Free songs
Home / फिचर समाचार / प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

युगबोध समाचारदाता

काठमाडौं। सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ। अब सरकारले बेरोजगार नागरिकलाई न्यूनतम सय दिन रोजगारी दिनेछ। रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ।

सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ। सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भत्ता पाउ“दैन। कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडि बढेको दाबी गर्दै भन्नुभयो– ‘नेपाली जनताले देख्न खोजेको दिन यही हो।’

 

पहिले तथ्यांक संकलन

हाल देशभर कति युवा बेरोजगार छन् भन्ने तथ्यांक सरकारस“ग छैन। वर्षमा नेपालमा कति शैक्षिक बेरोजगार बजारमा आउ‘“छन् र बजारको मागअनुसारको जनशक्ति आपूर्ति भइरहेको छ, छैन भन्ने जानकारी पनि छैन। अब प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएस“गै पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन हुनेछ। संसदको वर्षे अधिवेशनले ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार सात सय ५३ वटै स् थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। रोजगार संयोजकका लागि दुई हजार दुई सय ५९ जनाको सर्ट लिष्ट मन्त्रालयले तयार गरेको छ।

मन्त्रालयले सात सय ५३ तहका लागि प्रति तह (अधिकृत र नासु सरह) तीनजनाका दरले दुई हजार दुई सय ५९ जनाको नाम सर्टलिष्ट तयार गरेको हो। उनीहरुमध्येबाट सात सय ५३ जना रोजगार संयोजक नियुक्त गरी सबै स् थानीय तहमा खटाउने मन्त्रालयले जनाएको छ।

रोजगार संयोजक नियुक्त हुनासाथ सरकारले प्रत्येक स् थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स् थापना गर्नेछ। रोजगार सेवा केन्द्रहरूको पहिलो दायित्व आफ्नो स् थानीय तहमा रहेका बेरोजगारको सूची संकलन गर्नु हुनेछ। चैत १ गतेदेखि बेरोजगार व्यक्तिको नाम दर्ता शुरु हुनेछ।
कुनकुन क्षेत्रमा दिइन्छ रोजगारी ?

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सरकारले केही रोजगारीका क्षेत्रसमेत पहिल्याएको छ। कृषि, पर्यटन, सडक, यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका १३ वटा क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरकारको विश्वास छ। स् वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिकहरु कार्यक्रममा समावेश हुनेछन।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top