Free songs
Home / फिचर समाचार / कृषिको व्यावसायिकताबाटै समृद्धि : डाँँगी

कृषिको व्यावसायिकताबाटै समृद्धि : डाँँगी

युगबोध समाचारदाता

घोराही। प्रदेशसभा सदस् य अमरबहादुर डा“गीले देशको समृद्धि व्यावसायिक कृषिबाटै हुने बताउनुभएको छ। कृषि ज्ञान केन्द्र दाङले बुधवार आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा बोल्दै प्रदेशसभा सदस्य डागीले व्यावसायिक कृषिबाटै समृद्धि ल्याउन सकिने बताउनुभयो।

उहाले कृषिलाई प्रबद्र्धन गर्नकै लागि प्रदेश सरकारले स् मार्ट कृषि गाउ र करार खेतीको नया योजना अघि सारेका उल्लेख गर्नुभयो।

ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस् नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सांसद डा“गीले थोरै समयमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले ध्यान दिएको बताउनुभयो। अब सरकारले उत्पादनमा जोडिने युवाहरुलाई सीप सिकाउने योजना अघि सारेको भन्दै सबैलाई उत्पादनमा जोड्ने दाबी गर्नुभयो।

त्यसैगरी अर्का प्रदेशसभा सदस् य सरस् वती गौतमले कृषिमा देखिएको निराशाको कारण सरकारले पहिचान गरेर आकर्षणको केन्द्र बनाउन लागेको जानकारी दिनुभयो। उहाले कृषि भूमिमा भइरहेको खण्डीकरण रोक्न सरकार सक्रिय रहेको बताउनुभयो।

घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषिदेखि युवाहरु टाढिइरहेको भन्दै प्रभावकारी नीति र योजना बनाएर अघि बढ्न आवश्ययक रहेको बताउनुभयो। सोचमा रहेको यान्त्रिकीकरण, व्यवसायीकरण ह“ुदै बजारीकरणलाई मूर्तरुप दिन कृषकहरुलाई विशेष प्रोत्साहन दिने बताउनुभयो। उहा“ले उत्पादन बढाउन कृषकहरुको सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस् नेतले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट दाङ र प्युठानका लागि नौ करोड ४८ लाख ७९ हजार रुपैया“ बजेट आएको जानकारी दिनुभयो। ज्ञान केन्द्रले जिल्लाको भूगोल, उत्पादनको सम्भावना, हावापानी, कृषकको इच्छालाई आधार बनाएर कार्यक्रमहरु निर्धारण गरेको प्रमुख बस् नेतले बताउनुभयो। दाङका छ र प्युठानमा दुईवटा स् मार्ट कृषि गाउ“ बनाउन प्रदेशमा सिफारिस भएको तर टुंगो लागि नसकेको उहा“को भनाइ छ। केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कृषि अर्थविज्ञ कुसुम भुसालले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top