Free songs
Home / विचार / मिडियाका असली उपभोक्ता जनता हुन्

मिडियाका असली उपभोक्ता जनता हुन्

नारायणप्रसाद शर्मा

आजको मिडिया आजको विज्ञान र प्रविधिको देन हो। जसको आर्थिक राजनीतिक र सामाजिक हैसियत ठूलो छ त्यसैले यसबाट बढी लाभ लिन्छ र आफ्नो हैसियत बढाउछ। जो तपाइ हामी सबैलाई स् वाभाविक लाग्न पनि सक्छ। तर नबिर्सौं मिडियाका असली उपभोक्ता आम जनता हुन्। लोकतन्त्रको सही सदुपयोग गर्न मिडियाबारे जनता पनि बेसी चनाखो हुनैपर्छ। २००७ सालपछि जनजागरण ल्याउने असली उद्देश्यले पत्रकारितामा धेरै युवाहरु लागि परेका हुन्। पञ्चायतकालमा प्रेस असाध्यै संकुचनमा मात्र हैन दमनमा पनि प¥यो। लोकतन्त्रको अभ्युदयपछि यो हलक्कै बढेको देखिन्छ। तर पनि यसमा थप चुनौती थपिएका छन्। यसलाई ठूला–ठूला निगम (बित्तीय कर्पोरेट) हरुले मुठ्ठीमा राखेर आफ्नो व्यापार कुम्ल्याउनमा प्रयोग गर्न सक्छन् वा धनीमानीकै स्वार्थ साधन गर्ने औजार मात्र बनाउन सक्छन्।

नेपालीहरु बाह्य संसारको विज्ञान र प्रविधि भिœयाउन बाध्य छन् । किनकि हाम्रा पुर्खाहरु त्यतापट्टि लाग्दै लागेन छन्। जताबाट विज्ञान र प्रविधि आयो उतैबाट जीवनशैली आयो। त्यसैले अर्काको राम्रो लाग्ने र आफ्नो नराम्रो लाग्ने रोग पनि लाग्यो। यसबाट सबै कुरामा हामी अर्काको मुख ताक्ने भयौं। हाम्रो शिक्षा पनि उस् तै भयो। यता जन्म्यो हुक्र्यो सिक्यो । तर उतै लोभियो । उतै सकियो। यसरी बे्रन ड्रेन अर्थात् पढे लेखेका बाहिरिएपछि जन्मेको देश र बाबुआमालाई घाटै भयो। नेपालमा शिक्षित अर्धशिक्षित र अल्पशिक्षितको जमात बढे पनि काममा चित्त नबुझ्दा र कामै नपाउ“दा विदेशिने पनि प्रवृत्ति ह्वात्तै बढेको बढ्यै छ।

शिक्षा प्रतिदिन महंगो बन्दै गएको छ। यो महंगीलाई रोक्ने साहस बुद्धि विवेक सरकारसग पनि देखिन्न। अभिभावकहरुको मानसिकता आजको रंगीविरंगी दुनिया“मा सन्तान रमाउन् भन्ने छ। भोलिको परिणामसित उनीहरु बेखबर छन्। शिक्षाको बजारले उनीहरुलाई पुरै दाबेको छ। शिक्षा– बजार कस् तो हुनुपर्छ भन्ने सम्बन्धमा उनीहरुको दिमाग लाग्नै सक्दैन। उनीहरु पनि रातारात कसरी लखपति र करोडपति बन्ने हो भन्ने ध्याउन्नमै छन्। शहरीकरणको उर्लदो भेल हेर्ने हो भने नेपाल विकसित देशहरुको दा“जोमा पुग्न लागेको जस्तो झलक पाइन्छ। तर व्यवहारमा बाइक चढे पनि गोजीमा तेल किन्ने रकम नहुदा झस् िकने युवा जस् तो नेपालको बेहाल हुने खतरा पनि छ।

आजभोलि सामाजिक सञ्जाल भन्ने नया“ शब्द सुनिन्छ। हाम्रा बुद्धिजीवी पत्रकारहरुबाट गढिएको शब्द हो यो। फेसबुक चलाउने सबै थरीथरीका मान्छेका हातमा जे खोज्यो त्यो फेला परिहाल्छ। यो रंगीन दुनिया“ले हामी नेपालीहरुको मन मस् ितष्कलाई पनि रंगीन तुल्याइदिएको छ। नेपालमा नया“ सभ्यता आइसकेको छ। त्यो फेसबुक सभ्यता हो। यसको सदुपयोग गर्ने पा“च प्रतिशत मान्छे पनि छन् कि छैनन्। अनुमानकै भरमा हो भने पक्षमा ओख्खै गर्ने केही अल्लारे छन् भने माथिका केही संभ्रान्तहरु पश्चिमी संसारबाट फैलाइएको बजारबाट उपभोक्तावाद र भौतिक सम्पन्नतालाई सर्वस् व ठान्ने पू“जीवादी व्यक्तिवादी सोचले ग्रस् त छन्।

मैले बोल्ने र लेख्ने कुरो पनि मेरो भोगाइ त हो। एउटा पत्रकारको नाताले ४०–४५ वर्षसम्म जे देखियो, जे बुझियो त्यही लेख्ने न हो। पत्रकारिता जतिसुकै राम्रो नराम्रो जे भए पनि मलाई अमन लाग्ने एउटा कुरा छ– हामी अधिकांश पत्रकारहरु आफूमुखी छैनौं, नेपालमुखी छैनौं। हामी धेरै पश्चिमामुखी छौं। युरोप, अमेरिकातिरबाट पैठारी भएको मालसामान मात्र हैन, विचार, चिन्तन, शैलीजस् तामा बढी लिप्त छौं। वस् तुतः धेरैजसो उतैका प्रोडक्सन (उत्पादन) हौं। उतैबाट पढी लेखी आएका, उतैको संस् कार बोकेका। त्यही कुरा नेपालमा ओकल्ने। मेरो अनुभवले त्यस् तै देख्छ। मेरो सीमाभन्दा बढी जान्ने म कसरी हुनसक्छु र ?

यति हु“दाहु“दै पनि मेरो दृढ विश्वास के छ भने हिलैमा कमल फुल्ने हो। यो प्रकृतिको नियम हो। त्यो हिलोबाट हामी कमल बन्न सक्नुपर्छ।

लामो जीवन यस् तै संकल्प गर्नमा बित्यो। नेपालीहरु साह्रै अप्ठ्यारोमा छन्। हामी पनि त आजको भूमण्डलीकरणको जमानामा छौं। हाम्रो सञ्जाल, हाम्रो पत्रकारिता, हाम्रो मिडिया भूमण्डलीकरण (न्यिदबष्किष्यल) नहुने कुरै भएन। यसलाई मीठो भाषामा ‘विश्वग्राम’ पनि भन्ने गरिएको छ। यसबाट फाइदा लिन आजका विश्व बजारका मालिक ठूला–ठूला कम्पनी मालिक हुन्। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एशियाली विकास बैंक आदिका मालिक पश्चिमा कुबेरपतिहरुको संलग्नता यसमा बढी छ। जसरी अर्थ जगतमा अति धनाढ्यहरुको दबदबा छ त्यसरी नै मिडिया (पत्रकारिता) पनि त्यसको सर्वग्रासी छाप छ।

यो कुरा मैले मात्र एक्लै बोलिराखेको छैन। बालुवामा सुन पाइए झैं कहिलेकाहीं हाम्रा धनीमानी मिडिया चलाउनेहरुका प्रकाशनबाट पनि फुत्त सत्य कुरा फुत्किहाल्छन्। अस् ित ‘अरुकै राम्रो’ भन्ने झटारो पढें। अरुकै राम्रो (मेरो बुझाइमा पश्चिमकै राम्रो)। मलाई जस् तै छटपटी त्यसका लेखकलाई पनि भएछ कि के हो। सबै कुरा उतैको राम्रो। गर्दा गर्दा आफू नाङ्गै हुन थालेको थाहै नपाइ“दो रहेछ। भेनेजुएलासम्बन्धी एउटा वक्तव्यले नेपालको मिडिया कम्पाएमान भएको छ। हामी एकथरी नेपालीहरुको मनमा यस् तो दरिद्र मानसिकता बनिसकेको छ कि पश्चिमी जगत बोल्यो भने जंगे बोले जस् तो– बाङ्गो रुखलाई पनि सोझै देख्नुपर्ने। कुनै पनि देशमा हस् तक्षेप गर्न पाइन्न। यो व्यंग्यबाणले मलाई पनि मनग्यै घोच्यो !

वि.सं. २०६१ सालमा एउटा पुस्तक पढेको थिए“– नेपालमा गरिवीको बहस। त्यसमा प्रकाशित एउटा लेखको शीर्षक थियो– विकासको नाममा गरिवीको व्यापार। त्यो विदेशीको मुखबाट। बालुवामा सुन भेटिए झैं ती महिला हुन् मेरी जेन्सिन। तिनले लेखेकी थिइन्– ‘अचेल चलनचल्तीमा रहेको विकास दुई अर्थमा बुझ्नुपर्छ– पहिलो पूृजीवादी व्यापार। त्यस् तो व्यापार सले गरिवीलाई बेचेर विकासे कारखानाका लागि नाफा कमाउ“छ। दोस्रो यतिखेरको विश्व पूृृजीवादी व्यवस् थालाई जोगाउनु। यसरी नै गाउले गरिवहरुको आसु देखाएर बाहिरबाट ल्याएको पैसाले राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विकासेहरु, सरकारी प्रशासकहरु र ठेकेदारहरुले खल्ती भर्छन्।’

आर्थिक क्षेत्रमा मेरी जेन्सिनले जे भनिन् त्यही कुरा पत्रपत्रिका (मिडिया) को क्षेत्रबाट ‘मिडिया और भूमण्डलीकरण’ भन्ने पुस् तक भारतीय लेखिका कुमुद शर्माले भनेकी छन्– ‘साम्राज्यवादी (वर्चश्ववादी) ज्भनझयलथ सूचना इन्द्रजाल के मोहक रुपको तोडकर स् थानीय जातीय परिप्रेक्ष और राष्ट्रिय हित के लिए कल्याणकारी सूचनाओं के प्रसारको कैसे बल दिया जाये। आज के मिडिया के लिए यह बडी चुनौती है।’ वस् तुलाई या घटनाक्रमलाई आफ्नै आ“खाले जस् ताको तस् तै हेर्ने प्रबृत्तिको विकास नहुने हो भने हाम्रा बुद्धिजीवी पत्रकारहरु पनि पश्चिमी कर्पोरेट मिडियाहरुको नक्कल गर्नमै रमाउने छन्। र, यसरी विकाउ पत्रकार मात्रै बन्नेछन्।

आफ्नो जति सबै नराम्रो देख्ने र अरुको सबै राम्रो देख्ने रोग बढ्यो भने नेपाल कता जाला भनेर सोच्ने पहिलो समाज पत्रकार नै हुनुपर्ने हो जस् तो लाग्छ मलाई। आजभोलि मिडियामा ध्यान जा“दा एकातिर सबै खतम भयो भन्नेहरु भेटिन्छन् । अर्कातिर सबै राम्रै राम्रो भन्दै गरेका भेटिन्छन्। आफ्नै चोखो मनले जस् ताको तस् तै देख्ने,  बुझ्ने र सकारात्मक सुझाव प्रस् तुत गर्ने सद्दे पत्रकारहरुको जमात बढे हु“दो हो जस् तो लाग्छ। फेरि सोच्छु– हामी पत्रकारहरु पनि यसै समाजका उपज हौं।

जस् तो हाम्रो समाज छ त्यस् तै हामी छौं। त्यसैले हाम्रो पुर्खाले भन्ने गर्थे– आत्मानं विद्धि (पहिले आफूलाई चिन)। यो चिन्ने काम पनि सजिलो कहा“ छ र ? छुराको धार भएर हिंड्नुपर्ने हुन्छ।

वि.सं. २००७ सालदेखि फैलन खोजेको नेपालको पत्रकारिताले निर्दलीय पञ्चायतकालमा खुब हण्डर खायो। एक पैसा जरिवाना हुना साथ पत्रिका र प्रेस जफत हुन सक्ने कानुन थियो। अभिव्यक्ति स्वतन्त्रता वा लोकतन्त्रको लागि लडिने त्यो लडाइ“मा जो कोही पनि पत्रकार बन्ने आ“ट गर्न सक्दैनथ्यो। तर पनि पत्रकारिताको गल्यामर (न्बिmयगच) छुट्टै थियो। समाजमा पत्रकारको स् थान उ‘चो थियो। आजभोलि ह्वात्तै संख्यात्मक बृद्धि भए पनि गुणात्मक बृद्धि हुन सकेको छैन जस् तो लाग्छ। शिक्षामा स् वास् थ्यमा जसरी बजारीकरण बढेको छ। मिडियामा पनि त्यो रोग सर्दो छ। मिडिया विज्ञापन दाताको कि जनसाधारणको भन्ने अहं प्रश्न उठेको छ, उठ्दै जानेछ। आरोह र अवरोहको फन्को मार्दै जा“दा हाम्रो गन्तव्य अ“ध्यारोबाट उज्यालोतर्फ नै हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top