Free songs
Home / अन्तर्वार्ता / तीन वर्षमा चौबिसै घण्टा खानेपानी

तीन वर्षमा चौबिसै घण्टा खानेपानी

देवीबहादुर डि.सी.
घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष

घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ। नवनिर्वाचित समितिले मंगलबार पदभार तथा शपथ ग्रहण गरेको छ। खानेपानीको अध्यक्षमा देवीबहादुर डिसी छैठौं कार्यकालका लागि चुनिनुभएको छ। लामो समयसम्म संस्थाको नेतृत्व गर्ने अवसर र चुनौतीका विषयमा युगबोधकर्मी जे.एन.सागरले डिसीसँग गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ। -सम्पादक

डबल ह्याट्रिक रहर, बाध्यता कि अवसर ?

चुनौती र अवसर हो। डबल ह्याट्रिकलाई त ठूलो अवसरकै रुपमा लिएको छु मैले। अर्को कुरा मैले चौबिसै घण्टा उपभोक्ताहरुलाई पानी खुवाउछु भन्ने नारा ल्याए । यो नारालाई उपभोक्ताहरुले पत्याउनु भयो। यसलाई पूरा गर्ने काम मेरा लागि चुनौतीको विषय पनि हो। अहिलेसम्म मैले जति पनि नारा ल्याए पूरा गरेर देखाएको छु। उपभोक्ताहरुले मलाई पत्याउनुभयो र म छैठौं कार्यकालका लागि यहा“ आइपुगेको छु। मलाई के आशा छ भने अहिले दुई तिहाईको सरकार छ। त्यो सरकार सञ्चालनको जिम्मेवारीमा यही क्षेत्रकै सांसदहरु हुनुहुन्छ। सरकारले सबै नागरिकलाई पानी पु¥याउने नारा पूरा गर्नैपर्नेछ। त्यसैले मैले ल्याएको नारा पूरा गर्न सबै तहबाट सहयोग हुन्छ भन्ने मलाई लागेको छ।

 

सामाजिक संस्थामा खासै फाइदा लिने केही  हुँदैन तर तपाइ दोहोरिनुहुन्छ, खानेपानीमा के छ त्यस्तो ?

यहा आउनु व्यक्तिगत फाइदाका लागि होइन। उपभोक्ताहरुलाई सहज खानेपानीको व्यवस् ्रथा कसरी गर्न सकिन्छ भनेर हो। मान्छेहरुले जहिले पनि नकारात्मक हिसाबले मात्रै सोच्छन् । काम गर्दैन भन्यो, किन गएन भन्छन्। काम गर्छु भन्यो पदमा बसिराख्छ भन्छन्। सकारात्मक सोचाइको विकास गर्न जरुरी छ। यो संस् ्रथामा काम नगरी बस् ्रने हो भने संस् ्रथा जोगिएला ? उपभोक्ताहरुलाई खानेपानीको व्यवस् ्रथा होला ? समस् ्रया १० देखि ४ बजेसम्म मात्रै होइन, चौबिसै घण्टा समस् ्रया आउ“छ। समस् ्रयालाई बुझ्ने, कुन समस् ्रयालाई प्राथमिकता दिने र कसरी समस् ्रयाको समाधान गर्ने भनेर चौबिसै घण्टा लागेपछि मात्रै उपभोक्ताको घरमा पानी पुग्छ। म सबै उपभोक्ताको घरमा पानी पु¥याउन आएको हु।

लाभको विषय छ कि ?

होइन। यदि कुनै लाभका लागि काम गरेको भए यो संस् ्रथा पनि टिक्दैनथ्यो र मेरो डबल ह्याट्रिक पनि कसरी सम्भव हुन्थ्यो होला र ? मैले कुनै पनि आर्थिक कारोवार आफूले गरेको छैन। आर्थिक कारोवारका लागि कोषाध्यक्ष हुनुहुन्छ। छैठौं कार्यकाल शुरु हुदासम्म मैले एउटा मिटर आफै खरिद गरेको छैन। सचिवमार्फत हुन्छ। पदीय जिम्मेवारीअनुसार नै काम हुन्छ र कुनै पनि कारोवार चेकमार्फत हुन्छ। मर्मतका सानातिना कामका लागि डोरी किन्नु पर्ला, सलाई किन्नु पर्ला, मट्टीतेल किन्नुपर्ला त्यसको जोहोका लागि चार÷पाच हजार रुपैया पलम्बरहरुलाई दिनुबाहेक अरु काम चेकबाट हुन्छ। चेकबाट भुक्तानी गर्दा पनि सामान खरिद हो भने स् ्रटोरको सिफारिस र सचिवको अर्डरसहितको अर्को सिफारिस आएपछि कोषाध्यक्षलाई चेक काट्न पठाउने र कोषाध्यक्षको हस् ्रताक्षरबिना मैले भुक्तानीका लागि चेकमा हस् ्रताक्षर गर्दैन।

त्यसैले कसैलाई किन पटक–पटक अध्यक्ष भएको होला भन्ने त लागेको होला तर शुद्ध सेवाभाव र यो खानेपानी संस् ्रथा आफैले जन्माएकोले केही न केही काम गरेर उपभोक्ताहरुलाई सहज खानेपानी उपलव्ध गराउ“ भन्ने हेतुले मैले इच्छा व्यक्त गरेको हु“ र उपभोक्ताहरुले मेरो कामलाई पत्याउनु भएको छ। खास कुरा त्यही नै हो।

पानीको सहज उपलब्धताका लागि के गर्नुहुन्छ अब ?

तेस्रो आयोजनामा थप भएका कार्यक्रम नपाए पनि गुलरियामा साढे चार लाख लिटरको ओभरहेड टंकी निर्माण गरेका छौं। मसिना र रझेनाका लागि पनि २५ हजार लिटरको टंकी निर्माण गरेका छांै। फुर्सेखाली, खर्कट्टीका लागि एकलाख लिटरको टंकी निर्माण गरेका छौं। गुलरियाको ओभरहेड टंकी भर्नका लागि चारवटा बोरिङ निर्माण गरेका छौं। संस् ्रथाको तर्फबाट दुईवटा बोरिङ स् ्रटक निर्माण गरिएको छ भने ती बोरिङबाट ओभरहेड टंकी भरिने अवस् ्रथा आयो र हामीले पानी सञ्चालन गरेका छौं पनि। त्यसस“गै विभिन्न स् ्रथानमा गरी ३४ किलोमिटर पाइप पनि विस् ्रतार गरेर पानी सञ्चालन गरेका छौं। यति हु“दाह“ुदै पनि खानेपानी नपुग्ने अवस् ्रथा छ। अहिलेको पानी पनि पाच÷सात वर्षलाई हो पुग्ने। त्यसपछि गाह्रो छ। यदि यो अवधिमा केही गर्न सकिएन भने पछि के होला भन्ने छ। पहिले एशियाली विकास बैंकले हामीलाई सहयोग गथ्र्यो । गत वर्षदेखि नेपाल सरकारले पनि खानेपानीमा सहलगानीको अवधारणा ल्याएको छ। त्यही अवधारणाअनुसार सहलगानीको माग गर्दै देशभरबाटजस् ्रतै हामीले पनि फाराम भरेका छौं।

कटुवा खोला र बबईबाट पानी ल्याउने योजना हामीले नेपाल सरकारको सहलगानीमा निर्माण गर्न फाराम पठाएका छौं। कटुवाखोलाबाट प्रतिसेकेण्ड ३० लिटर र बबईबाट ५० लिटर पानी गरी सेकेण्डमा ८० लिटर पानी भयो भने घोराही बजारमा अहिलेकै जति जनसंख्या र घर थपिए पनि हामीलाई पानीले पुग्छ। कम्तिमा ५० वर्षसम्म खानेपानीको समस् ्रया हल हुन्छ। नेपाल सरकारले माडी, शारदा र कर्णालीबाट पानी ल्याउने कुरा गरिरहेको छ। त्यतिबेलासम्म हामीले ल्याएको पानीले पुग्छ। हुन त सरकारले दाङका ग्वार, पातु, हापुरखोलामा हाइड्याम बा“ध्ने कुरा गरिरहेको छ तर भारतले यी योजना बनाउन कतै न कतैबाट अंकुश लगाउने काम गर्छ। त्यसैले त्यहा“ मिनी ड्याम मात्रै पनि बनाउन सकियो भने दाङलाई पानी पुग्छ।

चौबिसै घण्टा पानीको सेवा पाउन कति कुर्नुपर्ला ?

आउने तीन वर्षमा सबैका घरमा चौबिसै घण्टा पानी पु¥याउछु भन्ने योजना छ। ठूलै केही बाधा आइपरेन भने म सफल हुन्छु भन्ने लागेको छ। यो काम छिटो होस् भन्नकै लागि पहल थालिसकेको छु। खासगरी घोराही उपमनपाको वडा नं. ५ हो। त्यसपछि ६, ७, १६, १५, १७, १८ लाई पनि सहलगानीका लागि आग्रह गरेको छु। उहाहरु यहाको सरकार हो। सरकारले पनि आफ्ना जनतालाई सहज र शुद्ध पानी उपलव्ध गराउने प्रतिबद्धता गर्नुभएको छ। त्यसैले सबै मिलेर काम गरौं भनिसकेको छु र सम्बन्धित वडाअध्यक्षहरुसग छलफल भइसकेको छ। उहा“हरुले जस् ्रतोसुकै सहयोग गर्न हामी तयार छौं भन्नुभएको छ। त्यति मात्रै होइन सबै राजनीतिक दलले पनि मलाई यो आयोजना सम्पन्न गर्न सहयोग गर्छौं भन्नुभएको छ। सबैले गरेका प्रतिबद्धताको फोटोकपी मैले माथिल्ला अड्डामा पु¥याइसकेको छु। अहिले दुई तिहाइको सरकार छ। काम गर्ने बेला नै यही हो। यो एउटा अवसर हो। मलाई त डर के छ भने यो अवधिमा सकिएन भने के होला भन्ने छ। त्यसैले यही सरकारको बेला सके सम्पन्न गर्ने कतै बाधा आएछ भने शुरुवात त गर्ने भन्ने मलाई लागेको छ। तारतम्य मिल्यो भने तीन वर्षमै पानी घरघरमै चौबिसै घण्टा पुग्छ। नभए पनि म पछि आउनेले बनाउछ। म त यो कार्यकाल अन्तिम हो। तर म पदमा नरहे पनि संस् ्रथाभन्दा टाढा हु“दैन। जानेबुझेको काम सल्लाहकारको रुपमा पनि गर्न सक्छु।

तीन वर्षमै पानी आउने आधार के छ ?

पहिलो आधार जनतालाई स् ्रवच्छ खानेपानी उपलव्ध गराउने प्रतिबद्धता सरकारको हो। सरकारले पनि सोही प्रतिबद्धता अनुसार खानेपानीमा सहलगानी थालेको छ। ७० प्रतिशत नेपाल सरकारले र ३० प्रतिशत संस् ्रथाले व्यहोर्ने सहमति भएको छ। राज्यको लगानी आएर मात्रै ह“ुदैन, त्यसको सही व्यवस् ्रथापन ठूलो कुरा हो। त्यो काम खानेपानी संस् ्रथाले गर्छ। हामी तयार छौं। हामीले पनि ३० प्रतिशत लगानी गर्दैछौं। पैसा छैन तर हामीलाई ऋण दिन लगानीकर्ता पनि तयार छन। अर्को कुरा अब बन्ने आयोजना अन्यत्र भन्दा सस् ्रतो र सहज छ। जस् ्रतो धरानमा १२ किलोमिटर, धनकुटामा १८ किलोमिटर तलबाट पानी लिफ्ट गरेको मैले देखेको छु। हाम्रा प्राविधिकहरुले त्यसको अवलोकन गरिसकेका छन्। ठाडै १८ किलोमिटर उकालोमा त २२ करोडमा खानेपानी लिफ्ट गरिएको छ धनकुटामा। त्यो हेरेर यहा“ सहजै पानी लिफ्ट गर्न सकिन्छ। यहा समतल भूभाग छ। बबईबाट यहा पानी ल्याउदा पहाड चढाउनुपर्दैन। त्यसैले पानीको फोर्स धेरै हुन्छ र छिटो धेरै पानी माथि ल्याउन सकिन्छ। दोस्रो सहजता के हो भने बबईबाट घोराही दूरीको हिसाबले पनि नजिकै छ। प्राविधिकहरुका अनुसार यहा“ त्यहा“को भन्दा आधा लगानीमा हामी पानी उपलव्ध गराउन सक्छौं।

तीन वर्ष पछि त चौबिसै घण्टा आउला तर धारा पुग्ने पानी नपुग्ने अहिलेको समस् ्रया कहिले समाधान होला ?

पानीका पाइप कतिबेला कहा फुट्छन् भन्ने थाहै हुदैन। खनेर पत्ता लगाउ“दासम्म धारामा पानी पुग्न गाह्रो छ। यो समस् ्रया नै हो। हामीले कहा“ पाइप फुट्यो थाहा पाउने मेसिन खोजेका थियौं पाएनौं। त्यस् ्रतो अवस् ्रथामा हामीले ट्यांकरबाट पानी पु¥याएका पनि छौं। कतिपय भूगोलको समस् ्रया छ। माथिल्लो भरतपुरमा समस् ्रया छ। त्यहा“ पानी पु¥याउन छुट्टै पाइप लग्दा पनि पानी पुगेको छैन। त्यो समस् ्रया समाधान गर्न दुई किलोमिटर छुट्टै पाइप लैजान खन्ने काम थालेको छु। छिटै समस् ्रया समाधान हुन्छ।

अरुभन्दा सस्तो महसुल बनाउन सकिदैन र ?

यहा के महंगो महसुल छ र ? संस् ्रथाको अहिले पनि एक करोड ऋण छ। आयोजना निर्माणको लक्षअनुसार ऋण थपिदै जाने हो। यदि ऋण थिएन भने केही कम हुदो हो महसुल। अहिले एक हजार लिटर पानीको न्यूनतम महसुल २० रुपैया“ लिइएको छ। भन्ने हो भने मिनिरल वाटरको एक बोतल पानी बरावर एक हजार लिटर पानी पाइएको छैन र ? धेरै पानी प्रयोग गर्नेले धेरै रकम तिर्छ। नत्र थोरै महसुलले पुग्ने पानी पाइराखिएको छ। लमहीमा दुई सय न्युनतम शुल्क छ । हाम्रो एकसय ६० छ। तुलसीपुरमा  एकसय ५० छ। पाच रुपैया घटाएर के हुन्छ र ? बरु सबैले दिएको पाच रुपैयाले हामीले ऋण तिर्न सकेका छौं। स् ्रवच्छ पानीका लागि पूर्वाधार बनाउन मद्दत पुगेको छ। पाल्पामा न्यूनतम छ सय रुपैया तोकिएको छ। तर पनि आफ्नो खर्च चल्ने भए केही थिएन। १२ वटा बोरिङ छन्। महिनामा लगभग सात लाख रुपैया विद्युतमै खर्च हुन्छ। अरु पनि त्यत्तिकै खर्च छ। बरु सरकारले खानेपानीका लागि विद्युतमा छुट दिए हामी पनि महसुल घटाउला।

धेरै वर्षसम्म पानीमा काम गर्नुभो दाङमा पानीको अवस्था के छ ?

पानीको स्रोत धेरै कम छ। रुख विरुवा लगाएकोले दाङ बाचेको हो। नत्र वातावरणविज्ञ डा. हर्क गुरुङले २०३० सालमा भन्नु भएको थियो दाङ मरुभूमिकरण हुन्छ भनेर। अझै पनि यी सिमेन्ट कारखानाले गरेको उत्खनन र ढुंगा, गिट्टी, बालुवाको उत्खनन् नरोक्ने हो भने दाङको भविष्य छैन।

पानी जोगाउन के गर्ने त ?

सबै दाङवासीहरुले वनजंगलको संरक्षण गर्ने । अबैध उत्खनन नगर्ने र खाली जमिनमा कृत्रिम तालको निर्माण गर्ने । खहरेखोलामा ड्याम निर्माण गर्ने काम गर्नुपर्छ। होइन पानी जोगाउन केही गर्न सकिएन भने २० वर्ष कुर्नुपर्दैन दाङले पानीको हाहाकार खेप्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top