Free songs
Home / सम्पादकीय / आशा जगाउने नारा मात्र नहोस्

आशा जगाउने नारा मात्र नहोस्

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेर नेपाली युवाहरुलाई थोरै भए पनि आशा जगाउने काम गरेको छ। देशभित्र रोजगारीको अवसर नपाएर लाखौं नेपाली युवाहरु विदेशिन बाध्य भइरहेको सन्दर्भमा यस् तो कार्यक्रम घोषणाप्रति सैद्धान्तिकरुपमा विमति जनाउने ठाउँ रहन्न। तर रोजगारीका अवसरहरु कार्यक्रम घोषणा गर्दैमा सिर्जना हुने कुरा होइन। त्यसैले रोजगारीका क्षेत्रहरु बढाउनका लागि केही आधारहरु तयार गर्न सक्नुपर्छ। अहिलेसम्म त्यस् तो देखिएको छैन।

नेपालमा अहिले उद्योगधन्दाहरुको अवस् था राम्रो नभएकोले तत्काल तीब्ररुपमा औद्योगिकीकरणको दिशामा अगाडि बढ्न सक्ने अवस् था छैन। लामो समयदेखि जारी लोडसेडिङ अन्त्य हुनु निसन्देह सकारात्मक छ। यसले केही आशा पनि जगाएको छ। तर सञ्चालनमा आएका
उद्योगधन्दाहरुको समेत राम्रो अवस् था देखिन्न। केही त बन्द नै भइसकेका छन्। औद्योगिक विकासका लागि उपयुक्त वातावरण बन्न नसकेको औद्योगिक व्यावसायिक क्षेत्रका लगानीकर्ता एवं सरोकारवालाहरुले गुनासो गर्दै आएका छन्। यस् तो परिस् िथतिमा तत्काल रोजगारीका नयाँ अवसरहरु सिर्जना हुने स् िथति देखिन्न।

अहिले नेपालमा कृषि क्षेत्रको अवस् था बेहाल छ। कृषियोग्य जमिनको अव्यवस् िथत प्लटिङ भइरहेको छ भने बचेको जमिनसमेत बाँझो रहेको छ। दैनिक उपभोगमा नभई नहुने दाल चामललगायतका खाद्यान्नदेखि फलफूल, तरकारी समेत विदेशबाट आइरहेको छ। अण्डा र कुखुराको मासुमा मात्र हामी आत्मनिर्भर छौं। हाम्रो जस् तो गरिव मुलुकमा रोजगारीको अवसर सिर्जना गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेकै कृषि हो। यो क्षेत्र अहिले राज्यबाट सबैभन्दा बढी उपेक्षित छ। बैंकहरु कृषिमा ऋण लगानी गर्न चाह“दैनन्। गरिहाले पनि १५–२० प्रतिशतको चर्को ब्याज र प्रक्रियागत जटिलताहरु व्यहोर्नु पर्छ। मलखादमा न अनुदानको व्यवस् था छ, न सर्वसुलभ उपलब्ध हुन्छ। यस् तो अवस् थामा कृषि उत्पादकत्व बढ्ने र कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुन सक्दैन। सरकारले अहिलेको परिस् िथतिलाई बदल्ने गरी योजना ल्याउन सक्नुपर्छ।

देशभित्र रोजगारीको अवसर नपाएर लाखौं नेपाली युवाहरुले खाडी मुलुकमा पसिना बगाइरहेका छन्, कतिले त्यहीं जीवन गुमाइरहेका छन्। मुलुकको अर्थतन्त्र अहिले तिनै युवाहरुले पठाएको रेमिट्यान्सले धानिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालगायतका मुलुकहरुमा जाने प्रणालीलाई सरकारले सुधारेर लैजाने प्रयास गरेको छ। देशको युवा जनशक्तिलाई विदेश पठाएर कुनै मुलुक बनेको इतिहास छैन। त्यसैले यस् ता सुधारात्मक कामको पछाडि लागेर हैन, देशभित्रै उत्पादनमूलक काममा युवा जनशक्तिलाई परिचालन गरेर आर्थिक विकास र समृद्धिको यात्रा तय गर्न सकिनेछ। चाहे जीवन निर्वाहको नाममा होस् वा अरु कुनै नाममा बेरोजगार भत्ता दिएर नेपालजस् तो गरिव मुलुक उभो लाग्न सक्दैन।

उत्पादन बढाउने, रोजगारमूलक आर्थिक गतिविधि बढाउने गरी उद्योग धन्दा स् थापना र त्यस सम्बन्धी नीति निर्माण गर्न सकियो भने बेरोजगारी समस् या समाधान उन्मुख हुन सक्छ । तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न सकियो भने धेरै गर्न सकिने सम्भावना छ। विगतमा नारा र भाषण धेरै भएका छन् र त्यसबाट मुलुक बन्ने भए बनिसक्ने थियो। अब काम गरेर देखाउने बेला आएको छ। अहिले पनि घुस, भ्रष्टाचारमा कमी आएको छैन । बरु बढ्न थालेको छ। यस् तो किन भइरहेको छ, कारण खोजेर निदान गर्नेतर्फ लाग्न सक्नुपर्छ।

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम नीतिगतरुपमा ठीक छ। तर यो मात्रै पर्याप्त हुन सक्दैन। मुख्य कुरा कार्यान्वयन पक्ष हो। माथि उल्लेख भएका गर्नुपर्ने कामहरु थाती राखेर मुलुक बन्दैन। सरकार मूल मुद्दामा केन्द्रित हुन सक्नुपर्छ। मुलुकको समस् या पहिचान गरेर योजना बनाउन सकियो भने मात्रै त्यो दिगो र प्रभावकारी हुनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top