व्याख्या भइरहेको प्रचार गरी उपस् िथत जनतालाई प्रजातान्त्रिक आन्दोलनमा सहभागी गराउन राजनीतिकरुपमा प्रशिक्षित गराउने कार्य चतुरतापूर्ण तरिकाले लखनले गरेका थिए।

जंगबहादुरले नेपाल म्लेच्क्ष (अंग्रेज) लाई बेच्यो । दुनियालाई त्राही त्राही पारिरहेको छ। राणातन्त्रका विरुद्ध जनतालाई एकजुट भइ विद्रोहमा लाग्न उनी आह्वान गर्थे। तत्कालीन भारतीयहरुले अंग्रेजको औपनिवेशिक शासन व्यवस् था विरुद्ध गरेको सिपाही विद्रोह दबाउन जंगबहादुर आफै नेपाली फौज लिएर भारत गएका थिए। भारतमा बेलायती उपनिवेश टिकाई उनीहरुकै आशीर्वादमा नेपालमा निरंकुश राणाशासन कालान्तरसम्म कायम राख्ने जंगबहादुरको योजना थियो। त्यस् तो असैह्य योजना र कार्यप्रति रोष प्रकट गर्दै जंगबहादुरले नेपाल म्लेच्क्ष (अंग्रेज) लाई बेच्यो भनी लखनले नेपाली जनमासमा चेतनाको सञ्चार गराएका थिए। जतिसुकै यातना दिए पनि लखन थापा मगर राणा शासकसामु कहिल्यै झुकेनन्। उनको विद्रोह दमन गर्नको लागि जंगबहादुरले कान्छा भाइ धिरशमशेरको नेतृत्वमा पठाएको फौज र लखन थापाको विद्रोही सेनाबीच गोरखामा भीषण युद्ध भयो। विद्रोहीतर्फ गोली बारुद सकिएपछि युद्ध रोकियो। तर आत्मसमर्पण गर्न नमानेकाले लखन र उनका सहयोगीहरुलाई पक्राउ गरी बा“सको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौं पु¥याइयो। काठमाडौं थापाथली दरवारमा लखन थापा र उनका सहयोगीहरुलाई कोर्रा ठोकी गम्भीर यातना दिइयो।

असैह्य यातनाले गर्दा कतिपयले आत्मसमर्पण समेत गरे । तर लखन थापा र जयसिंह चूमीलगायतका व्यक्तिहरुले आत्मसमर्पण गरेनन्। बरु गोरखाको आफ्नै किल्लाको परिसरमा फा“सीको डोरीमा फुण्डिएर मृत्युवरण गर्न तयार भए। आत्मसमर्पण गर्न तयार नभएपछि सबैभन्दा पहिलो नेता लखन थापालाई छाला काढेर बर्बर ढंगले फॉ“सीमा झुण्ड्याइयो। त्यसपछि जयसिंह लगायत अन्य पा“च जनालाई सोही ठाउमा फासी दिइयो।

सहिदहरुको शहादत व्यक्तिगत लाभ वा स् वार्थ प्राप्तिको लागि भएको हु‘“दैन। उनीहरुले देश र जनताको हितका लागि निस् वार्थ भावले बलिदानको बाटो अंगीकार गरेका हुन्छन्। तर उनीहरुको योगदानको उचित मूल्यांकन र सम्मान गर्ने दायित्व सिंगो राज्यको हुन्छ। जुन जिम्मेवारीबाट लोकतान्त्रिक राज्य विमुख हुन मिल्दैन।

प्रथम सहिद त्यस् तो उपाधि हो जुन सम्मान त्यो देशको इतिहासमा एकजनालाई मात्रै प्राप्त गर्ने सौभाग्य मिल्छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा प्रथम सहिदको त्यो गौरवपूर्ण स् थानमा लखन थापा मगरको नाम अंकित भएको छ। राणातन्त्रका प्रवर्तक जंगबहादुर राणाकै शासनकालमा जनस् तरबाट पहिलो पटक विद्रोहको शंखघोष गरी फा“सीको सजाय प्राप्त गरेको हुनाले इतिहासका पानाहरुमा धेरै अघिदेखि नै नेपालको पहिलो सहिदको रुपमा उनको नाम उल्लेख भएको थियो। प्रजातन्त्र र स् वतन्त्रताका अग्रदूत लखन थापा मगरलाई जनस् तरबाट पहिलो सहिदको रुपमा स्मरण र सम्मान हुने गरेको भए पनि राज्यबाट प्रथम सहिदको औपचारिक सम्मान प्रदान गर्ने निर्णय भने वि.सं. २०७२ असोज ३ गतेको मन्त्रिपरिषदको बैठकले गरेको छ। यसअघि वि.सं. २०५६ फागुन ११ मा सरकारले उनलाई सहिद घोषणा गरेको थियो। प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा भएर पनि प्रजातन्त्र उदय भएको लामो समयसम्म उचित सम्मान नभइरहेको बिडम्बनापूर्ण स् िथतिमा ढिलै भए पनि सरकारले उनको शहादत र योगदानको कदर गरेर न्यायपूर्ण कार्य गरेको छ। सूर्यको प्रकाश जस् तै ज्वाजल्यमान भइरहेका सहिदहरु राष्ट्रका आदर्श पात्र हुन्। जसको शहादतले राष्ट्रको पहिचान, त्याग, जनअधिकार र राष्ट्रिय स् वार्थको लागि मार्गदर्शन गरिरहेको हुन्छ। उनीहरु राष्ट्रको अस् ितत्व, स् वतन्त्रता, समृद्धि, स् वाधिनता र पहिचानका द्योतक हुन्। राष्ट्रिय गौरवका पुञ्ज हुन् । जसप्रति सिंगो राष्ट्रको शीर श्रद्धाले झुकेको हुन्छ। राष्ट्रिय विभूतिहरु राष्ट्रको पहिचान र आदर्शका पात्रहरु हुन्। त्याग, बलिदान र शहादतका अग्रदूत हुन्। स् वतन्त्रता, स् वाधिनता र लोकतन्त्रका निशानी हुन्।

प्रथम सहिदले स् वतन्त्रता र लोकतन्त्र प्राप्तिको बलिदानीपूर्ण नेपाली इतिहास प्रतिबिम्वित गरेको हुन्छ। त्यसैले प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूतिका रुपमा विभूषित गरिनु राष्ट्रिय पहिचानको लागि समेत अत्यावश्यक छ। जुन कार्यले लोकतान्त्रिक व्यवस् थाको समेत सम्मान बढाउ“छ। प्रथम सहिदलाई राष्ट्रिय विभूतिको सम्मान दिनु उनको शहादती मार्ग अवलम्बन गर्ने सम्पूर्ण सहिदहरुप्रति सम्मान पनि हो। त्यसैले प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेर उनले शहादत प्राप्त गरेको दिन फागुन २ गते प्रथम सहिद दिवसलाई राष्ट्रिय दिवसको रुपमा हरेक वर्ष औपचारिक तवरले मनाउनु आवश्यक छ।
(लेखक नेपाली कांग्रेस दाङका कोषाध्यक्ष हुनुहुन्छ)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top